Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन: उदयपुरमा कस्ले मार्ला बाजी ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुरमा कस्ले मार्ला बाजी ? प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसको विरासत जोगिन्छ कि जोगिँदैन ? २ मा कम्युनिस्ट किल्ला कायम रहन्छ कि भत्किन्छ ?
विदुर कटुवाल
विदुर कटुवाल शनिबार, माघ १७, २०८२

उदयपुर । उदयपुर जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई पदका लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आ–आफ्ना दलका नीति–कार्यक्रम र व्यक्तिगत विकासे योजनाको सूची बोकेर उम्मेदवारहरू मत माग्दै जनताको घर–घर पुगिरहेका छन् । सबै उम्मेदवारले जितको दाबी गरिरहेका वेला मतदातामा भने पुराना दलप्रति असन्तुष्टि र नयाँ दलप्रति अविश्वास छ।  जसबाट उदयपुरमा प्रश्नचिह्न खडा भएको छ । जुन प्रतिनिधिसभा क्षेत्र १ मा नेपाली कांग्रेसको विरासत जोगिन्छ कि जोगिँदैन ? र क्षेत्र २ मा कम्युनिस्ट किल्ला कायम रहन्छ कि भत्किन्छ ?

१ मा जोगिएला त कांग्रेसको विरासत ?

देश संघीय संरचनामा गएयता उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट लगातार विजयी हुँदै आएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यसपटक उम्मेदवारी नदिने घोषणा गरे। पार्टीको विशेष महाधिवेशनपछि बनेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै खड्काले उम्मेदवारीबाट हात झिकेका थिए । खड्काको ठाउँमा कांग्रेसले पूर्वजिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । खड्काले ०७४ सालमा तत्कालीन एमाले–माओवादी गठबन्धनलाई पराजित गरेका थिए भने ०७९ को निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा विजयी भएका थिए । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि खड्काले नै जित निकालेका थिए । उनी यस क्षेत्रमा लोकप्रिय नेताका रूपमा चिनिन्छन् । तर, यसपटक खड्का स्वयं मैदानमा नहुँदा कांग्रेसका लागि विरासत जोगाउन चुनौतीपूर्ण देखिन्छ । बस्नेत ०७४ सालको प्रदेश सभा निर्वाचनमा पराजित भइसकेका उम्मेदवार हुन् ।

क्षेत्र १ मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेबाट बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारश गेलाल, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई उम्मेदवार छन् । यस्तै, राप्रपाबाट सुवासचन्द्र खड्का, उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ तथा एमालेका बागी उम्मेदवार देवराज रोक्का पनि मैदानमा छन् । यसपटक क्षेत्र १ मा अधिकांश दलका उम्मेदवार नयाँ अनुहार हुन् ।

०७९ सालको निर्वाचनमा यहाँ खसेको ७१ हजार ४५५ मतमध्ये कांग्रेसका डा. खड्काले ३१ हजार २७० मत ल्याएर जित हासिल गरेका थिए । पराजित एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१, राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले तीन हजार ४४४ मत पाएका थिए । खड्काको जितमा कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको मत निर्णायक थियो ।

समानुपातिकतर्फ ७२ हजार २०४ मतमध्ये एमालेले २३ हजार ८३६, कांग्रेसले १९ हजार ४७६, माओवादी केन्द्रले नाै हजार ७३९, राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ३३७, एकीकृत समाजवादीले एक हजार ६२८ र राप्रपाले चार हजार ३७५ मत प्राप्त गरेका थिए। श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी थपिँदा यसपटक प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ ।

क्षेत्र १ अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ४० हजार ३४९, बेलका नगरपालिकामा ३४ हजार दुई सय र त्रियुगा नगरपालिकामा ६८ हजार २५५ गरी कुल एक लाख ४२ हजार ८०४  मतदाता छन् ।

कम्युनिस्ट किल्लामा चुनौती

०७४ पछि ०७९ को निर्वाचनमा पनि कम्युनिस्ट प्रभाव देखिएको उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा यसपटक एमालेका निवर्तमान सांसद अम्बरबहादुर रायमाझी पुनः उम्मेदवार बनेका छन् । उनका प्रतिस्पर्धीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुरेशकुमार राई ‘हिमाल’, नेपाली कांग्रेसबाट रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट बलराज राई र स्वतन्त्र उम्मेदवार मेजरकुमार राईसहित १३ जना चुनावी मैदानमा छन् ।

०७९ को निर्वाचनमा ४२ हजार १६१ मत सदर हुँदा रायमाझीले १५ हजार २५१ मत ल्याएर जितेका थिए । तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत पाएर पराजित भएका थिए । कांग्रेसबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवार बनेका रामकुमार राईले १० हजार ३७९ मत ल्याउँदा खतिवडाको हार भएको थियो । सोही राई अहिले कांग्रेसका आधिकारिक उम्मेदवार हुन् ।

यस क्षेत्रमा बहुदलपछि पनि कम्युनिस्ट र गणतन्त्रपछि ०७० सालमा भएको संविधानसभाको एक चुनावमा मात्र कांग्रेस विजयी भएको छ भने बाँकी सबै निर्वाचनमा कम्युनिस्ट पार्टी नै विजयी हुँदै आएको क्षेत्र हो । समानुपातिकतर्फ ४२ हजार ३५६ मतमध्ये एमालेले १३ हजार ९०३, कांग्रेसले १० हजार ५१५, माओवादी केन्द्रले सात हजार ४०६ र एकीकृत समाजवादीले दुई हजार २३५ मत पाएका थिए । यी मत जोड्दा अहिलेको नेपाली कम्युनिस्ट पार्टीको करिब नाै हजार ६४१ मत हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ८०६ मत पाएको थियो ।

क्षेत्र २ अन्तर्गत उदयपुरगढी गाउँपालिकामा २० हजार ८७९, रौतामाईमा १४ हजार ९९३, लिम्चुङबुङमा आठ हजार ६८९, कटारी नगरपालिकामा ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा १० हजार १५५ गरी कुल ९६ हजार १२२ मतदाता छन् ।

मत परिवर्तन हुँदा पुरानालाई सकस, नयाँलाई अवसर

बदलिँदो राजनीतिक वातावरणसँगै उदयपुरका दुवै क्षेत्रमा मत परिवर्तनको संकेत प्रस्ट छ । यसले एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीजस्ता पुराना दललाई चुनौती थपेको छ भने नयाँ दललाई अवसर देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ०७९ को निर्वाचनमै समानुपातिकतर्फ उल्लेख्य मत ल्याइसकेको दल हो । प्रत्यक्षतर्फ मत बढेमा पुराना दलका उम्मेदवारलाई जित निकाल्न कठिन हुने देखिन्छ ।

बागी उम्मेदवारको त्रास

क्षेत्र १ मा एमालेका उम्मेदवार थापाविरुद्ध बागी उम्मेदवार देवराज रोक्का तथा क्षेत्र २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार मेजरकुमार राई मैदानमा छन् । रोक्का ‘मुढा’ चुनाव चिह्न लिएर चुनावी प्रचारमा छन् भने राई ‘भँगेरो चरा’ चिह्न लिएर मत मागिरहेका छन् । रोक्का ०७९ मै एमालेबाट टिकटका दाबेदार थिए । राई भने तत्कालीन माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकामा दुईपटक अध्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् । राजनीतिबाट राजीनामा दिएर उनी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०७:३२
#udayapur#उदयपुर#विदुर कटुवाल#
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्