काठमाडौ । झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा एमालेका अध्यक्ष केपी शर्माले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष ओलीले अझै पनि चुनावको वातावरण तय भइनसकेको जस्तो देखिएको बताएको हो। उनले चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताएका छन्।
‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं। चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ अध्यक्ष ओलीले भने। पत्रकारको जवाफमा उनले भने, ‘चुनाव त हुन्छ भन्ठान्छु अब। चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो। हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले भने।
प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२ १४:५९