Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल शनिबार, माघ ३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले माघ ४ गते मेयर पदबाट राजीनामा दिने भएका छन् । राजीनामापछि उनी सक्रिय चुनावी राजनीतिमा होमिन लागेका हुन् । यस क्रममा माघ ४ देखि ६ गतेसम्मको उनको राजनीतिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।

तालिकाअनुसार माघ ४ गते आइतबार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिनेछन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको हैसियतमा पार्टी कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको छ । 

सोही दिन पार्टी सभापति रवि लामिछानेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर प्रस्थान गर्नेछन् । जनकपुर पुगेर उनी सांस्कृतिक तथा राजनीतिक महत्वका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

माघ ५ गते जनकपुरमा शक्ति प्रदर्शन

माघ ५ गते जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो राजनीतिक सभा आयोजना गरिनेछ । सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा आगामी चुनावका लागि प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह, स्वर्णिम वाग्ले, शोभिता गौतम, मनीष झा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

माघ ६ गते उम्मेदवारी दर्ता

माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको दिन परेकाले पार्टीका धेरै नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा व्यस्त हुनेछन् । त्यसैले जनकपुर कार्यक्रममा सबै नेताको उपस्थिति अपेक्षाकृत कम हुने बताइएको छ ।

स्रोतका अनुसार जनकपुरको कार्यक्रमपछि माघ ६ गते दिउँसो करिब २ः३० बजे रवि लामिछाने र बालेन शाह सडकमार्ग हुँदै लाहान प्रस्थान गर्नेछन् । लाहानमा करिब ४ः३० बजे शहीदको सालिकमा माल्यार्पणपछि उनीहरूको यात्रा फरक हुनेछ ।
बालेन शाह झापातर्फ लाग्नेछन् भने रवि लामिछाने चितवनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

बालेन शाह साँझ करिब ७ बजे इटहरी पुगेर कार्यकर्तासँग भेटघाट गर्नेछन् । त्यसपछि करिब ७ः३० बजे दमकतर्फ प्रस्थान गर्ने र सोही राति दमकमा रास्वपाका केही नेतासँग महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

झापा–५ बाट उम्मेदवारी

माघ ६ गते बिहान ११ बजे बालेन शाहले झापा निर्वाचन क्षेत्र नं. ५ बाट संघीय संसद् सदस्यका लागि झाँकीसहित उम्मेदवारी मनोनयन दर्ता गर्नेछन् । त्यसपछि उनी पार्टी कार्यकर्तासँग छलफलमा व्यस्त रहनेछन् । उता पार्टी सभापति रवि लामिछाने भने चितवन–२ बाट उम्मेदवारी दर्ता गर्नेछन् ।

जनकपुर कार्यक्रमका क्रममा रवि लामिछाने र बालेन शाहसँगै रहने रास्वपाका प्रवक्ता मनीष झाले माघ ४ देखि ६ गतेसम्मको कार्यक्रम तालिकाको पुष्टि गरेका छन् ।

झापा–५ मा कडा प्रतिस्पर्धाको चर्चा

झापा–५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कडा प्रतिस्पर्धा हुने चर्चा चुलिएको छ । धेरैले चुनावी परिणाम थोरै मतान्तरले टुंगिने अनुमान गरिरहेका छन् ।

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बालेन शाह सहजै चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । बालेन आफैं झापा–५ मा आएर नेतृत्व गर्ने भएपछि स्थानीय कार्यकर्तामा उत्साह थपिएको पाठकको भनाइ छ ।

प्रचार अभियानका क्रममा बालेन शाहले देशभरका १६५ वटै निर्वाचन क्षेत्र पुग्ने र पुराना नेताहरूका ‘राजनीतिक किल्ला’ भत्काउने रणनीतिका साथ मैदानमा उत्रने तयारी गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्