Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उदयपुरमा २१ उम्मेद्वारको जमानत जफत
उदयपुरमा २१ उम्मेद्वारको जमानत जफत समानुपातिकतर्फ पनि रास्वपा पहिलो
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, फागुन २७, २०८२

उदयपुर । उदयपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका २१ जनाको जमानत जफत भएको छ। गत फागुन २१ गते भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेद्वारको जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरूको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार उदयपुर १ मा १८ जना उम्मेद्वारमध्ये १३ जनाको जमानत जफत भएको छ। उक्त क्षेत्रमा कुल ८० हजार १२० मत खसेकोमा ७३ हजार ९१६ मत सदर भएको थियो । जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार सदर मतको १० प्रतिशत ल्याउन नसकेका उम्मेद्वारहरूको जमानत जफत भएको हो ।

कार्यालयका अनुसार जमानत जफत हुने उम्मेद्वारहरूमा सुभासचन्द्र खड्का (राप्रपा) १.२७ प्रतिशत, गणेशकुमार राई (जसपा) ०.८१ प्रतिशत, अर्जुन तामाङ (उज्यालो नेपाल पार्टी) ०.७६ प्रतिशत, बद्रीविक्रम राई (मंगोल नेसनल अर्गनाइजेसन) ०.१६ प्रतिशत, अमृतबहादुर खत्री (नेकपा माओवादी) ०.१५ प्रतिशत पाउँदै जमानत गुमाएका छन् ।

यसैगरी सुरेश राई (संयुक्त नागरिक पार्टी) ०.१४ प्रतिशत, कुशेश्वर चौधरी (नेपाली जनता दल) ०.११ प्रतिशत, देवराज रोका (स्वतन्त्र) ०.११ प्रतिशत, मनोजकुमार पौडेल (आम जनता पार्टी) ०.०७ प्रतिशत, विष्णुबहादुर खत्री (नेमकिपा) ०.०६ प्रतिशत, लिलकुमार राई (राष्ट्रिय जनमोर्चा) ०.०६ प्रतिशत, प्रशान्तकुमार राई (नागरिक सर्वोच्चता पार्टी) ०.०६ प्रतिशत तथा गोकर्ण राई (नेपाल जनमुक्ति पार्टी) ०.०४ प्रतिशत मत ल्याएर जमानत गुमाएको प्रमुख दाहालले जानकारी दिए ।

यस क्षेत्रमा पारशमणि गेलाल (राष्ट्रिय स्वतन्त्र पार्टी) ४१.३८ प्रतिशत मतसहित विजयी भएका छन्। राजेशकुमार राई (श्रम संस्कृति पार्टी) १५.७० प्रतिशत मत ल्याउँदै जमानत जोगाउन सफल भएका छन् । त्यस्तै, बलदेव चौधरी (नेपाली कम्युनिस्ट पार्टी) १३.५६ प्रतिशत, विदुर बस्नेत (नेपाली काँंग्रेस) १३.०९ प्रतिशत तथा दुर्गाकुमार थापा (नेकपा एमाले) १२.४५ प्रतिशत मत ल्याउँदै जमानत जोगाउन सफल भएको कार्यालयले जानकारी दिएको छ। 

यता उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा प्रत्यक्षतर्फ ४४ हजार ४२९ मत खसेको थियो। त्यसमध्ये तीन हजार ६७३ मत बदर हुँदा ४० हजार ७५६ मत सदर भएको थियो । यस क्षेत्रमा १० प्रतिशत मत नकटाउँदा आठजना उम्मेदवारको जमानत जफत भएको छ। १३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रमुख दाहालका अनुसार जमानत जफत हुने उम्मेदवारहरूमा अरुण राई (राष्ट्रिय परिवर्तन पार्टी) १.४९ प्रतिशत, भाष्कर राई (मंगोल नेसनल अर्गनाइजेसन) ०.९४ प्रतिशत, विष्णुबहादुर खड्का (राष्ट्रिय प्रजातन्त्र पार्टी) ०.५४ प्रतिशत, दुर्गाबहादुर तामाङ (नेकपा माओवादी) ०.३७ प्रतिशत, केशवबहादुर मगर (जनता समाजवादी पार्टी) ०.२५ प्रतिशत, मेजरकुमार राई (स्वतन्त्र) ०.२२ प्रतिशत, बमबहादुर मगर (आम जनता पार्टी) ०.२१ प्रतिशत तथा पूर्णबहादुर बुढाथोकी (नेपाल मजदुर किसान पार्टी) ०.१० प्रतिशत मत ल्याएर जमानत गुमाउनेमा दर्ज भएका छन्।

यस क्षेत्रमा सूर्यबहादुर तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) ३६.३३ प्रतिशत मतसहित निर्वाचित भएका छन् । जमानत जोगाउने उम्मेदवारहरूमा अम्बरबहादुर रायमाझी (एमाले) १८.७७ प्रतिशत, रामकुमार राई (कांग्रेस) १७.८९ प्रतिशत, सुरेशकुमार राई (नेपाल कम्युनिस्ट पार्टी) १२.७५ प्रतिशत तथा बलराज राई (श्रम संस्कृति पार्टी) १०.१६ प्रतिशत मत पाउने छन् । 

समानुपातिकतर्फ पनि रास्वपा पहिलो

उदयपुरका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ। निर्वाचन कार्यालय प्रमुख दाहालका अनुसार उदयपुर १ मा समानुपातिकतर्फ ८० हजार १२० मत खसेकोमा चार हजार ८८ मत बदर भई ७६ हजार ३२ मत सदर भएको थियो। 

यहाँ रास्वपाले ३३ हजार ८१३ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले १२ हजार २९६, नेकपा एमालेले नाै हजार १४१, नेपाली कांग्रेसले आठ हजार ७९९, नेपाली कम्युनिस्ट पार्टी (तारा) ले ६ हजार ०३१ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार तीन मत प्राप्त गरेका छन्। अन्य दलहरूले तीन अंकसमेत कटाउन सकेका छैनन् ।

उदयपुर २ मा समानुपातिकतर्फ ४५ हजार ७३ मत खसेकोमा दुई हजार ८८५ मत बदर भई ४२ हजार १८८ मत सदर भएको थियो। यहाँ रास्वपाले १६ हजार ८०१ मत प्राप्त गरेको छ । नेकपा एमालेले ६ हजार ५२४, नेपाली कांग्रेसले पाँच हजार ८१८, श्रम संस्कृति पार्टीले चार हजार ९९२ तथा नेपाली कम्युनिस्ट पार्टी (तारा) ले चार हजार ६९५ मत प्राप्त गरेका छन्। अन्य दलहरूले तीन अंकको मतसमेत प्राप्त गर्न नसकेको कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः २ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्