Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, फागुन २, २०८२

भरोसा मानव सम्बन्धको मेरुदण्ड हो । परिवार, मित्रता समाज र राष्ट्र सबै भरोसामै अडिएका हुन्छन्। हरेक प्रतिष्पर्धाहरू भरोसामै अडिएका हुन्छन् जसको पछाडि मेहनत लगनशीलता इमान्दारिता पारदर्शिता र उत्तरदायित्व आवश्यक हुन्छ।

प्रतिष्पर्धाहरू जित्नकै लागि गरिन्छ तर सबैसँग जित हुन्छ भन्ने हुँदैन। हार्ने नभई जित्नेको मूल्याङ्कन नै रहँदैन। पछाडि असफल भइदिनेबाट सफल हुनेले आफ्नो अस्तित्व राख्ने हो । असफलतालाई विश्वासको अन्त्य हुने रूपमा लिनु अत्यन्त गलत हो।

असफल व्यक्ति टुटिरहेको हुन्छ। त्यसका लागि भरोसा दिनुले व्यक्तिलाई लापरवाही र जिम्मेवारीबाट पन्छिन रोक्न सक्छ। असफलताबाट धेरै कुरा सिक्न सकिन्छ । असफलता जीवनको अन्त्य होइन बरु नयाँ सुरुवातको संकेत हो।

मानिस प्राय असफलतासँग डराउँछन्। तर यही असफलताभित्र अपार ऊर्जा लुकेको हुन्छ। सही दृष्टिकोणले हेर्न सके असफलता सफलतातर्फ डोर्‍याउने सशक्त साधन हो।

सफलताबाट उपलब्धि, खुशी अनि अहिलेको डिजिटल दुनियाँमा आ–आफ्ना पहुँचका मिडियाबाट प्रचारप्रसार व्यक्तिगत रूपमा प्रयोग गरिने सञ्जालहरूमा पोष्ट गरेर बधाई दिएको पाइन्छ । यो पनि एक प्रकारको प्रोत्साहन नै हो।

असफलताले हामीलाई आफ्नो कमजोरी चिनाउँछ गल्तीबाट सिक्ने अवसर दिन्छ आत्मा सुधारको बाटो खोल्छ। सफलताले आत्मसन्तुष्ट बनाउँछ भने असफलताले सङ्घर्ष गर्ने शक्ति जगाउँछ । यही संघर्षबाट धैर्य अनुशासन र आत्मविश्वास जन्मिन्छ।

इतिहास हेर्ने हो भने महान व्यक्तिहरू असफलताबाटै निखारिएका छन्। पटक पटक लडेका तर नहारेका मानिसहरुले नै परिवर्तन ल्याएका छन् असफलता उनीहरुका लागि अवरोध होइन अभ्यासस्थल बनेको छ।

तर असफलता भित्रको ऊर्जालाई नकारात्मक रुपमा लिनु हुँदैन यसलाई सकारात्मक रुपमा लिएर सोच बदल्न दिशा बदल्न लक्ष्य स्पष्ट पार्न सक्नुपर्छ। असफल भएपछि हार मान्नु होइन आफूभित्र लुकेको क्षमतालाई चिनेर मेहनत गर्नु अघि बढ्नु बुद्धिमानी हुनेछ।

सफलता प्राप्त भएपछि धेरै मानिसहरू आफू कहिले नहार्ने भ्रममा पर्छन् सफलताको भरोसा नै कहिले काहीँ असफलताको कारण बन्छ अघिल्लो उपलब्धिले आत्मविश्वास दिन्छ तर अति आत्मविश्वासले सावधानी हराउँछ मेहनत हराउँछ।

निरन्तर मेहनतको अभ्यास कमजोर हुँदै जान्छ । समयसँगै लापरवाही बढ्दै गएपछि असफलतामा रूपान्तरण हुन्छ। त्यसैले सफलता अन्तिम गन्तव्य होइन निरन्तर यात्रा मात्र हो । सफलता भरोसा होइन। निरन्तर प्रयास र आत्मा मूल्याङ्कनमा विश्वास राख्न सके मात्र असफलताबाट बच्न सकिन्छ।

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १०:४७
##nami #namiweeky #namisaptahik
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्