Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
विदुर कटुवाल
विदुर कटुवाल शनिबार, असार १३, २०८३


रास्वपा सांसद सूर्य लामा (तामाङ) को फेसबुक स्टाटसपछि सामाजिक सञ्जालमा आलोचनाको बाढी, ७५ प्रतिशतभन्दा बढी टिप्पणी असहमतिमा, दबाबपछि स्टाटस नै सम्पादन

उदयपुर । उदयपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा रास्वपाका उदयपुर जिल्ला सचिव सूर्य लामा (तामाङ) ले फेसबुकमा लेखेको एउटा स्टाटसले चर्को विवाद निम्त्याएको छ। 

‘हराएको देशको, हराएको एउटा सांसद । लामाले लेखेको पहिलो स्टाटस हो। त्यसपछि उनले धेरै चिज हराएको देशको, हराएको एउटा मान्छे।’ भन्ने लेखे । उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा जनताले तीव्र असहमति छ। आलोचना यति चर्किएको छ, कि अन्ततः सांसद लामाले आफ्नो स्टाटस सम्पादन गरेर ‘देशको’ भन्ने शब्द हटाउन बाध्य भए ।

सांसद लामाको हिजो स्टाटस सार्वजनिक भएको केही समयमै कमेन्ट बक्समा सयौं प्रतिक्रिया आउन थाले। झण्डै दुई सयभन्दा बढी टिप्पणीमध्ये करिब ७५ प्रतिशतले ‘देश हराएको’ भन्ने अभिव्यक्तिको विरोध गरेका छन् । अधिकांशले नेपाललाई ‘हराएको देश’ भन्नु जनप्रतिनिधिको जिम्मेवारी र पदको मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् ।

सांसद लामाको स्टाटसमाथि सबैभन्दा प्रतिक्रिया जनाउँदै कुमार धमला ‘विद्रोही’ले व्यंग्यात्मक शैलीमा प्रश्न उठाए। उनले लेखे, ‘तपाईं यता देश हरायो भन्नुहुन्छ, उता प्रधानमन्त्री भारत नै हामीले ल्याइसक्यौं भन्नुहुन्छ । कसको कुरा पत्याउने क्या मान्यज्यू हामीले ?’ 

उनको टिप्पणीले सांसद लामाको अभिव्यक्तिलाई समसामयिक राजनीतिक भाष्यसँग जोड्दै प्रश्न उठाएको देखिन्छ। त्यसपछि अधिकारकर्मी सिएम गुरागाईंले राष्ट्र र जनप्रतिनिधिबीचको अन्तर स्पष्ट पार्दै लेखे, ‘माननीय हराए पनि माननीय आउने–जाने भइरहन्छ, देश चाहिँ हराउनु भएन !!’ गुरागाईंको टिप्पणीले देशलाई कुनै पनि परिस्थितिमा ‘हराएको’ भन्न नहुने सन्देश दिएको छ ।

ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धनामाया मगरले पनि सांसद लामालाई सीधै प्रश्न गर्दै लेखिन्, ‘देश कसरी हरायो माननीयज्यू ?’ मगरको यो प्रश्न सामाजिक सञ्जालमा धेरैले समर्थन गरेका छन् । धेरै प्रयोगकर्ताले सांसदले आफ्नो भनाइको आधार स्पष्ट पार्नुपर्ने बताएका छन्। कटारी नगरपालिका–४ का वडा अध्यक्ष भूपिन्द्रसिंह तामाङले भने सबैभन्दा विस्तृत प्रतिक्रिया दिएका छन्। उनले नेपालको इतिहास स्मरण गराउँदै सांसद लामाको भनाइको कडा प्रतिवाद गरेका छन् । 

उनले लेखेका छन्, ‘हाम्रो नेपाल एउटा यस्तो देश हो, जो कसैको कहिले उपनिवेश भएन, कसैले कब्जा गर्न सकेन, अडिग छ, स्वतन्त्र छ, बलियो छ, कतै हराएको छैन, गुमनाम भएको छैन । आजसम्म शिर ठाडो पारी संसारसामु उभिएको छ। व्यक्ति हराउन सक्ला, संशोधन गरेर ‘सांसद’ भन्ने शब्द हराउन सक्ला माननीयज्यू, हाम्रो देश नेपाल हराउन, विलाउन सक्दैन । जय नेपाल।’ 

प्रमोद थापाले पनि व्यंग्य गर्दै लेखेका छन्, ‘खराने ग्याङका सदस्यहरूले देश बेचिसक्या हो र ?’ कोमल प्याकुरेलले सांसदको सार्वजनिक जिम्मेवारी स्मरण गराउँदै लेखे, ‘कहिले हरायो देश ? पदको मर्यादा राख्न पनि व्यक्ति मर्यादित हुनुपर्छ भन्ने ज्ञान नहराओस्।’


त्यस्तै निर्मला बरुवालले मतदाताको अपेक्षामाथि कटाक्ष गर्दै लेखिन्, ‘हराएको देश स्टाटस पढ्नलाई पो हामीले भोट दिएका हौँ कि क्या हो?’ यीबाहेक पनि अधिकांश टिप्पणीमा एउटै प्रश्न दोहोरिएको देखिन्छ–‘देश कसरी हरायो ?’ कतिपयले सांसदले राजनीतिक असन्तुष्टि व्यक्त गर्न पाउने भए पनि राष्ट्रको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी अभिव्यक्ति दिन नहुने बताएका छन्। धेरैले सांसदबाट जनताले विकास, नीति र जनजीविकाका विषयमा स्पष्ट धारणा अपेक्षा गर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सांसद लामाको स्टाटसलाई निराशावादी, गैरजिम्मेवार र पदको गरिमाविपरीतको अभिव्यक्ति भन्दै आलोचना गरेका छन्। कतिपयले सार्वजनिक पदमा बसेका व्यक्तिले सामाजिक सञ्जाललाई व्यक्तिगत भावनाको अभिव्यक्ति गर्ने माध्यमभन्दा पनि जिम्मेवार सार्वजनिक मञ्चका रूपमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आलोचना बढ्दै गएपछि सांसद लामाले अन्ततः आफ्नो फेसबुक स्टाटस सम्पादन गरे। सुरुमा लेखिएको ‘हराएको देशको, हराएको एउटा सांसद भन्ने वाक्य परिवर्तन गरी ‘हराएको एउटा सांसद ।’ मात्र राखे । यसबाट उनले ‘देश हरायो’ भन्ने विवादास्पद अभिव्यक्ति हटाएका छन्।

तर, स्टाटस सम्पादन गरेपछि पनि आलोचना रोकिएको छैन । धेरै प्रयोगकर्ताले गल्ती सच्याउनुभन्दा पहिले त्यसबारे सार्वजनिक रूपमा स्पष्ट धारणा राख्नुपर्ने र आवश्यक परे क्षमायाचना गर्नुपर्ने माग गरेका छन् । विवादको अर्को कारण सांसद लामाले सोही पोस्टमा राखेको आफ्नो तस्बिर पनि बनेको छ । 

सेतो गन्जीमा सार्वजनिक गरिएको उक्त तस्बिरलाई धेरैले सांसद पदको गरिमा र सार्वजनिक मर्यादाअनुकूल नभएको टिप्पणी गरेका छन्। जनप्रतिनिधिले सामाजिक सञ्जालमा प्रयोग गर्ने तस्बिर र प्रस्तुति पनि सार्वजनिक जिम्मेवारीअनुसार हुनुपर्ने मत धेरैले व्यक्त गरेका छन्।

राजनीतिक रूपमा हेर्दा सांसद लामाको यो स्टाटसले एउटा गम्भीर प्रश्न उठाएको छ। जनप्रतिनिधिले सरकार, नीति वा व्यवस्थाको आलोचना गर्न पाउनु लोकतान्त्रिक अधिकार हो । तर, आलोचनाको भाषा राष्ट्रकै अस्तित्वमाथि प्रश्न उठाउने खालको हुन मिल्छ कि मिल्दैन भन्ने बहस फेरि सतहमा आएको छ।

विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालमा लेखिएको एउटा वाक्यले पनि जनप्रतिनिधिको सोच, राजनीतिक परिपक्वता र सार्वजनिक जिम्मेवारीको मूल्याङ्कन गराउने भएकाले शब्द चयनमा विशेष सावधानी आवश्यक हुन्छ। सांसद लामाको स्टाटसमा आएको जनप्रतिक्रिया त्यसैको उदाहरण बनेको छ।

झण्डै दुई सय टिप्पणीमध्ये अधिकांशले एउटै सन्देश दिएका छन्–नेपाल हराएको देश होइन। जनताले चुनेका प्रतिनिधि हराउन सक्छन्, राजनीतिक दल असफल हुन सक्छन्, सरकारको आलोचना हुन सक्छ, तर देशलाई नै ‘हराएको’ भन्नु जनभावनाविपरीत र जनप्रतिनिधिको गरिमासँग मेल नखाने अभिव्यक्ति हो । सांसद लामाले स्टाटस सम्पादन गरेर विवादास्पद शब्द हटाए पनि सामाजिक सञ्जालमा उठेको प्रश्न भने अझै कायम छ–‘देश कसरी हरायो, माननीयज्यू ?’ 

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्