Top Navigation
Main Navigation
शुक्रबार, जेठ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, जेठ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, पुस २१, २०८२

उदयपुर । देशको राष्ट्रिय एकता सुदृढ बनाउँदै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न बामपन्थी शक्तिहरूको एकता अपरिहार्य रहेको नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिकाद्वारा आयोजित एकता सन्देश सभाका प्रमुख अतिथि डा. रावलले नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन, उद्योगधन्दा र मेहनती जनशक्ति जस्ता अपार सम्भावना हुँदाहुँदै पनि ती स्रोतको राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताए ।

उनले २००७ सालपछि विदेशी शक्तिहरूले देशभित्रका प्रतिक्रियावादी शक्तिसँग मिलेर नेपाललाई प्रयोगशालाका रूपमा प्रयोग गर्दै आएको आरोप लगाए । “एकपछि अर्को प्रयोग गरेर देशलाई अस्थिर बनाइयो । अब नेपाली कम्युनिस्ट पार्टीले त्यस्ता प्रयोगहरूलाई रोक्न चाहन्छ,” उनले भने ।

डा. रावलले प्राकृतिक स्रोत–साधनलाई राष्ट्रिय हितमा प्रयोग गरी देशलाई समृद्ध बनाउने पार्टीको स्पष्ट लक्ष्य रहेको उल्लेख गर्दै उत्तरमा चीन र दक्षिणमा भारत रहेको भूराजनीतिक अवस्थालाई सन्तुलनमा राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए ।

प्रत्येक नेपाली नागरिकले समान रूपमा रोजगारी, उद्यम, शिक्षा, स्वास्थ्य तथा गाँस–बाँसको अधिकार पाउने गरी समाजवाद निर्माण गर्ने योजना नेपाली कम्युनिस्ट पार्टीसँग रहेको उनको दाबी थियो ।

उनले भदौ २३ र २४ गते भएको घटनालाई स्मरण गर्दै सिंहदरबार, उच्च अदालत, संसद् भवनलगायत राज्यका प्रमुख संरचना तथा अर्बौंको सम्पत्ति नष्ट भएको उल्लेख गरे । “अब फेरि देशलाई खरानी हुन नदिने गरी राष्ट्रलाई बलियो बनाउन चाहन्छौँ,” उनले भने ।

डा. रावलले जनतालाई सशक्त बनाएर राष्ट्रिय स्वाभिमान मजबुत बनाउने पार्टीको प्रतिबद्धता दोहोर्‍याए । साथै, उदयपुर जिल्ला कृषि, पशुपालन, पर्यटन र खनिज सम्भावनाले भरिपूर्ण रहेको उल्लेख गर्दै ती सम्भावनाको सदुपयोग गरिने बताए । सप्तकोशी, त्रियुगा र तावाको कटान रोक्ने योजनामा पनि पार्टी गम्भीर रहेको उनले जनाए ।

“हाम्रो देश मातृभूमि हो, हामी सबैको साझा घर हो,” उनले भने, “देश बलियो भए नेपाली बलियो हुन्छन् । देश कमजोर भए मधेसी, तामाङ, मगर, ब्राह्मण, क्षेत्री, राई—कोही पनि बलियो हुँदैनौँ । त्यसैले नेपाली बलियो हुनुपर्छ ।”

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १९:२४
#udayapur#उदयपुर#विदुर कटुवाल#
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता आइतबार, जेठ ३, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
  • नंः २ कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
  • नंः ३ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ४ स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
  • नंः ५ कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्