भोजपुरमा मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज राई निर्वाचित भएका छन्।
निर्वाचित राईले १६ हजार ६६३ मत पाउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए।
त्यस्तै, नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत पाएका छन् भने राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ मत प्राप्त गरका छन्।
यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी -१ र महासचिव आरेन राई खोटाङबाट निर्वाचित भइसकेका छन्।
प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२ १६:०८