काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई संकटबाट मुक्त गर्न निष्पक्ष निर्वाचनमार्फत आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
“निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्छ,” उनले भने, “अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गरौं। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ।”
उनले पछिल्लो समय एमाले लगायत विभिन्न वामपन्थी दलका नेताहरू नेकपामा प्रवेश गर्ने क्रम तीव्र भएको उल्लेख गर्दै चुनावी अवाञ्छित गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ ०७:४६