काठमाडौ । लायन्स क्लव अफ काठमाडौं शुभताराले यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान कला-सम्पदाविज्ञ इन्द्रमान महर्जन र लायन्स शुभतारा सामाजिक सेवा सम्मान सामाजिक अगुवा डेविड श्रेष्ठलाई प्रदान गरेको छ।
लायन्स क्लव अफ काठमाडौं शुभताराको आयोजनामा काठमाडौंको तारकेश्वर नगरपालिका-५ न्ह्यांकन्डोलमा आयोजित समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।

लायन्स क्लव अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालयको सभापतित्वमा भएको उक्त कार्यक्रम बरिष्ठ शिक्षासेवी राजेश्वरमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीको विशेष आतिथ्यतामा भएको थियो।
आयोजित समारोहमा शुभताराका फस्ट भीपी लायन्स सुशीला श्रेष्ठ, लायन्स लोकनाथ पौड्याल, लायन्स आदित्यमान जोशी, लायन्स अमृत तामाङ, संचारकर्मी राजु भट्ट लगायतको आतिथ्यता रहेको थियो।
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२ २०:१३