काठमाडौं । गायक तथा निर्देशक राजेन्द्र डंगोलको निर्देशन तथा सम्पादनमा निर्मित मार्मिक गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
म्युजिक भिडियो आमा मा सन्तानप्रतिको वास्तविक माया र काल्पनिक मायाको भिन्नतामा मातृत्वको भावलाई प्रकाश पारिएको छ ।
उक्त गीतमा राजेन्द्र श्रेष्ठको स्वर, वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीको संगीत तथा शब्द संङ्गीता रायमाझीको रहेको छ।

त्यस्तै गायक श्रेष्ठकी आमा रुक्मणी श्रेष्ठको पनि सशक्त अभिनय रहेको यस म्यूजिक भिडियोमा शैलेन्द्र तुलाधर, नारायण राई, तीर्थमान महर्जन लगायतले आ-आफ्नो भूमिका निर्वाह गरेका छन्।
म्युजिक भिडियोमा सौन्दर्यविद् शर्मिला मुनिकार र बाल कलाकार अभिकमान श्रेष्ठको मुख्य भूमिका रहेको छ। भिडियोको छायांकन समेत स्वयं राजेन्द्र डंगोलले गरेका हुन् भने साजसज्जा जस्मिन ब्युटी पार्लर बनस्थलीको रहेको छ भने कलर करेक्सन इन्द्र मानन्धरले गरेका हुन्।
प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२ १२:२४