Top Navigation
Main Navigation
मंगलबार, वैशाख ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल शनिबार, माघ ३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले माघ ४ गते मेयर पदबाट राजीनामा दिने भएका छन् । राजीनामापछि उनी सक्रिय चुनावी राजनीतिमा होमिन लागेका हुन् । यस क्रममा माघ ४ देखि ६ गतेसम्मको उनको राजनीतिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।

तालिकाअनुसार माघ ४ गते आइतबार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिनेछन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको हैसियतमा पार्टी कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको छ । 

सोही दिन पार्टी सभापति रवि लामिछानेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर प्रस्थान गर्नेछन् । जनकपुर पुगेर उनी सांस्कृतिक तथा राजनीतिक महत्वका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

माघ ५ गते जनकपुरमा शक्ति प्रदर्शन

माघ ५ गते जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो राजनीतिक सभा आयोजना गरिनेछ । सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा आगामी चुनावका लागि प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह, स्वर्णिम वाग्ले, शोभिता गौतम, मनीष झा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

माघ ६ गते उम्मेदवारी दर्ता

माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको दिन परेकाले पार्टीका धेरै नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा व्यस्त हुनेछन् । त्यसैले जनकपुर कार्यक्रममा सबै नेताको उपस्थिति अपेक्षाकृत कम हुने बताइएको छ ।

स्रोतका अनुसार जनकपुरको कार्यक्रमपछि माघ ६ गते दिउँसो करिब २ः३० बजे रवि लामिछाने र बालेन शाह सडकमार्ग हुँदै लाहान प्रस्थान गर्नेछन् । लाहानमा करिब ४ः३० बजे शहीदको सालिकमा माल्यार्पणपछि उनीहरूको यात्रा फरक हुनेछ ।
बालेन शाह झापातर्फ लाग्नेछन् भने रवि लामिछाने चितवनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

बालेन शाह साँझ करिब ७ बजे इटहरी पुगेर कार्यकर्तासँग भेटघाट गर्नेछन् । त्यसपछि करिब ७ः३० बजे दमकतर्फ प्रस्थान गर्ने र सोही राति दमकमा रास्वपाका केही नेतासँग महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

झापा–५ बाट उम्मेदवारी

माघ ६ गते बिहान ११ बजे बालेन शाहले झापा निर्वाचन क्षेत्र नं. ५ बाट संघीय संसद् सदस्यका लागि झाँकीसहित उम्मेदवारी मनोनयन दर्ता गर्नेछन् । त्यसपछि उनी पार्टी कार्यकर्तासँग छलफलमा व्यस्त रहनेछन् । उता पार्टी सभापति रवि लामिछाने भने चितवन–२ बाट उम्मेदवारी दर्ता गर्नेछन् ।

जनकपुर कार्यक्रमका क्रममा रवि लामिछाने र बालेन शाहसँगै रहने रास्वपाका प्रवक्ता मनीष झाले माघ ४ देखि ६ गतेसम्मको कार्यक्रम तालिकाको पुष्टि गरेका छन् ।

झापा–५ मा कडा प्रतिस्पर्धाको चर्चा

झापा–५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कडा प्रतिस्पर्धा हुने चर्चा चुलिएको छ । धेरैले चुनावी परिणाम थोरै मतान्तरले टुंगिने अनुमान गरिरहेका छन् ।

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बालेन शाह सहजै चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । बालेन आफैं झापा–५ मा आएर नेतृत्व गर्ने भएपछि स्थानीय कार्यकर्तामा उत्साह थपिएको पाठकको भनाइ छ ।

प्रचार अभियानका क्रममा बालेन शाहले देशभरका १६५ वटै निर्वाचन क्षेत्र पुग्ने र पुराना नेताहरूका ‘राजनीतिक किल्ला’ भत्काउने रणनीतिका साथ मैदानमा उत्रने तयारी गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः २ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ४ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्