भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएको छ ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उनले एमालेका केन्द्रीय सचिव शेरधन राईलाई १ हजार ९ सय १३ मतान्तरले पराजित गर्दै विजय हासिल गरेको हो।
उनले १६ हजार ६ सय ६३ मत प्राप्त गर्दा एमालेका शेरधन राईले १४ हजार ७ सय ५० मत प्राप्त गरेको थियो।
यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८ हजार ६ सय ७० मत ल्याएर तेस्रो स्थानमा रहन पुग्यो भने रास्वपाका रमेश ओझाले ६ हजार १ सय ०२ र नेकपाका अजम्बर काङमाङले ५ हजार ७ सय २८ मत प्राप्त गरेको छ।
कुल १ लाख २५ हजार ७ सउ ६६ मतदाता रहेको भोजपुरमा ५७ हजार ५ सय ९९ मत खसेको थियो जसमा ३ हजार ८ सय ७१ मत बदर भएको थियो।
प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२ २१:२०