Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड
जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ २८, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिमा सबैभन्दा नयाँ र वैचारिक रूपमा फरक पार्टी आफ्नो नेतृत्वमा निर्माण भएको नेकपा नै भएको दाबी गरेका छन् । आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रचण्डका अनुसार जेन–जी (Gen-Z) आन्दोलनले उठाएका प्रश्न, असन्तुष्टि र परिवर्तनको चाहनालाई संस्थागत गर्नकै लागि नयाँ राजनीतिक पहलकदमी लिइएको हो । उनले पुराना दल र पुरानो राजनीतिक संरचनाले अब जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै त्यसलाई भत्काएर नयाँ ढंगको पार्टी निर्माण गर्नु अपरिहार्य भएको बताए ।

“जेन–जी आन्दोलनपछि सबैभन्दा पहिला राजनीतिक पहलकदमी लिएर नेपाली कम्युनिस्ट पार्टी बनाउने साहसिक निर्णय हामीले गर्‍यौँ,” उनले भने, “पुरानो पार्टीको खोल ओढेर होइन, पुरानै संरचना तोडेर नयाँ पार्टी बनाउने पहल गर्ने हामी नै भयौँ ।”

उनले पछिल्ला वर्षहरूमा युवापुस्ताले उठाएको रोजगारी, सुशासन, सामाजिक न्याय र राजनीतिक पारदर्शिताका मुद्दालाई सम्बोधन गर्न नयाँ सोच र नयाँ संगठन आवश्यक भएको जिकिर गरे । नेकपा त्यसैको परिणामस्वरूप जन्मिएको पार्टी भएको उनको भनाइ छ ।

प्रचण्डले पार्टी निर्माणको मितिसमेत उल्लेख गर्दै नेकपा नै देशकै सबैभन्दा नयाँ दल भएको स्पष्ट पारे । “सबैभन्दा नयाँ पार्टी कुन हो भनेर प्रश्न गर्दा जवाफ स्पष्ट छ—नेपाली कम्युनिस्ट पार्टी,” उनले भने, “कार्तिक १९ गते औपचारिक रूपमा निर्माण भएको यो पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति हो ।”

उनले आगामी निर्वाचनमा नेकपाले युवामैत्री, परिवर्तनमुखी र जनउत्तरदायी एजेन्डासहित जनतामाझ जाने पनि बताए । नयाँ पुस्ताको विश्वास जितेर राजनीतिमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ नेकपा अघि बढिरहेको प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्