Top Navigation
  • Contact
Main Navigation
सोमबार, कात्तिक २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, कात्तिक २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ दार्जिलिङ र काठमाडौंवीच हराएको प्रेम
दीपक विवश आँशु
दीपक विवश आँशु शनिबार, फागुन २, २०८२

केही सम्बन्धहरू जीवनमा आएर साथमा बस्दैनन्, तर स्मृतिभित्र स्थायी ठेगाना बनाएर जान्छन्। ती सम्बन्धले अधिकार खोज्दैनन्, भविष्यको दाबी गर्दैनन्। केवल जीवनलाई हेर्ने दृष्टिकोण बदलिदिन्छन्। जागिरे जीवनको प्रारम्भिक संघर्ष, अस्थिर सपना, साहित्यप्रतिको मोह र आत्मीय संवादबीच जन्मिएको एउटा शालीन प्रेमको कथा हो यो ।

काठमाडौंजस्तो भीड्भाड र आकांक्षाले भरिएको शहरमा, दुई फरक भूगोल र पृष्ठभूमिबाट आएका दुई आत्मा भेटिन्छन्। एक जना सुरक्षित जागिर छाडेर जोखिम रोज्ने युवक, अर्की अनुशासित र शिक्षित परिवारबाट आएकी युवती ।

प्रेम यहाँ चर्को छैन, तर गहिरो छ । घुमघाम, संवाद र समझदारीले बनेको यो सम्बन्ध समयसँगै अलग त भयो, तर कटु भएन । यही अधुरोपनको सौन्दर्य र मौन सम्झनाको दस्तावेज हो यो कथा ।

मेरो जीवनको जागिरे यात्राको सुरुवात विराटनगरस्थित नेपाल विद्युत प्राधिकरणबाट भएको थियो। पहिलो जागिर, पहिलो जिम्मेवारी र आत्मनिर्भर बन्ने पहिलो अनुभूति,सबै त्यहीँ पाएँ। करिब एक वर्ष काम गरेपछि म काठमाडौं फर्किएँ र ललितपुरको लगनखेलस्थित विद्युत प्राधिकरणमा सरुवा भएँ।

साहित्यप्रतिको माया भने कहिल्यै घटेन । लेख्ने, पढ्ने र छापिने चाहनाले मलाई सधैं तानेर राख्थ्यो। लगनखेलकै ठेगानामा देश–विदेशका पत्रमित्रहरूबाट चिठी आउन थाले। ती चिठीहरू मेरा एकान्तका साथी थिए। यही क्रममा भारतको दार्जिलिङबाट सुष्मा प्रधानको पहिलो पत्र आयो।

सुष्माको पत्र शालीन थियो । शब्दहरू सन्तुलित, भाव गम्भीर । उनी दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट होटल म्यानेजमेन्टमा स्नातक गरेकी थिइन्। राम्रो होटलमा इन्टर्नसिप तालिम लिने उनको योजना थियो। पारिवारिक सल्लाहअनुसार उनी कलकत्ता जाने सोचमा थिइन्, तर पत्रमै बसेको आत्मीयताले उनलाई काठमाडौं नै तान्यो।

सुष्मा दरबारमार्गस्थित पाँचतारे होटलमा तीन महिनाको तालिमका लागि भर्ना भइन्। उता म भने विद्युत प्राधिकरणको सुरक्षित जागिर छाडेर निजी पत्रिकाको अफिसतिर मोडिँदै थिएँ। लेख्ने सोख, नाम र दाम दुबै कमाउने चाहनाले मलाई पत्रकारितातिर धकेल्यो।

काठमाडौंमा मेरो जीवन “न त तेरा, न मेरा” अवस्थाको थियो। डेरावाल जिन्दगी, सीमित आम्दानी र अनिश्चित भविष्य। सुष्मासँगको पहिलो भेट दरबारमार्गकै त्यही पाँचतारे होटलमा भयो। उनी सादा थिइन्, आत्मविश्वासी र संयमित। म भने प्याटप्याटे चप्पलमै उनलाई भेट्न पुगेको थिएँ।

उनी दार्जिलिङको शिक्षित र शालीन परिवारकी जेठी छोरी थिइन्। उनका बुबा दार्जिलिङकै नामुद कलेजका प्रिन्सिपल। सुष्मा कलङ्कीमा डेरामा बस्थिन् भने म महाबौद्धतिर डेरावाल जीवन जिइरहेको थिएँ। उनले मलाई काठमाडौंको स्थानीय, घरबंगला भएको मान्छे ठानेकी थिइन्। वास्तविकता भने फरक थियो।म लमजुङको सामान्य परिवारबाट पढ्न काठमाडौं आएको ठिटो मात्र थिएँ।

मैले मेरा सबै सुख–दुःख सुष्मासँग बाँडेँ। उनी ध्यान दिएर सुन्थिन्। हाम्रो भेटघाट नियमित हुन थाल्यो। हरेक छुट्टीको दिन हामी काठमाडौंका कुनै न कुनै कुनामा भेट्थ्यौं । कहिले रानीपोखरी वरिपरि पैदल हिँड्थ्यौं त कहिले स्वयम्भूको डाँडाबाट शहर हेर्थ्याै‌, अनि कहिले पशुपति परिसरमा मौन बसेर मानिसहरूको भीड नियाल्थ्यौं। कहिलेकाहीँ बसन्तपुरका गल्लीमा चिया पिउँदै जीवनका सपना साटासाट गथ्र्यौं।
     
एकदिन हामी भक्तपुर दरबार स्क्वायर घुम्न गयौं। पाँच तले मन्दिर, ऐतिहासिक गल्ली घुम्दै गर्दा दरबार स्क्वायरकै छेउको एउटा खाजा पसलमा खानेकुरा तौल गरेर दिइएको देखेर हामी दुवै अचम्मित भयौं। फर्किंदै गर्दा सुष्माले मेरो हात समातिन्। त्यतिबेला भक्तपुरतिर हात समाएर हिँड्ने चलन दुर्लभ थियो। वरपरका मानिसहरू हामीलाई “भरखर बिहे गरेको जोडी” भन्दै मुस्कुराइरहेका थिए। म लाजले भुतुक्कै भएँ।

तीन महिनाको तालिम सकियो। उनी दार्जिलिङ फर्कने कुरा आयो, तर मन मानेन। उनी कलङ्की नजिकैको स्कूलमा जागिर गर्न थालिन्। यतिञ्जेल हाम्रो परिचय एक वर्ष पुगिसकेको थियो। तर घरबाट उनका बुबाको ठाडो आदेश आयो। या त दार्जिलिङ फर्क, या उतै घरजम गर। म त्यो बेला भर्खरै संघर्षरत जीवनमा थिएँ। उनलाई जीवनसाथी बनाउने आँट मसँग थिएन। गहभरि आँशु पार्दै सुष्मा अन्ततः दार्जिलिङ फर्किइन्।

समय बित्दै गयो। म मास्टर्स पूरा गर्दै नयाँ जीवनतिर बढ्दै थिएँ। यही क्रममा मैले उनलाई मेरो जीवनसाथीको बारेमा सबै कुरा सुनाएँ। केही समयपछि उनले मलाई एउटा पत्र लेखिन्।

प्रिय दिनेश जी,
धेरै सम्झना । तपाईंका संघर्ष, तपाईंको इमान्दारी र जीवनप्रतिको दृष्टिकोणले मलाई सधैं प्रभावित गरेको छ। साथै प्यारी बहिनी जेसिका,हृदयदेखि आशीर्वाद तथा माया ।
मेरो हुन नसकेको, तर तपाईंको भाग्यमा लेखिएको प्रिय मान्छे । दिनेश जी हुनुहुन्छ–तपाईं अत्यन्तै मन सफा, मनकारी, भलाद्मी र संस्कारी हुनुहुन्छ। जीवनले तपाईंलाई धेरै परीक्षा लियो, तर तपाईं कहिल्यै हार्न जान्नुभएन।
उहाँको सधैं ख्याल राख्नुस् । दुःखमा साथ दिनुस्, खुशीमा अझ नजिक रहनुस् । दुवै जना बुझेर, मिलेर र सम्मान गर्दै जीवन अगाडि बढाउनुहोस्।
मेरो तर्फबाट सधैं शुभेच्छा, सम्झना र आत्मीयता रहनेछ ।
- उहीँ, तपाईंको मित्र
   सुष्मा प्रधान
त्यो पत्र पढ्दा मैले बुझें-प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ११:४३
##nami #namiweeky #namisaptahik
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्