Top Navigation
Main Navigation
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • वीमा रकम त जनताले पाइएनन् भने उपचार त परै जाओस्
वीमा रकम त जनताले पाइएनन् भने उपचार त परै जाओस्
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन २५, २०७८

–अनुषा थापा

कोरोनाको सङक्रमण बढ्दै गएपछि सरकार र इन्स्योरेन्स कम्पनी मिलेर सर्वसाधारणको कोरोना वीमा गर्ने अवधारणा अगाडि सार्योे । तर सरकारले पूरा रकम भूक्तानी नगरेको भनेर विमक संघले वीमा स्थगित गरेको थियो। 

हरेक जिल्लाबाट लाखौंको संख्याले कोरोना वीमा गराएका छन्। वीमा कम्पनीले १ जनाको वीमा गराएवापत ६ सय रुपैयाँ उठाएको छ। वीमा गरेको वापत वीमा कम्पनीले नेपाली जनतासँग अर्बौ रुपैयाँ असुलिसकेको छ।

तर अहिले कोरोना लागेको बिरामीले आफ्नै खर्चमा उपचार गराउनु परेको छ। कोरोना लागेको बिरामीले वीमा गराएको इन्स्योरेन्स कम्पनीबाट कुनै पनि क्षतिपूर्ति पाएका छैनन्। 

Nepal Oil Corporation

कोरोना वीमा गराइसकेपछि त कोरोनाको सम्पूर्ण उपचार त इन्स्योरेन्स कम्पनीले गर्नुपर्ने होइन् । हिजो कोरोना लागेको बिरामीको सम्पूर्ण उपचार खर्च हामी व्यहोर्छाै। कोरोना लागेर कोही मान्छेको ज्यान गयो भने हामी क्षतिपूर्ति दिन्छौ।

तर अहिले कोरोनाको बिरामी उपचारको आवश्यकता परेको बेलामा इन्स्योरेन्स कम्पनीहरु पछि सरेका छन् । वीमा कम्पनीहरुले सर्वसाधारणले वीमा तिरेको रकम पनि फिर्ता गरेका छैनन्। 

उपचार गर्दा त आफ्नै रकम खर्च भयो । तर कोभिडको कारण मान्छे मर्यो। त्यो मरेको मान्छेको आफन्तले पनि क्षतिपूर्ति पाउन सकेका छैनन्। एउटा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दा लाखौं रुपैयाँ खर्च हुन्छ। कुनै पनि निजी र सरकारी अस्पतालहरुले कोभिड उपचारमा छुटको व्यवस्था गरिएको छैन। 

अर्थ मन्त्रालय र वीमक संघको मिलोमतोमा वीमाको पैसा इन्स्योेरेन्स कम्पनीले पहिले उठाइसकेको छ । तर सरकार र इन्स्योेरेन्स कम्पनीले नै जनतालाई झूठो आश्वासन दिएर ठगेका छन्।

जब कोभिडको सङक्रमित बढ्यो त्यतिखेर नै सरकारबाट भूक्तानी नपाएको भनेर इन्स्योरेन्स कम्पनीले वीमा कार्यक्रम स्थगित गरेको छ। सिधासाधा जनताहरुलाई प्रलोभनमा पारेर तपाईहरुको कोभिडको सम्पूर्ण उपचार हाम्रो भयो भनेर ठगेका छन्। 

यतिखेर जब हामीहरुलाई उपचारको आवश्यकता परेको वीमक संघले वीमा कार्यक्रम स्थगित भनेर घोषणा गरिदिएको छ। वीमा गर्ने नाममा इन्स्योेरेन्स कम्पनीले जनता ठगेका छन्। 

अहिले कति कोरोना सङ्क्रमितहरु वीमा कम्पनीले उपचार गराइदेला भन्ने आशमा बसेको छन्। आर्थिक स्थिति कमजोर भएकाहरु हामीसँग चलअचल सम्पत्ति नभएपनि वीमा गराएको कार्ड छ । यही कार्डको आधारमा हाम्रो उपचार हुन्छ भन्ने पनि धेरै छन्। 

गरीव, तल्लो आर्थिकस्तर भएका सर्वसाधारणहरुले इन्स्योरेन्स कम्पनीको आश्वासनमा आएर वीमा त गरे तर उपचार पाएनन्। ज्यालामजदूरी गरेर कमाएको पैसा वीमा कम्पनीले खाइदियो भन्ने धेरै जनगुनासो आइरहेका छन्। 

वीमा कम्पनीको पोलिसी भनेकै कुनै पनि कार्यक्रम ल्याउने । सिधासाधा जनतालाई आश्वासन देखाउने अनि जनता ठग्ने। घरमा कति जना सदस्य छन् ती सबैको वीमा गर्न लगाउने। अनि उपचार गर्ने बेला आइसकेपछि चाहि केही न केही बहाना बनाएर जनता ठग्ने। वीमा कम्पनीले कोरोनाको उपचार गराउने त भन्यो तर कुन अस्पतालमा उपचार गर्ने भनि तोकेका छैनन्। स्वास्थ्यको नाममा पनि ठगी भइरहेका छन्।

हाल कोही मान्छे बिरामी भएर अस्पताल गयो भने उसले वीमा गराएको छ । त्यहिपनि उसको आफन्तले नै सम्पूर्ण वीमा खर्च उठाउन परेको छ । यदि ऊसंग सम्पतिको नाममा केही छैन भने उसले अस्पतालमै आफ्नो प्राण त्याग्नु पर्ने हुन्छ। 

यसरी जनतालाई झूठो आश्वासन देखाएर ठग्ने इन्स्योेरेन्स कम्पनीहरुलाई कानूनको दायरामा ल्याउनु सरकारको दायित्व होइन् । इन्स्योरेन्स कम्पनीहरुले ७७ वटै जिल्लाको जनताहरुबाट वीमा गराएको वापत अर्बौं रुपैयाँ उठाएका छन्। तर त्यो अर्बौं रुपैयाँमा मोजमस्ती गर्नेमा चाहि इन्स्योरेन्स कम्पनी परेका छन्।

आजभन्दा केही वर्षअगाडि इन्स्योेरेन्स कम्पनीले स्वास्थ्य वीमा सञ्चालन गरेको थियो । प्रत्येक घरबाट स्वास्थ्य वीमाको लागि ३ हजार ५०० रुपैयाँ उठाएको थियो। ३ हजार ५०० रुपैयाँ तिरीसकेपछि ५ जनाको उपचार गर्न पाइने भनेर वीमा कम्पनीले आश्वासन् दिएको थियो। 

तीन हजार ५ सय रुपैयाँ तिरीसकेपछि ५जनाको परिवारले १ वर्षको लागि निःशुल्क उपचार पाउने भनेर वीमा कम्पनीले जनाएको थियो। तर यो पनि आश्वासन्मै सिमित हुन पुग्यो। वीमाको नाममा जनताले तिरेको पैसामा इन्स्योरेन्स कम्पनीहरु मोटाइरहेका छन्। 

सर्वसाधारणहरुले वीमा गर्ने नाममा तिरेको रकम फोकट्या खेर गयो। स्वास्थ्य वीमा गरेको मान्छेहरुलाई निःशुल्क उपचार र औषधीको व्यव्स्था इन्स्योेरेन्स कम्पनीले गर्नुपर्ने हुन्छ। डाक्टरले जाँच गरेर औषधी लेखिदिने अनि बिरामी औषधी लिन जाँदा औषधी छैन सकिसक्यो भनेर फिर्ता पठाइदिने। 

एउटा औषधी खान नपाएर मर्छ भने अर्को जनतालाई ठगेर मोटाउँछ । इन्स्योेरेन्स कम्पनीले स्वास्थ्यको नाममा पनि जनता ठगिरहेको छ। जनताको बाँच्ने अधिकार नेपालका संविधानमा उल्लेख गरिएको छ। यसरी सिधासाधा जनतालाई झूठो प्रलोभन देखाएर जनताको बाँच्ने पाउने हकमा ताला लगाउने हक यी इन्स्योेरेन्स कम्पनीले पाएका छैनन्। 

उपचार गर्ने नाममा जनता ठग्दा पनि वीमा कम्पनीको अनुगमन अर्थ मन्त्रालयले गरेका छैनन्। आर्थिक कमजोर भएकाहरु कोरोना लागे पनि अस्पताल नगईकन घरमै मृत्युसंग जुधेर बसिरहेका छन्। इन्स्योेरेन्स कम्पनीको सञ्चालकहरुलाई

राजनीतिक दलहरुले ढाकछोप गरेका हुनाले पनि इन्स्योेरेन्स कम्पनीहरु जे गरेपनि हुने मनशायले अघि वढेको देखिन्छ।राजनीतिक दलको झोला बोक्ने हुनाले पनि यिनी दलालहरुको विरुद्धमा कसैले पनि आवाज उठाएका छैनन्।  वीमा कम्पनीले आफूखुशी रकम उठाएर वीमा गर्ने गरेका छन्। वीमा गरेको व्यक्तिहरुले कुन अस्पतालबाट सेवा सुविधा पाउँछन् भनेर वीमा कम्पनीले तोकेका छैनन्। 

यसरी उपचारको नाममा आश्वासन देखाएर जनता ठग्दा पनि सरकार किन कानमा तेल हालेर बसेका छन्। बोल्न नसक्ने, अशिक्षित र गरीव जनताहरुलाई सरकारले पनि आश्वासन दिन छाडेनन् भने यता निजी कम्पनीहरुले त उपचारको नाममा पनि जनता ठगिरहेका छन्। न सरकारसँग जनता ठग्ने संघसंस्थाको विरुद्ध अनुगमन गर्न सक्ने आँट छ। जनताहरु त आवाज भएर पनि आवाजविहिन भएर बस्नुपर्ने बाध्यता आएको छ। 

इन्स्योरेन्स कम्पनीले जनताको आँखामा धुलो फ्याँकेर ठग्यो तर सरकारले यस्ता इन्स्योरेन्स कम्पनीहरुको विरुद्ध कुनै पनि ठोस् कदम चाल्न सकेका छैनन्। 


 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २१:०१
##AnushaThapa
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्