Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २९, २०८२

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिनाथ मन्दिर क्षेत्रलाई लक्षित गर्दै सरसफाइ, व्यवस्थापन र सेवा–सुविधा सुदृढ पार्ने तयारी तीव्र पारिएको छ । पर्वका अवसरमा लाखौँ श्रद्धालु आउने अनुमान गरिएकाले सम्बन्धित निकाय र सामाजिक संस्थाहरू सक्रिय रूपमा जुटिरहेका छन् ।

यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । संस्थाको आयोजनामा सम्पन्न अभियानमा स्वयंसेवक, स्थानीय बासिन्दा, सरसफाइकर्मी र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो ।

अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा आसपासका क्षेत्र तथा साधु–सन्त बसोबास गर्ने स्थानमा विशेष सफाइ गरिएको छ । साथै फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सरसफाइमा संलग्न कामदारलाई पहिचान खुल्ने ज्याकेटसमेत प्रदान गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक तथा प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै पशुपति क्षेत्रको सरसफाइ अभियानमा सक्रिय रूपमा संलग्न हुँदै आएको छ ।
“महाशिवरात्रि नजिकिँदै जाँदा भक्तजनको आवागमन उल्लेख्य रूपमा बढ्ने भएकाले सरसफाइ र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ,” उनले भने, “क्रियसन नेपालले आजको अभियानसँगै महाशिवरात्रिका दिन स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।”

यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरिएको कोषले जनाएको छ । व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास, प्रचार–प्रसार तथा अन्तर–निकाय समन्वयका क्षेत्रमा ती उपसमिति सक्रिय रूपमा खटिएका छन् ।

महाशिवरात्रिका दिन देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउने अनुमान गरिएको छ । सोहीअनुसार भीड व्यवस्थापन, सुरक्षा र सेवाप्रवाहलाई विशेष प्राथमिकतामा राखेर तयारी अघि बढाइएको कोषले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्