Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि निरन्तर प्रहार प्रहार: प्रचण्ड
लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि निरन्तर प्रहार प्रहार: प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, माघ २७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र सिद्धान्तविहीन लोकप्रियतावाद (पपुलिज्म) ले लोकतन्त्र र समाजवादमाथि निरन्तर प्रहार गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले सामाजिक सञ्जाल केन्द्रित ‘स्टन्ट’ र सतही लोकप्रियतावादलाई अन्तर्राष्ट्रिय साम्राज्यवाद तथा भूराजनीतिक चलखेलको नेपाली संस्करणका रूपमा चित्रण गरे । विचार, राजनीतिक सिद्धान्त, इतिहास र विरासतविनै केवल सामाजिक सञ्जालका फण्डा र स्टन्टमार्फत जनताको समर्थन जुटाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक प्रणाली र समाजवादी लक्ष्यलाई कमजोर बनाउने खतरा औँल्याए ।

उनका अनुसार विश्वका विभिन्न देशमा साम्राज्यवादले लोकप्रियतावादलाई उपकरणका रूपमा प्रयोग गर्दै आएको छ र नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय प्रवृत्ति दोहोर्याउने प्रयास भइरहेको छ । यसलाई उनले लोकतन्त्र र समाजवादमाथिको सुनियोजित आक्रमण तथा भूराजनीतिक खेलको हिस्सा भएको बताए ।

संयोजक प्रचण्डले आफ्नो पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गका अधिकारका लागि संघर्षरत सबैभन्दा ‘नयाँ’ र वैज्ञानिक विचारधारायुक्त शक्ति भएको दाबी गरे । ‘जेन–जी’ आन्दोलन र त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न देशमा बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले वामपन्थी, समाजवादी र देशभक्त शक्तिहरूको एकताबाट पार्टी निर्माण गरिएको जानकारी दिए ।

उनले विभिन्न चरणमा साना–ठूला दल तथा समूहहरू समेटिँदै हाल २६ वटा शक्ति समावेश भएको सन्दर्भ उल्लेख गर्दै यस एकताले देशलाई वैचारिक रूपमा मजबुत बनाउने विश्वास व्यक्त गरे ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संयोजक प्रचण्डले निर्वाचन नै जनतामा पुग्ने र विशेषतः युवाका माग तथा आकांक्षा सम्बोधन गर्ने प्रभावकारी माध्यम भएको बताए । नयाँ जनअनुमोदित प्रतिनिधिसभाले मात्रै मुलुकले सामना गरिरहेको राष्ट्रिय सङ्कट समाधान गर्न सक्ने धारणा राख्दै पार्टी ‘तारा’ चिह्नसहित निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको जनाए ।

कार्यक्रममा उनले वाम एकताको आवश्यकतामा जोड दिँदै युवा पुस्ता र क्रान्तिकारी शक्तिहरूलाई समाजवादी संरचना निर्माणमा सक्रिय रूपमा जुट्न आह्वान गरे । राजनीतिक विश्लेषकहरूले यस सम्बोधनलाई निर्वाचन पूर्वको राजनीतिक ध्रुवीकरण तथा नयाँ दलहरूविरुद्ध नेकपाको वैचारिक हस्तक्षेपका रूपमा हेरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्