Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? चारै मन्त्री प्रश्नकाे घेरामा
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल आइतबार, माघ ११, २०८२

काठमाडौं । निर्वाचन गराउने संवैधानिक जिम्मेवारी बोकेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गम्भीर राजनीतिक नैतिक संकटमा फसेको छ । प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा ‘चुनाव नलड्ने’  प्रतिबद्धता जनाएका चार मन्त्रीले एकाएक राजीनामा दिएर निर्वाचन मैदानमा उत्रिएपछि सरकारको विश्वसनीयता र कार्यसम्पादनमै प्रश्न उठेको हो ।

सरकारलाई बीच बाटोमै छाडेर जाने ती चार मन्त्री—जगदीश खरेल, कुलमान घिसिङ, बब्लु गुप्ता र डा. महावीर पुन माथि जेएनजी आन्दोलनको भावना र जनअपेक्षामाथि उपहास गरेको आरोप लागेको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष गराउने उद्देश्यले ‘नन–पोलिटिकल’ र ‘नयाँ पुस्ता’ का अनुहारलाई मन्त्रिपरिषद्‌मा समेटेकी थिइन् । तर ती पात्रहरूले मन्त्री पदलाई चुनावी लन्चप्याड बनाएको आरोप अहिले सार्वजनिक बहसको विषय बनेको छ ।

४८ घण्टामै बद्लिएका खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा अत्यधिक विश्वाससहित मन्त्रिपरिषद्‌मा प्रवेश गरेका जगदीश खरेलले ‘म कुनै दलको सदस्य होइन, चुनाव लड्दिन’  भन्ने सार्वजनिक अभिव्यक्तिलाई ४८ घन्टा पनि टिकाउन सकेनन् ।

५ महिनासम्म सत्ता स्वाद चाखेका खरेलले अन्तिम समयसम्म मिडियालाई ‘चुनाव नलड्ने’ सन्देश दिइरहेका थिए । तर माघ ५ गते राजीनामा र माघ ६ गते रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी दर्ता भएपछि उनको नियतमाथि गम्भीर प्रश्न उठेको छ ।

सरकारका प्रवक्ता समेत रहेका खरेलले निर्वाचन सफल बनाउनेभन्दा जेएनजीको छायामा आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने ‘मौका मा चौका’ रणनीति अपनाएको स्रोतहरूको दाबी छ ।

यस्ताे छ कुलमानकाे रहस्य

ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास जस्ता तीन महत्वपूर्ण मन्त्रालय सम्हालेका कुलमान घिसिङ प्रधानमन्त्रीका सम्भावित उत्तराधिकारीसमेत मानिन्थे । तर काम गरेर देखाउने ऐतिहासिक अवसर हुँदाहुँदै उनी पनि पद त्यागेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

‘म कुनै पार्टीको नेता होइन’ भन्दै मन्त्री पद जोगाएका घिसिङले उज्यालो नेपाल पार्टी खोले, रास्वपासँग एकता गरे, फेरि सम्झौता तोडे र अन्ततः आफ्नै पार्टीबाट काठमाडौँ–३ मा उम्मेदवारी दिए ।

नागरिक सरकारमा बसेर नागरिक चरित्र देखाउन नसकेको, विकास आयोजनाहरू अलपत्र पारेर ‘उज्यालोको नायक’ को छवि बेच्न खोजेको आरोप उनीमाथि लागेको छ ।

गुप्ताकाे राजनीतिक सिँढी

जेनजी पुस्ताको प्रतिनिधि भन्दै युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ताले मन्त्री पदलाई राजनीतिक उडानको सिँढी बनाएको आरोप खेपिरहेका छन् ।

सिराहा–१ बाट चुनाव लड्न सरकार छाडेका गुप्ता अमेरिका भ्रमण विवादमा समेत तानिए । जेनजीको प्रतिनिधि भएर पनि सोहीअनुसारको आचरण नदेखाएको भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ ।

मन्त्रीबाट किताब बेच्ने उम्मेदवार बने पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई बाटोमा किताब बेच्दै गर्दा मन्त्री बनाइएको प्रसंग उनकै स्वीकारोक्ति हो । तर पाँच महिना मन्त्रालय सम्हाल्दा उनले देखिने खालको उपलब्धि दिन नसकेको आरोप छ ।

सामाजिक सञ्जालमा आलोचकलाई जवाफ दिन सक्रिय पुनले राजीनामा भने फेसबुकमा होइन, चुनावी मैदानमा देखाए । म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका पुनले ‘नयाँ पुस्ताको शैली मन नपरेपछि झोक चलेर चुनाव लडेको’ बताएका छन् ।

उनका पूर्व स्वकीय सचिव डा. सागर ढकालले भने ‘राजीनामा चुनावका लागि होइन’ भने पनि पुन अहिले गाउँ–गाउँमा किताब बेच्दै भोट मागिरहेका छन् ।

चारै मन्त्री प्रश्नकाे घेरामा

चार मन्त्रीको सामूहिक ‘यू–टर्न’ ले निर्वाचन गराउने सरकारलाई प्रशासनिक रूपमा मात्र होइन, नैतिक रूपमा पनि कमजोर बनाएको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीहरूका सार्वजनिक प्रतिबद्धतामा भरोसा गरेकी थिइन्, तर खरेल, घिसिङ, गुप्ता र पुनले त्यो विश्वास तोडेका छन् ।

सत्ताको भर्‍याङ चढेर आफ्नै राजनीतिक भर्‍याङ सोझ्याउने यस्तो प्रवृत्तिले नयाँ पुस्ताको राजनीतिप्रतिको भरोसा झन् कमजोर बनाउने निश्चित देखिन्छ । भोलि यीमध्ये कोही निर्वाचित भए भने ‘जनप्रतिनिधि कति उत्तरदायी होलान् ?’
यो प्रश्न अहिले नै गम्भीर रूपमा उठिसकेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्