Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २९, २०८२

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोहीलाई राप्ती नदी प्रणालीमा छाडिएको छ । निकुञ्जको जनकौली सामुदायिक वन क्षेत्र हुँदै बग्ने राप्ती नदीमा मङ्गलबार गोही छाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार नदीमा छाडिएका घडियालमध्ये तीन वटा भाले र १७ वटा पोथी रहेका छन् । यससँगै चालु वर्षमा मात्रै प्रजनन केन्द्रमा हुर्काइएका कूल १६५ घडियाल राप्ती नदी प्रणालीमा छाडिएको छ ।

उनका अनुसार हालसम्म केन्द्रमा हुर्काइएका दुई हजार २४० घडियाल विभिन्न नदी प्रणालीमा पुनःस्थापना गरिसकिएको छ । तीमध्ये सबैभन्दा धेरै एक हजार ४८५ घडियाल राप्ती नदीमै छाडिएका छन् । घडियालको प्राकृतिक बासस्थानका रूपमा राप्ती नदीलाई उपयुक्त मानिँदै आएको छ ।

निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका घडियालका अण्डा तथा केन्द्रमै जन्मिएका बच्चा गोहीलाई प्रजनन केन्द्रमा हुर्काएर निश्चित उमेर पुगेपछि प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ । हाल प्रजनन केन्द्रमा करिब ६०० घडियाल रहेका छन् ।

नदी किनारबाट सङ्कलन गरिएका अण्डालाई केन्द्रको कृत्रिम ह्याचरीमा राखी बच्चा उत्पादन गरिन्छ । उमेर र आकारका आधारमा घडियाललाई छुट्टाछुट्टै पोखरीमा हुर्काइन्छ । प्राकृतिक वातावरण अनुकूल भएकाले अन्य नदीको तुलनामा राप्ती नदीमा बढी घडियाल छाडिँदै आएको निकुञ्जको भनाइ छ ।

गत मङ्सिरमा गरिएको घडियाल गणना तथा अनुगमनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ घडियाल भेटिएका थिए । तीमध्ये नौ वटा भाले रहेको तथ्याङ्क निकुञ्जसँग छ ।
घडियाल तुलनात्मक रूपमा शान्त स्वभावको हुने र नदी तथा नदी किनारबाट धेरै टाढा नजाने जनावरका रूपमा चिनिन्छ । घडियाल संरक्षणको उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

सूचना अधिकारी थापाका अनुसार तीनदेखि पाँच वर्ष उमेर समूहका, करिब एक दशमलव पाँच मिटर लम्बाइ पुगेका र आफैँ आहार खोज्न सक्ने अवस्थामा पुगेपछि घडियाल नदीमा छाड्न योग्य हुन्छन् । सामान्यतया पाँच वर्षसम्म केन्द्रमै संरक्षण र हेरचाहपछि मात्र गोही नदीमा छाड्ने गरिन्छ ।
तर नदीमा छाडिएका सबै घडियाल दीर्घकालसम्म जीवित नहुने तथ्य पनि देखिएको छ ।

केही घडियाल हराउने, बाढीले बगाएर भारततर्फ पुग्ने तथा विभिन्न कारणले मर्ने गरेका छन् । पछिल्लो समय नदीमा माछा मार्न प्रयोग हुने जालमा अल्झिएर घडियाल मर्ने समस्या बढ्दै गएको निकुञ्जले जनाएको छ । निकुञ्ज र संरक्षणकर्मीले जालमा बेरिएका घडियालको उद्धार कार्य बर्सेनि गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०८:११
##securitiesboardofnepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक 
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक  शनिबार, असोज १७, २०८३
रूम नं १९४
रूम नं १९४ शुक्रबार, असोज १६, २०८३
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला शुक्रबार, असोज १६, २०८३
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ रूम नं १९४
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्