Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता उदयपुरमा ३१ उम्मेदारी दर्ता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, माघ ६, २०८२

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा भव्य र्‍यालीसहित उम्मेदवारी दर्ता गरेको छ ।

नेकपाबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय सदस्य बदलदेव चौधरी र क्षेत्र नं. २ मा केन्द्रीय सदस्य सुरेशकुमार राई ‘हिमाल’ को उम्मेदवारी दर्ता भएको हो । दुवै क्षेत्रमा कार्यकर्ता र समर्थकको सहभागितामा र्‍याली निकाल्दै उम्मेदवारी दर्ता गरिएको थियो ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै क्षेत्र नं. १ का उम्मेदवार चौधरीले देशको स्थायी विकास र दीर्घकालीन नीति निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको बताए । चौधरी त्रियुगा नगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेशकुमार राई सोही क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य हुन् । दुवै उम्मेदवार विकासप्रेमी नेताका रूपमा परिचित छन् ।

निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट विदुर बस्नेत र नेकपा एमालेबाट दुर्गा थापासहित कुल १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट रामकुमार राई र नेकपा एमालेबाट अम्बरबहादुर रायमाझीसहित १३ जनाले उम्मेदवारी दिएका छन् ।

उदयपुरमा ३१ उम्मेदारी दर्ता

मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख मुकेश उपाध्यायका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १८ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट देवराज राेका उर्फ कल्याण, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोर्कण राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल छन्।

यसैगरी नेकपा एमालेबाट दुर्गाकुमार थापा ‘स्वतिक’, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट किशोर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी, नेपाली कांग्रेसबाट विदुर बस्नेत, मंगोल अर्गनाइजेशन पार्टीबाट बद्रीविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि गेलाल छन्।

यता नेकपा माओवादीबाटबाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई र उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङले उम्मेदवारी दिएका उपाध्यायले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तर्फ १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी नारायण थापाले जानकारी दिए। नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशनबाट भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, आम जनता पार्टीबाट बमबहादुर मगर, नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ र स्वतन्त्रबाट मेजरकुमार राई उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्