Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २९, २०८२

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोहीलाई राप्ती नदी प्रणालीमा छाडिएको छ । निकुञ्जको जनकौली सामुदायिक वन क्षेत्र हुँदै बग्ने राप्ती नदीमा मङ्गलबार गोही छाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार नदीमा छाडिएका घडियालमध्ये तीन वटा भाले र १७ वटा पोथी रहेका छन् । यससँगै चालु वर्षमा मात्रै प्रजनन केन्द्रमा हुर्काइएका कूल १६५ घडियाल राप्ती नदी प्रणालीमा छाडिएको छ ।

उनका अनुसार हालसम्म केन्द्रमा हुर्काइएका दुई हजार २४० घडियाल विभिन्न नदी प्रणालीमा पुनःस्थापना गरिसकिएको छ । तीमध्ये सबैभन्दा धेरै एक हजार ४८५ घडियाल राप्ती नदीमै छाडिएका छन् । घडियालको प्राकृतिक बासस्थानका रूपमा राप्ती नदीलाई उपयुक्त मानिँदै आएको छ ।

निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका घडियालका अण्डा तथा केन्द्रमै जन्मिएका बच्चा गोहीलाई प्रजनन केन्द्रमा हुर्काएर निश्चित उमेर पुगेपछि प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ । हाल प्रजनन केन्द्रमा करिब ६०० घडियाल रहेका छन् ।

नदी किनारबाट सङ्कलन गरिएका अण्डालाई केन्द्रको कृत्रिम ह्याचरीमा राखी बच्चा उत्पादन गरिन्छ । उमेर र आकारका आधारमा घडियाललाई छुट्टाछुट्टै पोखरीमा हुर्काइन्छ । प्राकृतिक वातावरण अनुकूल भएकाले अन्य नदीको तुलनामा राप्ती नदीमा बढी घडियाल छाडिँदै आएको निकुञ्जको भनाइ छ ।

गत मङ्सिरमा गरिएको घडियाल गणना तथा अनुगमनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ घडियाल भेटिएका थिए । तीमध्ये नौ वटा भाले रहेको तथ्याङ्क निकुञ्जसँग छ ।
घडियाल तुलनात्मक रूपमा शान्त स्वभावको हुने र नदी तथा नदी किनारबाट धेरै टाढा नजाने जनावरका रूपमा चिनिन्छ । घडियाल संरक्षणको उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

सूचना अधिकारी थापाका अनुसार तीनदेखि पाँच वर्ष उमेर समूहका, करिब एक दशमलव पाँच मिटर लम्बाइ पुगेका र आफैँ आहार खोज्न सक्ने अवस्थामा पुगेपछि घडियाल नदीमा छाड्न योग्य हुन्छन् । सामान्यतया पाँच वर्षसम्म केन्द्रमै संरक्षण र हेरचाहपछि मात्र गोही नदीमा छाड्ने गरिन्छ ।
तर नदीमा छाडिएका सबै घडियाल दीर्घकालसम्म जीवित नहुने तथ्य पनि देखिएको छ ।

केही घडियाल हराउने, बाढीले बगाएर भारततर्फ पुग्ने तथा विभिन्न कारणले मर्ने गरेका छन् । पछिल्लो समय नदीमा माछा मार्न प्रयोग हुने जालमा अल्झिएर घडियाल मर्ने समस्या बढ्दै गएको निकुञ्जले जनाएको छ । निकुञ्ज र संरक्षणकर्मीले जालमा बेरिएका घडियालको उद्धार कार्य बर्सेनि गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०८:११
##securitiesboardofnepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्