Top Navigation
Main Navigation
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण
दिनेश महर्जन
दिनेश महर्जन बुधबार, पुस ३०, २०८२

काठमाडौं । क्षयरोग (टीबी) तथा कोभिड-१९ रोगको शीघ्र, प्रभावकारी र गुणस्तरीय परीक्षण तथा निदान सेवा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर र महालक्ष्मी नगरपालिकास्थित किष्ट मेडिकल कलेज ललितपुरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत सार्वजनिक-निजी साझेदारी मोडालिटीअनुसार ट्रुनाट प्रविधि प्रयोग गरी क्षयरोग तथा औषधि प्रतिरोधी क्षयरोगको समयमै पहिचान र व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्यका साथ सम्झौता गरेको हो।

सम्झौतामा केन्द्रका तर्फबाट निर्देशक डा। भुवन पौडेल र किष्ट शिक्षण अस्पतालतर्फबाट अस्पताल निर्देशक प्रा डा सुरज बज्राचार्यले हस्ताक्षर गरेका छन्।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा उक्त मेसिन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पुर्‍याउने नगरपालिकाको लक्ष्यमा ट्रुनाट मेसिनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

मेसिन हस्तान्तरण कार्यक्रम क्रमको उनले स्थानीय तह, स्वास्थ्य संस्था तथा संघीय निकायबीचको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सम्झौताअनुसार ट्रुनाट मेसिन, आवश्यक कार्ट्रिज तथा सामग्री उपलब्ध गराउने, प्राविधिक सहयोग, गुणस्तर नियन्त्रण, परीक्षणसम्बन्धी प्रोटोकल तथा एस।ओ।पी कार्यान्वयन, मेसिनको मर्मत–वारेन्टी तथा तालिम र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी लिएको छ।

त्यसैगरी किष्ट मेडिकल कलेजले प्रयोगशाला कक्ष, दक्ष जनशक्ति तथा सुरक्षित सञ्चालनको व्यवस्था गर्ने, परीक्षणसम्बन्धी डाटा अभिलेख राखी नियमित रूपमा प्रणालीमा प्रतिवेदन गर्ने, राष्ट्रिय क्षयरोग कार्यक्रमका निर्देशिकाअनुसार सेवा प्रदान गर्ने र टीबी ल्याब सञ्चालनका लागि फोकल व्यक्ति तोक्ने व्यवस्था गर्नेछ। यस सेवाअन्तर्गत रोगीबाट कुनै पनि शुल्क नलिने स्पष्ट गरिएको छ।
 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ? शनिबार, फागुन २, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ३ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ४ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्