Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल बुधबार, फागुन २०, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो सैनिक तनावका कारण हवाई उडान अवरुद्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं नेपाली यात्रु अलपत्र परेका छन्। उडान रद्द तथा स्थगित भएपछि यात्रुहरू चिसो मौसममा विमानस्थलमै रात बिताउन बाध्य भएका छन्।

अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रको हवाई मार्ग अस्थायी रूपमा बन्द गरिएको छ। सुरक्षाको कारण देखाउँदै कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतले आफ्नो आकाशमा हवाई उडान सीमित वा बन्द गरेका छन्।

फलस्वरूप कतार, दुबई, कुवेत र अबुधाबीका लगायतमा हुने कम्तीमा १६ वटा उडान स्थगित भएकाे छ। गत फेब्रुअरी २८ पछि सुरु भएको तनावको असर नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रत्यक्ष रूपमा परेको छ।

दैनिक हजारौँ यात्रु प्रभावित

खाडी मुलुकमा रोजगारीका लागि दैनिक करिब १५ सय नेपाली युवा प्रस्थान गर्ने गरेा थिए। तर पछिल्ला केही दिनयता उडान अनिश्चित हुँदा सयौँ यात्रु विमानस्थलमै अड्किएका छन्। बस्ने र खाने व्यवस्थाको अभावका कारण यात्रुहरूले कठिन अवस्था झेलिरहेका छन्। धेरैले विमानस्थलको भुइँमै रात बिताउन बाध्य भएको गुनासो गरेका छन्।

सिराहाका परमेश्वर शाह शनिबारदेखि विमानस्थलमै छन्। उनी भन्छन्, “न बस्ने ठाउँ छ, न घर फर्किने पैसा।” इटहरीका सन्तोष तामाङ चार दिनदेखि उडान पर्खिरहेका छन् तर उडान बारम्बार रद्द हुँदा अन्योल बढेको छ। दुबई जाने तयारीमा रहेका मोरङ र झापाका केही युवाले रोजगारी गुम्ने चिन्ता व्यक्त गरेका छन्।

खाडी क्षेत्रमा लाखौँ नेपाली कार्यरत

सरकारी तथ्याङ्कअनुसार खाडी क्षेत्रमा हाल १७ देखि १९ लाख नेपाली कामदार कार्यरत छन्। संयुक्त अरब इमिरेट्समा ६ लाखभन्दा बढी र कतारमा ५ लाखभन्दा बढी नेपाली रहेको अनुमान छ।

यो तनावले नयाँ जान लागेका युवामात्र होइन, त्यहाँ पहिले नै कार्यरत नेपालीहरूको सुरक्षामा पनि जोखिम र चिन्ता बढाएको छ। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकलाई सतर्क रहन, अनावश्यक रूपमा बाहिर ननिस्कन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै इजरायल र इरानतर्फ यात्रा नगर्न सुझाव दिइएको छ।

सरकारले आवश्यक परे उद्धार तथा सहयोगका लागि त्वरित कार्य टोली गठन गरेको जनाएको छ। विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई अस्थायी रूपमा खाना र बस्ने व्यवस्था मिलाउने प्रयास भइरहेको जानकारी दिएकाे छ।

यात्रुका लागि सुझाव

उडानका लागि विमानस्थल जानुअघि सम्बन्धित हवाई कम्पनीसँग सम्पर्क गरी उडानको निश्चित जानकारी लिएर मात्र यात्रा गर्न सरोकारवालाले आग्रह गरेका छन्। हालसम्म उडान पुनः सञ्चालन हुने मिति निश्चित भएको छैन। मध्यपूर्वको तनाव घटेपछि मात्र हवाई सेवा सामान्य अवस्थामा फर्किने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै  बिहीबार, कात्तिक १२, २०८३
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ बुधबार, कात्तिक ११, २०८३
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्