Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम प्रेम भनेको सँगै बाँच्नु मात्र होइन, जिम्मेवारी बोक्नु पनि हो
दीपक विवश आँशु
दीपक विवश आँशु शनिबार, फागुन ९, २०८२

जीवनको यात्रामा कहिलेकाहीँ यस्ता मोडहरू आउँछन्, जसले हाम्रो अस्तित्व नै फेरिदिन्छन्। संगीतको लयमा रमाएको युवावस्था, सपनाले भरिएको कलेज जीवन, अनि अनपेक्षित रूपमा भेटिएको एक सरल अनुहार-यी सबै मिलेर बनेको कथा हो यो। सिक्किमको नाम्चीबाट झापाको दमकसम्म फैलिएको यो प्रेम केवल दुई व्यक्तिको सम्बन्ध मात्र थिएन, यो विश्वास, समर्पण र बलिदानको गहिरो दस्तावेज थियो।

निर्जला केवल मेरी जीवनसाथी थिइनन्; उनी मेरो हिम्मत, मेरो आत्मबल र मेरो भविष्यप्रतिको भरोसा थिइन्। तर नियतिले हाम्रो साथ छोट्यायो। समय बित्दै जाँदा घाउ सुक्दै गए, तर सम्झना अझै ताजा छ। आज मेरी छोरीको अनुहारमा म निर्जलाको मुस्कान देख्छु। जब उसले मलाई “बाबा” भन्छे, म फेरि बीस वर्षअघिको त्यो अस्पतालको कोठामा पुग्छु।

यो कथा प्रेमको आरम्भ, बिछोडको वेदना र सम्झनाको अमर स्वरको कथा हो । सन् २००५ तिरको कुरा हो। म दमक बहुमुखी क्याम्पसमा आई.एड दोस्रो वर्ष अध्ययनरत थिएँ । युवावस्था जोशले भरिएको थियो। केही साथीहरूसँग मिलेर हामीले “कोशेली सांगीतिक व्याण्ड” स्थापना गरेका थियौँ। झापाका विभिन्न स्थानमा साना–ठूला कार्यक्रम गथ्र्यौं । मञ्चमा उभिँदा आफूलाई संसारकै भाग्यमानी मान्थें।

तिहारको अवसर पारेर सिक्किमको नाम्चीस्थित आफन्तको घर जाने अवसर मिल्यो। पहाडको चिसो हावा, फराकिलो आकाश र शान्त वातावरणले मन हर्षित बनायो । त्यहीँ पहिलो पटक निर्जला प्रधानसँग भेट भयो । उनी मेरी फुपूकी छोरी निशाकी साथी थिइन्।

सादा पहिरन, मधुर मुस्कान र बोलाइमा सिक्किमे लवजको मिठास। पहिलो नजरमै मन तानियो।
तिहार कार्यक्रममा उनले नृत्य प्रस्तुत गरिन् । 

उनको आत्मविश्वास र लयले म स्तब्ध भएँ ।
कार्यक्रमपछि सामान्य परिचय भयो ।
“तपाईं दिपक दाइ ?”
“हो, अनि तपाईं निर्जला ?”
“निशाले धेरै सुनाएको थियो तपाईंको बारेमा ।
तिहारको कार्यक्रममा निर्जलाको नृत्य देखेर म स्तब्ध भएँ । उनको आत्मविश्वास, लय र भाव–भंगिमाले म प्रभावित भएँ। त्यही बेला निशाले मलाई जिस्क्याउँदै भनिन् ।

“दिपक दाइ, निर्जलालाई भाउजू बनाउने मन छ कि छैन ?”
म मुस्कुराएँ, तर मनभित्र चाहना जागिसकेको थियो । तर डर पनि थियो-निर्जला जस्ती सुन्दर र शिक्षित युवतीले मलाई किन स्वीकार्लिन् ? उनी व्याचलर अध्ययनरत् थिइन्, र उमेरमा म भन्दा एक वर्ष जेठी । निशाले भने हार मानिनन् ।
“दाइ, म कुरा मिलाउँछु । तपाईं ओके मात्र भन्नुस् ।”
मैले लाज र डर मिसिएको स्वरमा ‘हुन्छ’ भनेँ ।

केही दिनपछि निर्जला फुपूको घरमा आइन् । हामीबीच गम्भीर संवाद भयो। उनको परिपक्वता, सादगी र स्पष्ट सोचले मलाई झन् आकर्षित गर्‍यो । उमेर, दूरी र भविष्यका अन्योलताभन्दा ठूलो बन्यो हाम्रो आपसी समझदारी।
   
अन्ततः मैले निर्जलालाई लिएर नाम्चीबाट सिलिगुडी हुँदै दमक फर्कने निर्णय गरेँ। त्यो निर्णय सजिलो थिएन, तर मन दृढ थियो। घरमा उनलाई भित्र्र्याउँदा परिवारबाट ठूलो समर्थन र माया पाइयो। सबैले निर्जलालाई आफ्नै छोरीझैँ अपनाए।

आमाले स्नेह दिएर भनिन्,
“छोरी, अब यो घर पनि तिम्रै हो ।”
निर्जला चाँडै सबैसँग घुलमिल भइन् । बिहान चिया बनाउँदा उनको स्वरले घर गुञ्जिन्थ्यो। म कलेज र कार्यक्रमतिर व्यस्त हुन्थें, उनी घर सम्हाल्थिन्।
एक वर्षपछि खुसीको खबर आयो-निर्जला आमा बन्ने भइन् ।
“अब तपाईं साँच्चै बाबा बन्नुहुन्छ,” उनले हाँस्दै भनिन् ।
“हाम्रो सानो संसार आउँदैछ,” मैले उनको हात समाउँदै भनेँ ।
हामी भविष्यका सपना बुन्दै थियौँ।

सुत्केरीको समय आयो। झापाको आम्दा अस्पतालमा भर्ना गरियो। सुरुवातमा सबै सामान्य थियो। तर केही घण्टापछि डाक्टरको अनुहार गम्भीर देखियो।
“हामीले सक्दो प्रयास गरिरहेका छौं,” डाक्टरले भने ।
म हतारिँदै उनको बेडमा पुगेँ । निर्जलाको अनुहार फिक्का थियो, तर आँखा अझै उज्यालो।
“दिपक...”
“म यतै छु निर्जला, केही हुँदैन ।”
उनले कमजोर स्वरमा भनिन्,
“छोरीलाई माया गर्नु है... उसको भविष्य राम्रो बनाउनु ।”
मेरो घाँटी अवरुद्ध भयो ।
“हामी सँगै हुर्काउने हो,” मैले आँसु पुछ्दै भनें ।
त्यसपछि उनले पहिलो पटक मलाई अत्यन्त मायालु स्वरमा सम्बोधन गरिन्-
“बाबा... अब छोरीको जिम्मा तपाईंलाई सुम्पें...”
त्यो ‘बाबा’ शब्दले मेरो अस्तित्व नै हल्लियो ।
मैले उनका हात कस्सिएर समातेँ ।
“निर्जला, यति चाँडो हार मान्न पाइँदैन,” म कराएँ ।
तर केही क्षणपछि उनका आँखा बिस्तारै चिम्लिए ।
म चिच्याउन पनि सकेनँ ।
मेरो संसार त्यही अस्पतालको कोठामा रोकियो ।
सम्झनाको निरन्तरता
छोरी स्वस्थ जन्मिइन् । उनको अनुहारमा निर्जलाको झल्को थियो। पहिलो पटक उसले रोएर सास फेर्दा मलाई निर्जलाको अन्तिम सास सम्झना आयो।

वर्षहरू बित्दै गए । म बाबाको जिम्मेवारीमा रमाउन खोजेँ । तर हरेक तिहारमा नाम्ची सम्झिन्थेँ।
छोरीले एकदिन सोधी,
“बाबा, आमा कस्ती थिइन् ?”
मैले गहिरो सास फेरें ।
“तिमी जस्तै-साहसी, नम्र र धेरै माया गर्ने ।”
जब छोरीले पहिलो पटक स्पष्ट स्वरमा भनिन्,
“बाबा...”
म रोएँ । त्यो आवाजमा निर्जलाको अन्तिम शब्द मिसिएको थियो ।

सिक्किमको नाम्चीबाट सुरु भएको प्रेम झापाको अस्पतालमा टुंगियो । तर सम्झना कहिल्यै मरेन। निर्जलाले मलाई सिकाइन्-प्रेम भनेको सँगै बाँच्नु मात्र होइन, जिम्मेवारी बोक्नु पनि हो ।
आज छोरी २० वर्ष पुगेकी छिन् । उसको हाँसोमा निर्जलाको जीवन बाँचिरहेको छ ।
कहिलेकाहीँ म आकाशतिर हेरेर भन्छु-
“निर्जला, तिमीले दिएको ‘बाबा’ शब्दलाई म अझै जोगाइरहेको छु ।”
प्रेम कहिल्यै समाप्त हुँदैन ।
कहिलेकाहीँ त्यो एउटी छोरीको आवाजमा फेरि जीवित भएर आउँछ-
“बाबा...”

याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
  • नंः २ सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
  • नंः ३ कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
  • नंः ४ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ५ उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्