काठमाडौं। विश्व उपभोक्ता अधिकार दिवस-२०८२ काे अवसरमा आर्थिक पत्रकार प्रेेम प्रसाद पाैडेल सम्मानित भएकाे छ।
“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित काठमाडाैमा आयाेजित विश्व उपभोक्ता अधिकार दिवस-२०८२ कार्यक्रममा पत्रकार पाैडेल सम्मानित भएकाे हाे।
आयाेजित कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु-सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको थियाे।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रम वक्ताहरूले बजारमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, उपभोक्तालाई सचेत बनाउने र प्रभावकारी बजार अनुगमन आवश्यक रहेकोप्रति जोड दिएका थिए।
उपभोक्ता अधिकार तथा आर्थिक क्षेत्रमा योगदान पुर्याउने वरिष्ठ पत्रकारहरूलाई सम्मानकाे क्रममा इकाेनाेमिक खबर डटकमका सम्पादक प्रेमप्रसाद पौडेल सहित विभिन्न आर्थिक सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई सम्मान गरिएको हो।
आर्थिक पत्रकारहरूले बजार, उपभोक्ता अधिकार तथा आर्थिक गतिविधिका विषयमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो दिवस विश्वव्यापी रूपमा हरेक वर्ष मार्च १५ मा विश्वभर विश्व उपभोक्ता अधिकार दिवस मनाइन्छ ।
विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि उधोग, बाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा, उधोग, बाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटि, उधोग, बाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक रोशन ज्ञवाली सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपालमा पनि पछिल्ला वर्षहरूमा बजार अनुगमन, उपभोक्ता सचेतना तथा गुणस्तरीय वस्तु-सेवाको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२ २२:१३