भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमा उत्रिएको छ।
प्रधानमन्त्री मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार सडकमा अवतरण गरेको हो।
यसलाई भारतीय मिडियाहरुले ‘ऐतिहासिक क्षण’ भनेका छन्। किनभने पूर्वोत्तर भारतमा हवाई जहाज उत्रिने सुविधायुक्त राजमार्ग बनेको पहिलोपटक हो।
यस विशेष खालको राजमार्गमा राफेल लगायतका अन्य लडाकु विमानहरु पनि सहजै अवतरण र उडान गर्न सक्छन्। प्रधानमन्त्री मोदी १४ फेब्रुअरीमा चाबुवा हवाई अड्डाबाट उडान भरेर आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण गरेका थिए।
त्यहाँको एक कार्यमलाई सम्बोधन गर्दै मोदीले आफू विमानबाट रनवेमा नभई हाईवेमा उत्रिएको बताउँदै यो नयाँ इतिहास बनेको बताए। ‘पहिले यो क्षेत्र बिग्रेभत्केका सडक भएको ठाउँको रुपमा चिनिन्थ्यो। अहिले सबैले आसाममा देखे पूर्वोत्तर भारतको सामर्थ्य,’ मोदीले भने।
प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२ ०८:४३