सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ।
गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। निर्णयानुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।
‘नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ।
मुलुकभरि सार्वजनिक बिदा हुने पर्व :
वैशाख - नयाँ वर्ष - वैशाख १ गते मङ्गलबार
वैशाख पूर्णिमा - वैशाख १८ गते शुक्रबार
भदौ - रक्षाबन्धन - भदौ १२ गते शुक्रबार
श्रीकृष्ण जन्माष्टमी - भदौ १९ गते शुक्रबार
असोज - घटस्थापना - असोज २५ गते आइतबार
दशैं बिदा असोज ३१ गते - कात्तिक ६ गतेसम्म (फूलपातीदेखि द्वादशीसम्म)
कात्तिक - तिहार बिदा कात्तिक २२ गतेदेखि कात्तिक २६ गतेसम्म
छठ पर्व - कात्तिक २९ गते आइतबार
पुस- धान्य पूर्णिमा‚ उधौली पर्व, योमरी पुन्हि - पुस ९ गते बिहीबार
क्रिसमस डे - पुस १० गते शुक्रबार
तमू ल्होछार - पुस १५ गते बुधबार
माघ - माघे सङ्क्रान्ति - माघ १ गते शुक्रबार
सोनम ल्होछार - माघ २४ गते आइतबार
फागुन - महाशिवरात्रि - फागुन २२ गते शनिबार
ग्याल्पो ल्होसार फागुन २५ गते मङ्गलबार
चैत - फागुपूर्णिमा हिमाली र पहाडी जिल्लामा चैत ७ गते
तराईका जिल्लामा चैत ८ गते सोमबार
ईद उल फित्र
बकर ईद
स्थान विशेष
गाईजात्रा - भदौ १३ गते शनिबार (नेवारका लागि मात्र)
गौरा पर्व - भदौ १९ गते शुक्रबार
दुरा म्हैप्रु नकुमा पुस १५ गते बुधबार (दुरा समुदायका लागि मात्र)
सिरुवा पावनीको दिन - झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा
महिला कर्मचारीको लागि मात्र :
हरितालिका (तीज) व्रत - भदौ २९ गते सोमबार
जितिया पर्व असोज १८ गते आइतबार (जितिया मनाउने महिलाका लागि)
शिक्षण संस्थाका लागि
वसन्त पञ्चमी - माघ २८ गते बिहीबार
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ १९:१९