काठमाडौं । नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ।
उक्त ३१ औं वार्षिक साधारणसभा कोषको भवन परिसरमा नै हुने भएको हो।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।
त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२ ११:०८