Top Navigation
  • Contact
Main Navigation
सोमबार, कात्तिक २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, कात्तिक २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चोइटिएको एक छेस्का माया
चोइटिएको एक छेस्का माया
दीपक विवश आँशु
दीपक विवश आँशु सोमबार, माघ २६, २०८२

जीवनका केही स्मृतिहरू यस्ता हुन्छन्, जसलाई समयले मेटाउन खोजे पनि मनले चुपचाप जोगाइराखेको हुन्छ। पहिलो जागिर, युवावस्थाको जोश, साहित्यप्रतिको मोह र प्रेमको पहिलो स्पर्श-यी सबै मिलेर बनेको एउटा कालखण्ड नै यो कथा हो। मोरङको चर्को गर्मी, विराटनगरका गल्ली, बेलबारी जाने बाटो र मिनिबसमा घन्किने एउटा गीत-यी केवल स्थान मात्र होइनन्, ती लेखकको मनभित्र गाडिएका अनुभूतिहरू हुन्।

यो कथा सफल प्रेमको कथा होइन, अधुरो प्रेम र समयले छोडेका दागहरूको दस्तावेज हो। सोविता सँगको सम्बन्धले जीवनको दिशा त बदलेन, तर मनको कुनै कुनामा स्थायी बसोबास गर्‍यो। वर्षौँ बिते, पत्रहरू हराए, फोन नम्बर बदलिए, तर स्मृतिले कहिल्यै साथ छोडेन। झन्डै दुई दशकपछि आएको एउटा फोनकलले ती सबै पुराना अनुभूति एकैचोटि ब्युँझाइदियो। यही अतीत र वर्तमानको अनपेक्षित ठोक्किनु नै यो कथाको आत्मा हो।

मेरो जीवनको पहिलो जागिरे जीवन नेपाल विद्युत प्राधिकरणमा सुरु भएको थियो। त्यो पनि प्रचण्ड गर्मी हुने ठाउँ-मोरङको विराटनगरमा। म काठमाडौंको मान्छे भए पनि गर्मी मौसमले खासै अप्ठ्यारो पारेन, बरु काठमाडौंको चिसो नै मलाई असहज लाग्थ्यो। जागिरे जीवनको सुरुवात अत्यन्तै खुशी र उत्साहले भरिएको थियो।

त्यो उमेर, त्यो जोश, अलिकति नाम कमाउने रहर र देखाउनकै लागि भए पनि साहित्यप्रतिको मोह गहिरो थियो। जहाँ गए पनि लेख्न छोडिनँ। कलापुञ्ज, युवामञ्च, मधुपर्कजस्ता नाम चलेका साहित्यिक पत्रिकाहरूमा मेरा सिर्जनाहरू नियमित छापिन्थे। विराटनगरमा हुँदा बहरगाछी, विराटनगर भनेर ठेगाना दिँथेँ, र देशभरका पत्रमित्रहरूबाट चिठीहरू आउँथे।
    
यस्तै क्रममा एकदिन मेरो नाममा बेलबारी, मोरङकी सोविता गौतमको पत्र आयो। उनी मेरी डाइहार्ट फ्यान थिइन्। चिठी आदान–प्रदान हुँदै गयो, थाहा नै नपाई माया बसिसकेको रहेछ। म बहरगाछी अफिसबाट बेलबारीसम्म उनले पकाएको चिया, खाजा त कहिलेकाही खाना खान पनि जान्थेँ। हाम्रो प्रेम दुबोजस्तै मौलाएको थियो।
    
अफिस छुटेपछि सिधै बेलबारी कुद्ने बानी पर्‍यो। त्यतिबेला बालन्द राईको गीत- “मिनिबसमा चढेर जाउला बेलबारी”-जताततै बज्थ्यो। सोविता, होची कदकी, गहुँगोरो वर्णकी, हिँड्दा पनि मयूरझैँ लाग्ने-मेरा दिनहरू उसैसँग बित्न थाले। तर, समय सधैं एउटै रहँदैन। केही समयपछि मेरो जागिर जनकपुर हुदै सरुवा काठमाडौं भयो। दूरी बढ्यो, पत्रहरू पातलिँदै गए, फोन कल हराउँदै गए। १८/१९ वर्ष बिते। म ती सबै कुरा लगभग बिर्सिसकेको थिएँ।

एकदिन,,
एकाबिहान एक्कासि फोन बज्यो।
“डियर सुमन प्रधान सर...”
फोनकल थियो हाम्रो अफिसको सि.एम साब,, आदरणीय नारायण वाग्ले सरको।

“म त कता-कता तपाईंको पुरानो र हुन नसकेको ससुराली गाउँमा पाइला टेक्न पुगेछु। भारत भ्रमणको सिलसिलामा बाटो यहीँ पर्‍यो, दिदी भेट्न आएको।”
म झसङ्ग परेँ।
“हुन नसकेको ससुराली गाउँ ? कहाँ हुनुहुन्छ वाग्ले सर ?”
म आफ्ना सि.एम. साबलाई कहिलेकाहीँ वाग्ले सर पनि भन्थेँ।
उहाँ हाँस्दै भन्नुहुन्छ,

“उहीँ, मिनिबसमा चढेर जाउला बेलबारी भन्ने ठाउँमा, सुमन सर !”
“ओहो ! कस्तो सप्र्राईज वाग्ले सर !”
वाग्ले सर झन् ठट्टामा उत्रिनुभयो,
“सुमन सर, तपाईंले मेरो कल देख्नेबित्तिकै ‘भाडा तिर्नु भयो?’ भनेर सोध्नुहुन्छ कि भन्ने डर थियो। आखिर बेलबारी आउँदा त मिनिबसकै कुरा आउँछ नि हैन र !”
मैले पनि कम दिएनँ,लाग्ने भाडा दिएको थिए।

“भाडा त तिर्नुहुन्थ्यो सर, तर टिकट काट्ने सोविता चाहिँ अहिले कहाँ होलिन्, थाहा छैन।” मैले भने,,
उहाँ ठहाका छोड्दै भन्नुहुन्छ,
“ए! त्यसैले त मैले भनेको-यो त तपाईंको हुन नसकेको ससुराली नै पर्‍यो। अब चिया खुवाउनुहुन्न भने, म सिधै मिनिबस चढेर फर्किन्छु है !”

मैले हाँस्दै जवाफ दिएँ,
“सर, चिया मात्र होइन, बेलबारीको खाना र तरकारीको कथा पनि सुनाइदिन्छु। तर ‘मिनिबसमा चढेर जाउला बेलबारी’ गीत चाहिँ तपाईंले नै गाउनु पर्छ है वाग्ले सर।”

फोन राखेपछि म एकछिन शून्य भएँ।
सोविता, बेलबारी, मिनिबस, प्रेम-सबै स्मृति एकैपटक ब्यूँझिए।
र म बिस्तारै ओछ्यानमै पल्टिएर, ती मीठा–तीता यादहरू बोकेर फेरि गहिरो निद्रामा हराएँ।

नामी साप्ताहिक

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्