Top Navigation
Main Navigation
मंगलबार, वैशाख ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल बुधबार, फागुन २०, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो सैनिक तनावका कारण हवाई उडान अवरुद्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं नेपाली यात्रु अलपत्र परेका छन्। उडान रद्द तथा स्थगित भएपछि यात्रुहरू चिसो मौसममा विमानस्थलमै रात बिताउन बाध्य भएका छन्।

अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रको हवाई मार्ग अस्थायी रूपमा बन्द गरिएको छ। सुरक्षाको कारण देखाउँदै कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतले आफ्नो आकाशमा हवाई उडान सीमित वा बन्द गरेका छन्।

फलस्वरूप कतार, दुबई, कुवेत र अबुधाबीका लगायतमा हुने कम्तीमा १६ वटा उडान स्थगित भएकाे छ। गत फेब्रुअरी २८ पछि सुरु भएको तनावको असर नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रत्यक्ष रूपमा परेको छ।

दैनिक हजारौँ यात्रु प्रभावित

खाडी मुलुकमा रोजगारीका लागि दैनिक करिब १५ सय नेपाली युवा प्रस्थान गर्ने गरेा थिए। तर पछिल्ला केही दिनयता उडान अनिश्चित हुँदा सयौँ यात्रु विमानस्थलमै अड्किएका छन्। बस्ने र खाने व्यवस्थाको अभावका कारण यात्रुहरूले कठिन अवस्था झेलिरहेका छन्। धेरैले विमानस्थलको भुइँमै रात बिताउन बाध्य भएको गुनासो गरेका छन्।

सिराहाका परमेश्वर शाह शनिबारदेखि विमानस्थलमै छन्। उनी भन्छन्, “न बस्ने ठाउँ छ, न घर फर्किने पैसा।” इटहरीका सन्तोष तामाङ चार दिनदेखि उडान पर्खिरहेका छन् तर उडान बारम्बार रद्द हुँदा अन्योल बढेको छ। दुबई जाने तयारीमा रहेका मोरङ र झापाका केही युवाले रोजगारी गुम्ने चिन्ता व्यक्त गरेका छन्।

खाडी क्षेत्रमा लाखौँ नेपाली कार्यरत

सरकारी तथ्याङ्कअनुसार खाडी क्षेत्रमा हाल १७ देखि १९ लाख नेपाली कामदार कार्यरत छन्। संयुक्त अरब इमिरेट्समा ६ लाखभन्दा बढी र कतारमा ५ लाखभन्दा बढी नेपाली रहेको अनुमान छ।

यो तनावले नयाँ जान लागेका युवामात्र होइन, त्यहाँ पहिले नै कार्यरत नेपालीहरूको सुरक्षामा पनि जोखिम र चिन्ता बढाएको छ। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकलाई सतर्क रहन, अनावश्यक रूपमा बाहिर ननिस्कन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै इजरायल र इरानतर्फ यात्रा नगर्न सुझाव दिइएको छ।

सरकारले आवश्यक परे उद्धार तथा सहयोगका लागि त्वरित कार्य टोली गठन गरेको जनाएको छ। विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई अस्थायी रूपमा खाना र बस्ने व्यवस्था मिलाउने प्रयास भइरहेको जानकारी दिएकाे छ।

यात्रुका लागि सुझाव

उडानका लागि विमानस्थल जानुअघि सम्बन्धित हवाई कम्पनीसँग सम्पर्क गरी उडानको निश्चित जानकारी लिएर मात्र यात्रा गर्न सरोकारवालाले आग्रह गरेका छन्। हालसम्म उडान पुनः सञ्चालन हुने मिति निश्चित भएको छैन। मध्यपूर्वको तनाव घटेपछि मात्र हवाई सेवा सामान्य अवस्थामा फर्किने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः २ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ४ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्