Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मरेपछि पनि राज्यले कर असुल्न छाडेन 
मरेपछि पनि राज्यले कर असुल्न छाडेन 
अनुषा थापा
अनुषा थापा शनिबार, साउन ३०, २०७८

पशुपतिनाथ मन्दिर हाम्रो राष्ट्रिय धरोहर हो। पशुपतिनाथ मन्दिर नेपालीहरुको शान पनि हो। वर्षेनि पशुपतिनाथ मन्दिर घुमफिर र दर्शन गर्नका लागि लाखौँको सङ्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवत्जावत हुने गर्दछ। 

हिन्दु धर्मावलम्वीहरुलाई सबैभन्दा आनन्द आउने भनेकै पशुपतिनाथ मन्दिरको दर्शन गर्दा हो। आफूले मागेका अथवा मनोआकांक्षा पशुपतिनाथले पूरा गर्छन् भन्ने जनविश्वास नेपालीहरुमा छ। अहिले कोभिड-१९ का कारण पशुपतिनाथ मन्दिर बन्द छ। 

सरकारको निर्णय अनुसार पशुपति क्षेत्र विकास कोष समितिले कोरोना नफैलियोस् भनेर हाल कोरोना नियन्त्रणको लागि बन्द गरेको हो। तर बन्द गरिएको मन्दिरमा अहिले पनि भक्तजनहरुको भीड लाग्ने गरेको छ। पशुपतिनाथ मन्दिरको परिसरभित्र घुम्न आउने र दर्शन गर्न आउने मान्छेहरुको घुइँचो उत्तिकै छ। 

पशुपतिनाथ मन्दिरको परिसरभित्र घुमफिर गर्न र पुजाअर्चना गर्न आउने भक्तजनहरुको मुखमा मास्क छैन्। कुनै पनि स्वास्थ्य मापदण्डको पालना भएको जस्तो देखिदैंन। पशुपतिनाथ मन्दिरभित्र मागेर खाने आमाबुवा, भाइबहिनीहरुको मुखमा मास्क छैन। कोरोना त उनीहरुलाई पनि लाग्छ होला।

पशुपतिनाथ मन्दिरमा फूलमाला अर्थात पुजाको सामग्री बेच्ने व्यापारीहरुले पनि कुनै स्वास्थ्य मापदण्ड पालना गरेको देखिदैन। पशुपतिनाथ मन्दिरको परिसरभित्र विभिन्न सामग्री बेच्ने व्यापारीहरुले पशुपति विकास कोषलाई भाडा तिरेका पनि छैनन्। पशुपतिनाथको क्षेत्रमा बसेर दैनिक हजारौँको व्यापार गर्ने व्यापारीले पशुपतिको सम्पतिको प्रयोग गरेर पैसा कमाउँछन्। तर सटर र जग्गाको बहाल तिर्दैनन्। 

पशुपतिक्षेत्र भित्र व्यापार गरेको ४ दशक भयो भन्ने पनि धेरै छन्। ४ दशकमा उसले कति कमायो होला ? राज्यले उसको कमाई बापत कति राजस्व पायो ? आखिर जग्गा र सटर त राज्यको हो । यातायातमा सिण्डिकेट भएझै पशुपतिक्षेत्र विकास क्षेत्र विकास कोष परिसरमा पनि वर्षौदेखि सिण्डिकेट छ। 

एकलौटी व्यापार गरेर त्यहाँ व्यापार गर्ने व्यापारीहरुले घरजग्गा जोडेका होलान्। तर सरकारी सम्पतिको कति राम्ररी दुरुपयोग भयो। एउटै मान्छे करोडपति बन्यो अरु त हेरेको हेर्यै। टाठाबाठा मान्छेले जसले राजनीतिक दलहरुलाई गाल्न सकेका छन्। उसले मात्र सरकारी सम्पति ओगटेर व्यापार गर्न पाएका छन्। पशुपति एरियाभित्र विभिन्न थरीका स्टलहरु देख्न सकिन्छ। कसैले फूल, पुजा सामग्री, भाँडाकुँडा र मूर्तिहरुका स्टल राखेका छन्। 

आफै व्यापार गरेर कमाउँछन् । आफू धनी बन्छन्। राज्यलाई राजस्व छल्छन्। अनि सरकारी सम्पतिको दोहन गर्छन्। सरकारी सम्पत्ति जथाभावी रुपमा प्रयोग गर्ने । खाली जगामा आफ्नो मर्जीले टहरा बनाउने, पशुपतिक्षेत्र विकास कोषको इजाजत बिना सटर हाल्ने। 

पशुपति क्षेत्र विकास कोषभित्र सञ्चालनमा रहेका पसलहरु दर्ता भएका छैनन्। राज्यबाट स्वीकृत नलिईकन बिना दर्ता यी पसलहरु सञ्चालनमा आएका छन्। यी पसलहरुले सरकारको कुनै पनि मापदण्ड पालना गरेका छैनन्। सरकारले एउटा पसल सञ्चालन गर्नको लागि बनाएको नियमकानून पशुपति क्षेत्र विकास कोष भित्र रहेको पसलहरुले लागू गरेका छैनन्। 

पशुपतिक्षेत्र विकास कोषको नाममा भएको जग्गा कव्जा गरेर, दादागिरी देखाएर, राजनीतिक पार्टीको झोला बोकेर सरकारको नियम कानूनको उल्लङ्घन गरेका छन्। १०० रुपैयाँमा आउने सामानको मूल्य ५०० राखेर विदेशी र स्वदेशीलाई ठगेका छन्। सामानमा आफूखुशी मूल्य राख्ने जनता ठग्ने। राज्यलाई राजस्व नतिर्ने। 

पशुपति क्षेत्रभित्र जथाभावी रुपमा स्टल सञ्चालन गर्न दिँदा पशुपति परिसर निकै नै दुर्गन्धित र कुरुप बन्न गएको छ । पशुपति एरिया जस्तै गौरीघाट, गुहेश्वरी क्षेत्रभित्र सञ्चालनमा रहेका पसलहरु विस्थापन गर्नुपर्छ।

पशुपति नेपालीहरुको गहना हो। नेपाललाई पशुपतिनाथ मन्दिरले विश्वभर परिचित गराएको छ। पशुपतिनाथ मन्दिर कै कारण हामी नेपालीहरु शिर ठाडो पारेर हिड्न सफल भएका छौं। पशुपति क्षेत्रलाई सफासुग्घर राख्न र संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो। 

पशुपति क्षेत्र विकास कोष आफनो जिम्मेवारीबाट पछि हट्दा नेपालको शानमाथि आँच आएको छ। पशुपति एरियाभित्र रहेको पसलहरुले दैनिक हजारौं जनता ठग्छन्। तिनीहरुलाई अनुगमन गरि सरकारले कानूनको दायरामा ल्याउन चुकेको छ। 

पशुपति क्षेत्र विकास कोषको नाममा भएको गुठीको जग्गाहरुको पनि खोजतलास भएका छैनन्। पशुपति क्षेत्र विकास कोषको नाममा भएको जग्गा उपत्यकामा मात्र नभई देशको ७७ वटै जिल्लामा छन् । पशुपति कोषको नाममा भएको अधिकांश जग्गा व्यक्तिको नाममा पास भएको छ। 

पशुपतिनाथ मन्दिरमा दैनिक लाखौं रुपैयाँ भेटी उठ्छ। त्यो पैसा कहाँ जान्छ । राज्यको ढुकुटीमा कि व्यक्तिको खल्तीमा जान्छ। यसबारे पनि अख्तियारले छानबिन गरेका छैनन् । हरेक नेपालीको मनमा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने इच्छा हुन्छ। तर पशुपति परिसरभित्र रहेको फोहोर, अस्तव्यस्तता, कोचामकोचले हरेक नागरिकको त्यो चाहनालाई मारिदिएको छ। नेपाली मात्र नभएर विदेशीहरु प्नि पशुपतिनाथ दर्शन गर्नको लागि कति उत्सुकता जनाएका हुन्छन्।

पैसा तिर्न सक्नेहरु पशुपतिनाथ दर्शन गर्न लाइनमा बस्नु पदैन भन्ने पनि धेरै जनगुनासोहरु सुन्नमा आएको थियो। त्सो हो भने त पैसा नहुने, गरिब जनताहरुले भगवानको दर्शन गर्नमा पनि बन्देज लगाउनु पर्ने दिन आएको छ। यसमा पशुपति क्षेत्र विकास कोषको ठूलो हात छ। पशुपति क्षेत्र विकास कोष कै मिलोमतोमा सरकारी सम्पति दुरुपयोग भएको छ। 

हामी जन्म लिन्छौं, ढिलोचाँडो त सबैलाई मर्नैपर्छ। बाचुञ्जेल त हामीले देशको लागि केही न केही त अवश्य गर्यौ होला। पैसाले नसके पनि आफ्नो हातपाखुरा बजाएर देश विकासमा योगदान त पुर्याएका थियौँ नै। राज्यलाई आफूले सक्दो कर तिर्यौ तर राज्यले हामीलाई के दियो। एउटा नागरिकता दियो। 

हामीले बाचुञ्जेल सकि नसकि राज्यलाई कर तिर्यौ। तर मरेपछि पनि राज्यले हामीबाट कर लिन छाडेनन्। कस्तो हीनताबोध नागरिक भएर बाच्नु पर्ने बाध्यता। नेपाली नागरिकले सरकारलाई देश विकासमा आफ्नो स्तरबाट सक्दो सहयोग गरे।

पाइला-पाइलामा राज्यले हामीसंग कर असुलेका छन्। तर मरेपछि पनि लास जलाउनलाई पैसा तिर्नु पर्छ। अहिले एउटा लास जलाउँदा २५/३० हजार खर्च हुन्छ । पैसा हुनेले त सजिलै दाहसंस्कार गर्लान् तर आर्थिक स्थिति कमजोर हुने त लास जलाउन पनि नपाउँने भए। 

पैसा नहुने मान्छेहरुको आफन्तको लास त बेसहारा हुने नै भए। उपचार गर्दा गर्दै पैसा सिद्दिसकेको हुन्छ। मरिसकेपछि लास जलाउने पैसा कहाँबाट ल्याउँने २५/३० हजार रकम भनेको हुनेलाई त ठूलो हुन्छ भने नहुने त कहाँबाट ल्याउँने। सरकारले बिना शुल्क लास जलाउने व्यवस्था मिलाउने हो भने गरिब जनताहरुले पनि केही राहतको सास फेर्ने पाउँथे। 

२५/३० हजारले उसको परिवारको पेट दुई तिन महिनाको लागि पाल्न पुग्छ। पशुपति क्षेत्र विकास कोषमा बस्ने कार्यसमितिले पशुपतिको सम्पत्ति दुरुपयोग गरेर धेरै सम्पत्ति जोडेको छन्। तर उनीहरुको सम्पति किन छानबिन भएन। जहाँ सरकार पनि यिनीहरुकै पक्षमा बोलिरहेका त छैन् ? 

अर्थ मन्त्रालयले वर्षेनी अर्बौ रुपैयाँ पशुपति क्षेत्र मर्मतका लागि छुट्याएका हुन्छन्। जनताले तिरेको करबाट पशुपतिनाथ क्षेत्रभित्र रहेका पाटी, पौवा, मठ, मन्दिर, चौतारा र धारा निर्माणका लागि अर्बौ रुपैयाँ छुट्याइन्छ। तर मठमन्दिर मर्मत नै भएको हुदैन् । मन्दिरकै परिसरभित्र सरसफाई पनि गरिएको हुदैन्।

अनि त्यत्रो अर्बौ रुपैयाँ बजेट कहाँ जान्छ। जनताले जन्मेदेखि मरिसकेपछि पनि राज्यलाई कर तिरेका हुन्छन्। अनि त्यो करबाट आएको अर्बौ रुपैयाँबाट मोजमस्ती चाहि पशुपति क्षेत्र विकास कोषका सञ्चालक र कर्मचारीहरुले गर्ने गरेका छन्। 

हाम्रो राष्ट्रको पवित्रस्थल भनेकै पशुपतिनाथ मन्दिर हो। पशुपतिनाथको परिसरभित्र ठगी गरेर पशुपति क्षेत्र विकास कोषका कर्मचारीले पशुपतिनाथ मन्दिरलाई ठगी गर्ने स्थल बनाइदिएका छन्।
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १६:२७
##AnushaThapa
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्