Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यस्ता छन उदयपुर-२ का नेकपाका उम्मेदवार राईका प्रतिवद्धताहरु
यस्ता छन उदयपुर-२ का नेकपाका उम्मेदवार राईका प्रतिवद्धताहरु
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, माघ १९, २०८२

उदयपुर । भूमिगत आन्दोलनदेखि संसदसम्म आइपुगेका सुरेशकुमार राई फेरि उदयपुर क्षेत्र नं. २ बाट जनताको फैसला लिन मैदानमा छन् । कटारी नगरपालिका-५ का स्थानीय राई २०४८ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय राई २०६३ पछि सशस्त्र आन्दोलन, जातीय मुक्ति मोर्चा र जनमुक्ति सेनाको ब्रिगेड कमिसारसम्मको जिम्मेवारी पूरा गरिसकेका अनुभवी  कम्युनिस्ट नेता हुन् ।

संविधान निर्माणपछिको पहिलो निर्वाचन २०७४ मा कांग्रेस उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित राईले पाँच वर्षमा भाषण होइन, काम गरेर देखाएका पात्र हुन् । सिद्धिचरण लोकमार्गको स्तरउन्नति, घुर्मी–चतरा सडकको अलपत्र अवस्था अन्त्य, सुनकोशी खानेपानी आयोजनामा करिब २ अर्ब लगानी, चार पालिकाका ४० वटै वडामा विद्युत् विस्तार, दर्जनौं विद्यालय र स्वास्थ्य संरचना निर्माण उनका मुख्य उपलब्धि आँखै अगाडी छन् । 

मदन भण्डारी लोकमार्गका १५ मोटरेबल पुल, धार्मिक–पर्यटकीय सडक, सिँचाइ तटबन्धन र ५ हजार घरधुरीमा नागरिक आवास-उदयपुर–२ को अनुहार फेरेका ठोस कामले राईलाई फेरि सशक्त उम्मेदवार बनाएको छ ।

फेरि निर्वाचित भए अधुरा योजना पूरा गर्दै उदयपुर–२ लाई अर्गानिक कृषि र पर्यटनको हव बनाउने राईको प्रतिवद्धता छ । मेडिकल कलेज स्थापना, कृषि आधुनिकीकरण, जडिबुटी प्रशोधन र स्थानीय उद्योग विस्तार उनका आगामी एजेन्डा हुन् । कामको निरन्तरताका लागि यसपटक पनि उदयपुर–२ मा तारा छापमै भाेट लगाउनु पर्ने मतदाताकाे पनि भनाइ छ ।

उम्मेदवार राईका अबका प्रतिबद्धता

१. निर्वाचन क्षेत्र नं. २ मा २०७४ सालअघि र पछिका निर्माणाधीन सडक तथा खानेपानी आयोजनाहरू सम्पन्न गरिनेछ ।
२. साना तथा ठूला सिँचाइ योजनामा पर्याप्त बजेट विनियोजन गरी कृषि उत्पादनमा गुणात्मक वृद्धि गरिनेछ ।
३. प्रत्येक वडाबाट पालिकासम्म र पालिकाबाट मुख्य सडकसँग जोडिने पक्की सडक आयोजनाका लागि पहल गरिनेछ ।
४. निर्वाचन क्षेत्रीय रिङरोड सडकलाई ग्राभेल हुँदै क्रमशः पक्की सडकमा रूपान्तरण गरिनेछ ।
५. कोल्टे–बाखखोर–माझखर्क, रसुवा–लाफागाउँ–माझखर्क, बतेनी–सोरुङ–छविसे लगायतका ग्रामीण सडक तथा अन्य योजनाहरू प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयमा सम्पन्न गरिनेछ ।
६. शैक्षिक क्षेत्रलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउने उद्देश्यले भौतिक पूर्वाधार तथा प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि स्पष्ट नीति निर्माण गरिनेछ ।
७. पालिका तथा प्रत्येक वडामा कम्तीमा एउटा खेलमैदान (स्पोर्ट्स ग्राउन्ड) निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
८. साना तथा घरेलु उद्योगहरू पालिका र वडासम्म स्थापना तथा विस्तार गर्ने नीति लागू गरिनेछ।
९. सबै प्रकारका (मुख्यतः राहत शिक्षक) शिक्षकहरूको समस्या समाधान गर्ने गरी शिक्षा ऐन निर्माणमा सक्रिय भूमिका खेलिनेछ ।
१०. स्वास्थ्य चौकी तथा पालिका अस्पतालमार्फत सर्वसुलभ औषधि र दक्ष जनशक्तिको व्यवस्था गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
११. कटारी नगरपालिकामा निःशुल्क जमिन उपलब्ध गराई मेडिकल कलेज स्थापना गर्न पहल गरिनेछ ।
१२. कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गरिनेछ तथा कृषिलाई उद्योगका रूपमा विकास गरी बजारिकरण गरिनेछ ।
१३. कमला, तावा, वैद्यनाथ, त्रियुगा सिर लगायतका नदी–नालामा तटबन्धन आयोजना सञ्चालन गर्न पहल गरिनेछ ।
१४. आयातित वस्तुको नियमन गर्दै स्वदेशमै उत्पादित वस्तु निर्यातका लागि बजार सुरक्षा र विस्तार गरिनेछ ।
१५. जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ।
१६. गाजाँ प्रजातिका वनस्पतिलाई लागूऔषधका रूपमा होइन, औषधि प्रयोग, खाद्यवस्तु तथा कपडा उत्पादनका कच्चा पदार्थका रूपमा मानव हितमा प्रयोग गर्न कानुनी व्यवस्था गरिनेछ ।
१७. परम्परागत अल्कोहललाई करको दायरामा ल्याई उद्योगका रूपमा विकास गरिनेछ र विषादीयुक्त बहुराष्ट्रिय कम्पनीका आयातित मदिरालाई विस्थापित गरिनेछ ।
१८. बहुजातीय संग्रहालय स्थापना गरिनेछ तथा दनुवार जातिको उत्थान र विकासका लागि विशेष व्यवस्था गरिनेछ ।
१९. वन, वन्यजन्तु तथा सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिइनेछ ।
२०. चुनढुंगा खानी उत्खननबाट प्रभावित क्षेत्रलाई राहतस्वरूप कम्पनी सेयर तथा रोजगारीमा पहिलो हक सुनिश्चित गर्ने नीति निर्माणका लागि पहल गरिनेछ ।
२१. चुनढुंगा उत्खनन गर्दा स्थानीय जनताको अधिकारस्वरूप सडक स्तरोन्नति, शिक्षा र स्वास्थ्य क्षेत्रमा नाफाको निश्चित प्रतिशत कार्यान्वयन गर्ने नीति बनाइनेछ ।
२२. निर्वाचन क्षेत्र नं. २ तथा सम्पूर्ण उदयपुर जिल्लालाई अर्गानिक कृषि र पर्यटनको ‘हब’का रूपमा विकास गरिनेछ । देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उदयपुर जिल्लालाई एक मुख्य जिल्ला (क्षेत्र)का रूपमा स्थापित गरिनेछ ।

२३‍.ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, धनुषा र सिन्धुली जिल्लासँग जोडिएको उदयपुर जिल्ला देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एक प्रमुख जिल्ला (क्षेत्र)को रूपमा अगाडि बढ्न सक्ने सम्भावना बोकेको छ । यसकाे लागि जाेड दिने । 

२०७४ सालमा निर्वाचित हुँदा हालका उम्मेदवार राईले गरेका काम तथा उपलब्धिहरू

१. मिर्चैयाँ–कटारी–घुर्मी हुँदै ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुसँग जोड्ने सिद्धिचरण लोकमार्गको स्तरवृद्धि गर्दै पक्की सडक निर्माणका लागि छुट्टै आयोजना कार्यालय स्थापना गरी क्रमागत बजेट सुनिश्चित गरिएको ।
२. सडक विभाग र निर्माण व्यवसायीबीचको विवाद समाधान गरी घुर्मी–चतरा सडक निर्माण कार्य सुचारु गर्न प्राथमिकताका साथ पहल गरिएको ।
३. मुर्कुची–डिल्लीवर–माझखर्क–लिम्चुङबुङ–बराह–सुनकोशी हुँदै हलेसी धार्मिक स्थलसम्म पक्की सडक परियोजनाका लागि निरन्तर बजेट सुनिश्चित गर्न पहल भइरहेको ।
४. निर्वाचन क्षेत्रभरिका ४० वडामध्ये २२ वडाका जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी सुनकोशी खानेपानी आयोजना–१ र २ मा करिब २ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन भई निर्माणाधीन अवस्थामा रहेको ।
५. प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका चारै पालिकामा विद्युतिकरण सम्पन्न गरिएको तथा कटारी नगरपालिकाका वडा नं. १, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ मा बाँकी रहेका ग्रामीण बस्तीहरूमा विद्युत विस्तार गरी पालिकाका सबै ४० वटै वडामा विद्युतिकरण सम्पन्न गरिएको ।
६. निर्वाचन क्षेत्रभित्रका पाँचवटै प्रशासनिक पालिका भवन निर्माण योजना समयमै सम्पन्न गर्न सम्बन्धित मन्त्रालयसँग आवश्यक समन्वय गरिएको ।
७. पूर्वाधार विकास कोष, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा मन्त्रालयबाट विनियोजित बजेटमार्फत छ दर्जनभन्दा बढी विद्यालय भवन निर्माण, नमूना विद्यालय स्थापना तथा प्रविधिमैत्री शिक्षाको सुरुआत गरिएको ।
८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत योजनाअनुसार चार पालिकामा १५ शय्याको अस्पताल निर्माण योजना तथा निर्वाचन क्षेत्रभर बाँकी रहेका वडाहरूमा स्वास्थ्य चौकी भवन निर्माण योजना कार्यान्वयनका लागि समन्वय र अनुगमन गरिएको ।
९. रौतामाई–रानीवासदेखि रौतामाई धार्मिक–सांस्कृतिक स्थल तथा मुर्कुची–तेलतेले–रौतामाई धार्मिक–सांस्कृतिक स्थलसम्म मुख्य राजमार्गबाट १५–१५ किलोमिटरका सामरिक पक्की सडक परियोजनाका लागि बजेट सुनिश्चित भई निर्माणाधीन अवस्थामा रहेको ।
१०. निर्वाचन क्षेत्रभर ग्रामीण सडक तथा ट्र्याक खोल्ने, निर्माण भएका सडकहरूको स्तरवृद्धि गरी पालिकालाई मुख्य सडकसँग र वडालाई पालिकासँग जोडिएको ।
११. कटारी नगरपालिका वडा नं. १ बेलसोतदेखि तिम्नाइ–सिस्नेरी हुँदै सिराहा जिल्ला जोड्ने ग्रामीण सडक ट्र्याक खोलि, वडा हुँदै पालिकासम्म आवागमन सहज बनाइएको।
१२.बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–लिम्चुङबुङ–बराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुर्कुची–उदयपुरगढी–तावाश्री हुँदै देउलीकुनाबाट कटारी जोड्ने निर्वाचन क्षेत्रस्तरीय रिङरोड ट्र्याक खोल्ने तथा स्तरवृद्धि गरिएको । साथै तावाश्री, जरुवा, रुन्चेभञ्ज्याङ, ओख्ले, ताप्ली, ईनामे, माझखर्कलगायत पर्यटकीय तथा ग्रामीण सडक विस्तार र स्तरोन्नति भइरहेको ।
१३. कटारी–देउलीकुना–बाहुनीटार–जरुवा–बर्रे–डुम्रे–ढुंग्रे–माझखर्क ग्रामीण सडक स्तरोन्नति योजना निर्माणाधीन अवस्थामा रहेको ।
१४. मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर खण्डमा ढिलासुस्ती भइरहेको अवस्थामा रहेका १५ वटा मोटरेबल पक्की पुल निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न मन्त्रालय, सडक विभाग र निर्माण व्यवसायीसँग निरन्तर समन्वय गरिएको ।
१५. सिँचाइ तथा तटबन्धनका लागि पूर्वाधार विकास कोष र मन्त्रालयबाट निर्वाचन क्षेत्रभर तीन दर्जनभन्दा बढी योजना कार्यान्वयन गरिएको ।
१६. रौतामाई गाउँपालिका वडा नं. ३ ओडारे–लाफागाउँ खानेपानी योजना पूर्वाधार विकास कोषबाट सम्पन्न भई खानेपानीको अभावमा रहेका वडाबासी लाभान्वित भएका ।
१७. उदयपुरगढी गाउँपालिका वडा नं. ७ बतासे खानेपानी योजना पूर्वाधार विकास कोषबाट सम्पन्न भई ७० घरधुरी लाभान्वित भएका ।
१८. निर्वाचन क्षेत्रभर दर्जनौँ गुम्बा, मन्दिर, साकेला थान, चर्च, शहीद पार्क, एलम्बर पार्क, होमस्टे भवन लगायतका संरचना निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष तथा सम्बन्धित मन्त्रालयको बजेटबाट निर्माण सम्पन्न गरिएको ।
१९. निर्वाचन क्षेत्रभर ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत फुसको छाना विस्थापित गरी करिब ५ हजार घरधुरीमा जस्तापाताको छाना लगाइएको ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्