काठमाडौ । श्रम संस्कृति पार्टी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदैछ।
जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा धराका हर्कराज साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्ने घोषणा सहित स्थापना गरेको नयाँ पार्टी हो।
गत १६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीले हर्कवादलाई आफ्नो राजनीतिक विचार र दर्शन भनेको छ। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन नै हर्कवाद भएको यो पार्टीमा पछिल्लो समय जनआकर्षण देखिन्छ।
प्रकृतिको संरक्षण, रोजगार सिर्जना, कृषि र उद्योगमा समुदाय केन्द्रीत कार्यक्रम प्राथमिकतामा राख्ने यो पार्टीको लक्ष्य छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये १२० जना उम्मेदवार प्रतिश्पर्धामा उतारेको छ।
समानुपातिक तर्फको बन्दसूचीमा ११० जनाकै नाम बुझाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १८:०९