काठमाडौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य हटाउने आज बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ।
हाल सोही प्राधिकरणमा कार्यरत पूर्व उपकार्यकारी निर्देशक ईञ्जिनियर मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीकाे विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको छ। दुबै नियुक्तिको कार्यकाल ४ वर्षको रहने छ ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ २२:३७