Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, चैत ७, २०८२

मानिसको जात मानिस मात्र हो। यो वाहेक मानिसको अर्को जात नै छैन् । लिङ्गको आधारमा पहिला महिला र पुरुष मात्र थियो भने, हाल तेश्रो लिङ्गी पनि थपिएको छ । यो वाहेक अर्को जात नै नभएको परापूर्वकालदेखिको समानता विश्वमा नै थियो। नेपालको सन्दर्भमा पनि मानव जातलाई कामको आधारमा राखिन थालियो।

यसरी जातको नाममा नेपालमा थरको प्रयोग गर्ने चलन विशेषगरी लिच्छविकालबाट सुरु भएको हो त्यसपछि मल्लकाल र शाहकालमा यो झन स्पष्ट र व्यापक भयो । थर बन्ने प्रक्रिया विभिन्न आधारमा भएको पाइन्छ । पेशाका आधारमा, बसोबास स्थानका आधारमा, पद वा सम्मानका आधारमा थरहरू निर्धारण भए । थर लेख्नुपर्ने कारणहरू के थिए त ? भन्दा एउटै नाम भएका व्यक्ति छुट्याउन समाजमा मानिसको जात, परिवार र वंश पहिचान गर्न, पेशा छुट्याउन, प्रशासननिक कामका लागि कर उठाउने, जग्गाको अभिलेख राख्ने, जस्ता कामका लागि प्रयोगमा ल्याइयो।

नेपाल विविध जातजाति धर्म र संस्कृतिले बनेको सुन्दर राष्ट्र हो । यहाँका मानिसहरुलाई चिनाउने महत्वपूर्ण पहिचान मध्ये थर पनि एक हो। थरले मानिस र वंशलाई चिनाउने काम गरे पनि समय क्रमसँगै थर समाजमा जातीय विभेदको आधार समेत बन्दै गइरहेको छ।

प्राचीन समयमा एउटै परिवारका सदस्यहरूले फरक स्थान मा बसोबास गर्दा, फरक पेशा अवलम्बन गर्दा, फरक पदीय जिम्मेवारी पूराहरू गर्दा थर निर्धारण भएतापनि समयक्रमसँगै यसलाई उच्च र निम्न जातका आधारमा वर्गीकरण गर्ने प्रवृत्ति बढ्दै गयो।

फलस्वरूप केही समुदायले सामाजिक सम्मान, अवसर र अधिकारमा अग्रता पाए भने केही समुदायले अपमान छुवाछुत र भेदभाव सहनुपर्यो। जुन अत्यन्त पिडादायी नै हो र छ पनि । ठूला जातले साना जातलाई हेप्ने अनि जात देखायो भन्ने जस्ता तुच्छ शव्दको बाणले घायल पार्ने परम्परा अद्यावधिक कायम छ । जुन अत्यन्तै विडम्बना हो ।

यस्तो जातीय विभेदले नेपाली समाजमा गहिरो असर पारेको छ । यसले मानिसहरू बीचमा समानता सद्भाव र सहकार्यको भावना कमजोर बनायो। एउटै देशका नागरिक भएपनि थर र जातका आधारमा मानिस बीचको दुरी बढ्ने अवस्था सिर्जना भयो । यसले नेपालीपन अर्थात् साझा राष्ट्रिय पहिचानलाई कमजोर बनाउने काम गर्यो ।

यति मात्र कहाँ हो र आफ्नै परिवारका सदस्यहरू अर्को थरसँग विवाह गरे परिवारबाटै बहिष्कार गर्ने त्याग्ने परिपाटी काएम हुँदै गयो अब यसबाट के अनुमान लगाउन सकिन्छ भने आफ्नै परिवारका सदस्यलाई परिवारको सदस्य स्वीकार्न नसक्ने मेरो समाजले छिमेकलाई देखाएको मानवता र सहयोग कहाँसम्म आत्मीय रहला ? त्यसैले पारिवारिक सद्भाव, माया, प्रेम र आत्मियता पहिलो प्राथमिकता हो। परिवारमा देखाएको व्यवहार मात्र समाजका लागि उदाहरण बन्न सक्छ । सोच बदलौं सुरुवात आफैबाट गरौँ ।

समयसँगै समाजमा चेतना बढ्दै गएको छ । मानिसको चेतना र व्यवहारले मात्र विभेदको अन्त्य नहुने भएर नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ । छुवाछुत र जातीय विभेदलाई कानूनी रुपमा अपराध मानिएको छ। शिक्षा, सामाजिक जागरण र कानूनी व्यवस्थाका कारण अहिले धेरै ठाउँमा पुराना सोचहरू परिवर्तन हुँदै गइरहेका छन् ।

हामीले बुझ्न आवश्यक छ आजको आवश्यकता भनेको थर र जातलाई विभेदको आधारमा होइन सांस्कृतिक विविधताको पहिचानका रुपमा बुझ्न र त्यही अनुरुपको व्यवहार गर्नुले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त देशको पहिचानका रुपमा सधैँ राख्न सकिन्छ। हामी सबैले सोही अनुरूपको वातावरण सृजना गरी हामी सबै नेपाली हौं भन्ने भावना राख्दै शब्दले मात्र होइन नेपालीपन असली व्यवहारमा नै उतार्न जरुरी छ।

याे पनि :

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १०:१६
#caste discrimination #cast #discrimination #nepal
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्