katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, जेठ ९, २०८३
कटारी

नेपाली समाजमा उत्सव, चाडपर्व र सामाजिक कार्यहरू भोजभतेर बिना अधुरा मानिन्छन्। तर अचेल हाम्रा भोजहरू खुसी साट्ने माध्यम भन्दा पनि धन र प्रतिष्ठा प्रदर्शन गर्ने थलो बन्न थालेका छन्। विशेषगरी विवाह, व्रतबन्ध र अन्य उत्सवहरूमा देखिने ’बफे’ शैलीको खानामा मानिसको एउटा अनौठो स्वभाव प्रकट हुने गर्छ।

त्यो हो, आफ्नो भोक र क्षमताभन्दा बढी खाना थालमा भर्ने! हामी आफ्नै पेटको अड्कल गर्न सक्दैनौ भने भोलि आउने समस्या र अवस्थाको सोच मस्तिष्कमा कसरी राख्न सक्छौं। त्यसैले सबैभन्दा पहिला आफ्नो भोक र भोजन अड्कल गर्न सिकौँ। हामी प्रायः आँखाको भोकका अगाडि पेटको आयतन बिर्सन्छौँ। थरीथरीका परिकार देखेपछि सबै चाखौँ भन्ने लोभमा थालभरि खाद्यान्न थुपार्छौँ। तर, केही गाँस खाएपछि बाँकी सबै फोहोरको डब्बामा मिल्काइदिन्छौँ। यो केवल खानाको बर्बादी मात्र होइन, बरु अन्नको ठुलो अपमान र मानवीय संवेदनाको खडेरी पनि हो।

हामीले थालमा जुठो बनाएर छोडेको त्यो एक गाँस भातको मूल्य बुझ्न अफ्रिकाका ती सुक्खाग्रस्त क्षेत्रका बालबालिकाहरूलाई हेर्नुपर्छ। जो एक छाक अन्नको अभावमा हड्डी र छाला मात्र बाँकी भएर मृत्यु पर्खिरहेका छन्। हामी रवाफ देखाउन र ठूलो मान्छे कहलिनका लागि जति खाना फ्याँक्छौँ। त्यति खानाले कयौँ भोका पेटहरूको प्राण जोगिन सक्छ।

भोक र भोजनले विश्वको एउटा कठोर र विडम्बनापूर्ण यथार्थलाई चित्रण गर्छ। एकातिर बाँच्नका लागि एक गास अन्न नपाएर तड्पिरहेको अफ्रिकाको एउटा ठूलो हिस्सा खडेरी अनिकाल र गरिबीका कारण लाखौं बालबालिकाहरू कुपोषणको सिकार भइरहेका छन्। अर्कोतिर सम्पन्नता र देखासेखीको नाममा खानाको बर्बादी गरिरहेको नेपाली समाजले नैतिकता बिर्सिएको यथार्थलाई चित्रण गर्न सकिन्छ।

नेपाली संस्कृतिमा अन्नलाई लक्ष्मी मानिन्छ तर, आधुनिकताको नाममा यही मूल्यलाई बिर्सँदै भोजमा फ्याकिएको खानालाई प्रतिष्ठासँग जोड्न थालिएको छ। नेपालकै कैयौ सुकुम्बासी बस्तीका भोका बालबालिकाहरुका लागि हामीमा खाना संरक्षण गर्ने चेत भइदिए भोक मेटाउने अवसर मिल्न सक्छ। खाना फ्याक्नु भनेको केवल वस्तु नष्ट गर्न मात्र होइन बरु कसैको गाँस खोस्नु र किसानको पसिनाको अपमान गर्नु पनि हो।

प्रकृतिसँग एउटा कठोर नियम छ । आज हामीले जसको कदर गर्दैनौँ, भोलि त्यसकै अभावमा हामी छटपटाउनुपर्ने हुन सक्छ। अहिले प्रशस्त छ भन्दैमा खानाको अपहेलना गर्नु भनेको भविष्यको अनिकाललाई निम्तो दिनु हो। कुनै दिन परिस्थिति प्रतिकूल भई भोको बस्नुपर्दा, हिजो फ्याँकिएको त्यही एक टुक्रा रोटी वा एक गाँस भातको यादले मुटु पोल्ने निश्चित छ।

त्यसैले, भोजमा जाँदा आफ्नो पेटमा कति अटाउँछ भन्ने अड्कल आफैँले गरौँ। खाना फ्याँक्नु आधुनिकता होइन, बरु एक गम्भीर अपराध हो। याद राखौँ, हाम्रो थालमा जुठो छोडिएको खाना कसैको लागि सपना हुन सक्छ। 

यसैले भन्न सकिन्छ अफ्रिकाको भोक र नेपालको भोजको यो अन्तरले हाम्रो मानवीय संवेदना कति कमजोर हुँदैछ भन्ने देखाउँछ। हामीले प्लेटमा खाना हाल्नु अघि एकपटक भोको  पेटको बारेमा सोच्न जरुरी छ जसका लागि अन्नको एउटा दाना पनि अमृत समान हुन्छ। खाना त्यति मात्र लिऊ जति खान सकिन्छ। फाल्नुभन्दा अघि एकपटक सोचौँ कोही भोकै त छैनन्?

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०६:३२
कटारी
प्रतिक्रिया दिनुहोस्
कटारी
थप विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ३ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ४ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
  • नंः ५ कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्