काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति शुक्रबारसम्म देशभरबाट तीन हजार ४०६ उमेदवार रहेका निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको सूचीअनुसार, दर्ता गराएका उमेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् । उमेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन् भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् । त्यसैगरी ६१ वर्षभन्दामाथिका ४२५ जना छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका निम्ति गत माघ ६ गते देशभर मनोनयन दर्ता गरिएको थियो । देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८४ जनाको उमेदवारी दर्ता भएको थियो ।
आयोगले शुक्रबार (माघ ९) उमेदवारी फिर्ताको समय तोकेको थियो । सो समयमा ७८ जनाले उमेदवारी फिर्ता लिएका छन् । आयोगले उमेदवारलाई निर्वाचन चिह्न प्रदानसमेत गरिसकेकाे छ ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२ ०७:११