Top Navigation
Main Navigation
बिहीबार, माघ ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, माघ ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन सुरक्षा लागि चारै सुरक्षा निकाय फिल्डमा
निर्वाचन सुरक्षा लागि चारै सुरक्षा निकाय फिल्डमा आजदेखि ८० हजार सेना परिचालन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ २१, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राज्यले निर्वाचन सुरक्षामा व्यापक तयारी गरेको छ । मतदाताले डररहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितताका लागि आजदेखि चारै सुरक्षा निकाय एकीकृत रूपमा देशभर परिचालित भएका छन् ।

सरकारद्वारा स्वीकृत ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको हो । निर्वाचनको सम्पूर्ण प्रक्रिया—मतपत्र छपाइदेखि मतगणनासम्म—सुरक्षित राख्ने उद्देश्यसहित यो योजना कार्यान्वयनमा ल्याइएको हो ।

सुरक्षा योजनाअनुसार मतदानस्थलमा तीन तहको सुरक्षा घेरा कायम गरिएको छ । मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिनेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ । सबैभन्दा बाहिरी सुरक्षा घेरामा नेपाली सेना परिचालित रहनेछ ।

नेपाली सेनाका अनुसार आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सैनिक परिचालन भइसकेको छ । निर्वाचन सुरक्षाका लागि करिब ८० हजार सैनिक जनशक्ति खटाइएको छ । निर्वाचनलाई लक्षित गरी आवश्यक स्थानमा सेनाका अस्थायी ‘बेस’ स्थापना गरिने र संयुक्त गस्ती सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।

सेनाले निर्वाचन सुरक्षामा तीन चरणमा भूमिका निर्वाह गर्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदानका दिन मतदानस्थल र त्यसपछि मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्म सेनाको जिम्मेवारी रहनेछ । यसका साथै विमानस्थल, कारागार र अन्य महत्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले सम्हाल्नेछ ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले ७७ हजार नियमित जनशक्ति परिचालन गर्दैछ । विद्यमान जनशक्ति अपुग भएपछि थप १ लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देशभरका १० हजार ९६७ मतदानस्थलमध्ये २ हजार ८४५ सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अतिसंवेदनशील सूचीमा परेका छन् । जोखिमको स्तरअनुसार सुरक्षा घनत्व बढाइएको छ ।

सशस्त्र प्रहरी बल नेपालले ३४ हजार ५७६ नियमित जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरेको छ । निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

आसन्न निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुनेछन् । देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । राज्यका सबै सुरक्षा संयन्त्र एकीकृत रूपमा परिचालित भएसँगै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास सरकारको छ ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आजदेखि छपाइ भएका मतपत्र छपाइ सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइँदै
आजदेखि छपाइ भएका मतपत्र छपाइ सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइँदै बिहीबार, माघ ३०, २०८२
प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग बुधबार, माघ २९, २०८२
मुस्ताङकाे एक मतदानस्थलमा जम्मा ३६ मतदाता
मुस्ताङकाे एक मतदानस्थलमा जम्मा ३६ मतदाता बुधबार, माघ २९, २०८२
यस्ता छन् नेपाली कम्युनिस्ट पार्टीका प्रतिबद्धता ? 
यस्ता छन् नेपाली कम्युनिस्ट पार्टीका प्रतिबद्धता ?  बुधबार, माघ २९, २०८२
जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड
जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड बुधबार, माघ २९, २०८२
लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि निरन्तर प्रहार प्रहार: प्रचण्ड
लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि निरन्तर प्रहार प्रहार: प्रचण्ड मंगलबार, माघ २८, २०८२
कुन-कुन जिल्लाकाे मतपत्र छपाइ सकियाे ?
कुन-कुन जिल्लाकाे मतपत्र छपाइ सकियाे ? मंगलबार, माघ २८, २०८२
जापानको भ्रमण पूरा गरि राष्ट्रपति पौडेल स्वदेश फिर्ता
जापानको भ्रमण पूरा गरि राष्ट्रपति पौडेल स्वदेश फिर्ता बुधबार, माघ २२, २०८२
निर्वाचनकाे लागि  कांग्रेसका केन्द्रीय प्रतिनिधि जिल्ला जिल्लमा 
निर्वाचनकाे लागि कांग्रेसका केन्द्रीय प्रतिनिधि जिल्ला जिल्लमा  बुधबार, माघ २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः ५ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्