Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड
जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ २८, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिमा सबैभन्दा नयाँ र वैचारिक रूपमा फरक पार्टी आफ्नो नेतृत्वमा निर्माण भएको नेकपा नै भएको दाबी गरेका छन् । आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रचण्डका अनुसार जेन–जी (Gen-Z) आन्दोलनले उठाएका प्रश्न, असन्तुष्टि र परिवर्तनको चाहनालाई संस्थागत गर्नकै लागि नयाँ राजनीतिक पहलकदमी लिइएको हो । उनले पुराना दल र पुरानो राजनीतिक संरचनाले अब जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै त्यसलाई भत्काएर नयाँ ढंगको पार्टी निर्माण गर्नु अपरिहार्य भएको बताए ।

“जेन–जी आन्दोलनपछि सबैभन्दा पहिला राजनीतिक पहलकदमी लिएर नेपाली कम्युनिस्ट पार्टी बनाउने साहसिक निर्णय हामीले गर्‍यौँ,” उनले भने, “पुरानो पार्टीको खोल ओढेर होइन, पुरानै संरचना तोडेर नयाँ पार्टी बनाउने पहल गर्ने हामी नै भयौँ ।”

उनले पछिल्ला वर्षहरूमा युवापुस्ताले उठाएको रोजगारी, सुशासन, सामाजिक न्याय र राजनीतिक पारदर्शिताका मुद्दालाई सम्बोधन गर्न नयाँ सोच र नयाँ संगठन आवश्यक भएको जिकिर गरे । नेकपा त्यसैको परिणामस्वरूप जन्मिएको पार्टी भएको उनको भनाइ छ ।

प्रचण्डले पार्टी निर्माणको मितिसमेत उल्लेख गर्दै नेकपा नै देशकै सबैभन्दा नयाँ दल भएको स्पष्ट पारे । “सबैभन्दा नयाँ पार्टी कुन हो भनेर प्रश्न गर्दा जवाफ स्पष्ट छ—नेपाली कम्युनिस्ट पार्टी,” उनले भने, “कार्तिक १९ गते औपचारिक रूपमा निर्माण भएको यो पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति हो ।”

उनले आगामी निर्वाचनमा नेकपाले युवामैत्री, परिवर्तनमुखी र जनउत्तरदायी एजेन्डासहित जनतामाझ जाने पनि बताए । नयाँ पुस्ताको विश्वास जितेर राजनीतिमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ नेकपा अघि बढिरहेको प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्