Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
मंगलबार, चैत ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, चैत ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
- शारदा बजगाईँ, झापा
- शारदा बजगाईँ, झापा शनिबार, माघ १७, २०८२

झापा । स्थानीय स्काउट शिवसत्ताक्षी नगरपालिका झापाको आयोजनामा सूर्योदय स्काउट ट्रुपका स्काउट विद्यार्थीहरूको लागि उदघोषण कला सम्बन्धी दुई दिवसीय अभिमुखी कार्यक्रम २०८२ माघ ११ र १२ गते भएको कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय स्काउट शिवसत्ताक्षी नगरपालिका नगरपरिषदबाट २०८२ /०८३ का लागि विनियोजित बजेटबाट स्काउट विद्यार्थीहरूलाई उदघोषण सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम संपन्न भएको हो ।

Speaking-Progm-2-1769830299.jpg

सूर्योदय आधारभूत विद्यालयमा गठित सूर्योदय स्काउट ट्रुपमा मिति २०८२ माघ ११ र १२ गते सूर्योदय स्काउट ट्रुपका संयोजक तथा विद्यालयका प्रधानाध्यापक जगतवीर लिम्बुको अध्यक्षता साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीकुमार प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम संपन्न भएको थियो।

साथै स्काउट समिति, अभिभावक, सम्पूर्ण शिक्षक, स्काउट विद्यार्थीहरू, स्काउट मास्टर र विद्यालयका शिक्षकहरूको समन्वयात्मक सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

उदघोषण कला बालबालिकाहरूका लागि एकदमै आवश्यक सीप रहेका कारण यसमा पनि स्काउट विद्यार्थीहरू समाजसेवी भावना लिएर तयार हौँ को सिद्धान्त बोकी मिठो वोली, वचन र व्यवहारलाई जीवन्तता दिने कार्य भएको छ।

Speaking-Progm-4-1769830145.jpg

त्यस्तै, सामाजिक भावनाका साथ अगाडि बढ्नुपर्ने हरेक कार्यक्रमहरूमा आफ्नो सक्रिय सहभागिता रहनुपर्ने भएकाले बालबालिकाहरूका लागि उदघोषण कला बौद्धिक सिप विकासका लागि अपरिहार्य देखिन्छ। मानिसका भावनाहरू मिठो बोलेर जित्न सकिन्छ। त्यसैले राम्रो उदघोषण कला अभिमुखीकरण तालिम सार्थक बनेको सवैको भनाइ रहेको छ।

विद्यार्थीहरूलाई उद्घोषण कलाको विकास गरी कार्यक्रम सञ्चालन गर्ने तरिका, कार्यक्रम सञ्चालनको तयारी, स्क्रिप्ट लेखन, आत्मविश्वास, स्पष्ट वक्ता, सार्वजनिक प्रस्तुतिकरण, निडर अभिव्यक्ति, मिठास साथै आफूलाई तयारी बनाउन गर्नुपर्ने लगनशीलता अभ्यास जस्ता व्यावहारिक सीप विकासमा सहयोग पुर्‍याई उदघोषण कलाको प्रमुख उदेश्य हुने गर्दछ। 

यो उदेश्य पूरा गर्न आयोजित कार्यक्रमले दुई दिनसम्म उदघोषणका आधारभूत सिद्धान्त, आवाजको प्रयोग, माइक व्यवस्थापन, कार्यक्रम सञ्चालन अभ्यास तथा प्रस्तुतिकरण सम्बन्धी सैद्धान्तिक र व्यावहारिक पक्षका विषयमा तालिम दिने कार्य भएको थियो।

विद्यार्थीहरूलाई आ-आफ्नो पेट्रोल यानी समूहबाट सामूहिक रूपमा कार्यक्रम सञ्चालनको नमूना तयार पार्न लगाई प्रत्येक पेट्रोलबाट एउटा एउटा उद्घोषण नमूना प्रस्तुत गर्ने कार्य भयो । जसमा प्रत्येक पेट्रोलबाट विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।

यस अभिमुखीकरण तालिमवाट विद्यार्थीहरूको उदघोषण सीपमा राम्रो सुधार भएको पाइयो। साथमा विद्यार्थीहरूमा आत्मविश्वास र नेतृत्व क्षमता विकासमा उल्लेख्य सुधार हुन पुगेको छ ।

त्यस्तै कार्यक्रम सञ्चालनको व्यावहारिक अभ्यास हेर्दा बालबालिकाहरूलाई हामीले समय समयमा अभ्यास गराउँदै सहजीकरण गर्यौ भने उपलब्धि राम्रो हुने देखिएको छ । बालबालिकाहरूमा सामूहिक भावना तथा कार्यक्रमको खाका तयार गर्ने सिप विकास भएको छ।

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ? शनिबार, फागुन २, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ३ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ४ मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ
  • नंः ५ सीमाना पारको सम्बन्ध
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्