गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुदूरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका मार्फत देखाउन खोजेका छन् ।
जसमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीसहितको अभिनय रहेकाे छ। भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माणटीमको दाबी छ ।
सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी लिएर आएको निर्देशक सरोज खड्काले बताए। भिडियोमा महानायक राजेश र पूर्वमिस नेपालउषाका माध्यमबाट सुदूरपश्चिमको कला र संस्कृतिलाई हुबहु झल्काउँने काम गरिएको छ।
राम अबिरल विष्टको शब्द सिर्जना रहेको गीतमा दीपक आरजेको संगीत छ भने पवन सुस्लिङ्गकाे छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन्। देउ सिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम् कृष्ण विकको अफिसियल युट्युब च्यानलमार्फत विश्वबजार सार्बजनिक गरिको हो।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२ ०७:४०