Top Navigation
Main Navigation
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • प्राधिकरणमा फेरि राजनीति
प्राधिकरणमा फेरि राजनीति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २३, २०७८

नेपाल विद्युत प्राधिकरण फेरि राजनीतिमा तानिएको छ। प्राधिकरण कहिले पनि राजनीति मुक्त बन्न सकेन। हुन त सरकारी संस्थानहरुको नियति नै राजनीति बनिसकेको छ। हिजोका दिनमा जस्तै आजका दिनमा पनि सरकारी संस्थानहरु राजनीतिको चर्को मारमा पर्ने गरेको छ। 

यसक्रममा विजुली अड्डा नेपाल विद्युत प्राधिकरण राजनीतिमा पर्नु स्वभाविकता हो। विजुलीको खेलमा राजनीतिको चर्को जाल बुनिने गरेको प्राधिकरणमा सस्तो लोकप्रियता कमाउने उदेश्यले देउवा नेतृत्वको सरकारले प्राधिकरणका कार्यकारी निर्देशकलाई फेर्ने कसरत शुरु भएको छ। 

ओली नेतृत्वको दुई तिहाइको सरकारले चार बर्षका लागि नियुक्त भएका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजिनामा मागेर त्यसको स्थानमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउने चलखेल शुरु भएको छ। प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष ऊर्जा मन्त्री पम्फा भुसालले बहालवाला कार्यकारी निर्देशक शाक्यको कार्य मूल्याङ्कन प्रभावकारी नभएको भनेर ब्रिफिङ गरेपछि शाक्यको राजिनामा माग गरेर घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थालनी गर्न भनिएको कुरा प्रकाशमा आएको छ। 

Nepal Oil Corporation

चार बर्षका लागि नियुक्त भएका कार्यकारी निर्देशक शाक्यले बर्षदिन पनि राम्ररी कार्य गर्न नपाइकन उनको नियुक्ति उपर प्रश्न चिन्ह खडा गर्न लगाउनु निश्चित रुपमा ठूलो राजनीति हो। आफू अनुकुलका मान्छेलाई उच्च पदमा ल्याउन चाहनु सवै उच्च निकायको चाहना नै हो। यस चाहनामा देउवा सरकार लोकप्रिय बन्नका लागि भएतापनि १८ घण्टाभन्दा बढी नेपालको लोडसेडिङलाई अन्त्य गरेर लोडसेडिङ मुक्त देश वनाएर नेपाली जनताको वाहवाही पाएका घिसिङलाई फेरि नियुक्ति दिन लागेको कसैवाट पनि छिपेको छैन्। 

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकको कुर्सीमा बसेको लगतै फुमन्तर गरेको भरमा व्यापक परिवर्तन आउने पक्कै होइन । सिस्टमवाट चल्ने निकायमा सिस्टमका साथ अगुवाइ गर्न सकेमा जो आएपनि परिवर्तन निश्चित छ। त्यसमा काम गर्ने राम्रो वातावरण तथा सहकर्मीहरुको उच्च साथ र सहयोग हुनु पर्दछ। परिवर्तन टाढा हुनै सक्दैन। परिवर्तन गर्न र गराउनमा राजनीतिक हस्तक्षेप हुनु हुदैन। 

चर्को राजनीतिक हस्तक्षेप र काम गर्ने कुनै वातावरण भएन भने, शाक्यलाई हटाएर घिसिङलाई ल्याएपनि परिवर्तन हुन गाह्रै हुन्छ। संस्थानको काम व्यक्तिले गर्ने होइन, टीमले गर्ने भएको कारण टीमवर्क भएन भने, कठिन हुन्छ। टीमवर्क राम्रो भएमा र राजनीतिक प्रेसरको स्थानमा प्रोत्साहन भएमा जस्तोसुकै कार्य पनि सहज रुपमा सफल हुने गर्दछ। जुन कुरा घिसिङ कार्यकारी निर्देशक हुँदा भयो। 

घिसिङले देशलाई लोडसेडिङ मुक्त गर्न सफल भयो । यो सफलता पाउनका लागि घिसिङ तलदेखि माथिसम्म सिस्टम मिलाउंदै धेरै खुनपसिना बगाउनु पर्याे। यो कसैवाट छिपेको छैन्। चार बर्षको अवधिमा घिसिङले गरेका राम्रा कार्यहरुको तारिफ हुनु स्वभाविक हो। लोकिप्रिय सरकार बन्ने नाममा घिसिङलाई प्रयोग गर्नु देउवा सरकारको अर्को राजनीति हो। यो राजनीतिको प्रयोगले कतिको सफलता पाउने या असफलताको मार खेप्नु पर्ने हो ? त्यो भोलिका दिनमा थाहा हुने नै छ।

नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ११:०४
##NepalElectricityAuthority
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्