Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १७, २०८३

बेलकाको अन्तरविद्यालयस्तरीय प्रतियोगितामा सौर्य ऊर्जा, स्मार्ट सिँचाइ, वातावरण संरक्षणदेखि विपद् व्यवस्थापनसम्मका व्यवहारिक परियोजना आकर्षण

उदयपुर । पाठ्यपुस्तकका सूत्र र परिभाषा प्रयोगशालाबाट बाहिर निस्केर व्यवहारिक नमूनामा रूपान्तरण भएका थिए। कसैले सौर्य ऊर्जाबाट चल्ने प्रणाली देखायो, कसैले पानीको सदुपयोग गर्ने प्रविधि ।

कतै वातावरण संरक्षणका उपाय थिए भने कतै विपद् व्यवस्थापनका नवीन अवधारणा। यिनै सिर्जनात्मक परियोजनाबीच भएको प्रतिस्पर्धामा जनता नमूना माध्यमिक विद्यालय गुरुङचौधरी उत्कृष्ट बनेको छ। 

बेलका नगरपालिकाको शिक्षा शाखाले गत मंगलबार आयोजना गरेको अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी मेलामा १६ माध्यमिक विद्यालय सहभागी थिए । तीमध्ये जनता नमूना माध्यमिक विद्यालय गुरुङचौरीले एक सय पूर्णाङ्कमध्ये ७८.७५ अंक प्राप्त गर्दै प्रथम स्थान हात पारेको हो। 

निर्णायक समितिका संयोजक दिनेश चौधरीका अनुसार बरपिपल माध्यमिक विद्यालय, बेलका-९ ले ७३.५० अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ। कोशी जनता माध्यमिक विद्यालय, बेलका–३ ले ७३.२५ अंक ल्याएर तेस्रो बनेको छ भने मर्निङ ग्लोरी आवासीय माध्यमिक विद्यालय, बेलका-३ ले ७१.८७ अंक प्राप्त गर्दै सान्त्वना पुरस्कार जितेको छ । 

प्रतियोगितामा नगरभित्रका १३ सामुदायिक र तीन संस्थागत विद्यालय सहभागी थिए। विद्यार्थीहरूले कृषि, वैकल्पिक ऊर्जा, वातावरण संरक्षण, स्वास्थ्य, स्वच्छता, सूचना प्रविधि, जल व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित व्यवहारिक परियोजना प्रदर्शन गरेका थिए। स्थानीय आवश्यकता र दैनिक जीवनमा उपयोग गर्न सकिने वैज्ञानिक अवधारणामा आधारित नमूनाले अवलोकनकर्ताको ध्यान खिचेका थिए। 

प्रतियोगितामा प्रस्तुत परियोजनाको वैज्ञानिक आधार, मौलिकता, प्रयोगात्मकता, सामाजिक उपयोगिता, प्रस्तुतीकरण, अनुसन्धान क्षमता र प्रश्नोत्तर सीपका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।

विद्यालय तहदेखि नै विद्यार्थीमा खोज, अनुसन्धान र नवप्रवर्तनको संस्कार विकास गर्ने उद्देश्यले विज्ञान प्रदर्शनीलाई नगरपालिकाको वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख हरि कट्टेलले बताए। 

प्रतियोगितापछि आयोजित समापन समारोहमा नगरप्रमुख अशोक कार्कीले विजेता विद्यालय र विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे। उनले ग्रामीण क्षेत्रका विद्यार्थीमा रहेको वैज्ञानिक क्षमता उजागर गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालय शिक्षालाई परीक्षा केन्द्रित बनाउनुको सट्टा प्रयोग, अनुसन्धान र सिर्जनशीलतासँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो । 

कार्यक्रममा बेलका-९ का वडाध्यक्ष भरत घिमिरे, जनता नमूना माध्यमिक विद्यालय गुरुङचौधरीका प्रधानाध्यापक सम्मर राईलगायतले विज्ञान शिक्षालाई व्यवहारिक बनाउन विद्यालयस्तरमा यस्ता गतिविधि नियमित हुनुपर्नेमा जोड दिएका थिए।

विद्यालयका शिक्षकहरूका अनुसार विज्ञान प्रदर्शनीले विद्यार्थीलाई केवल परियोजना बनाउने अवसर मात्र दिएको छैन, समस्या पहिचान गर्ने, समाधान खोज्ने, समूहमा काम गर्ने र आफ्ना अवधारणा आत्मविश्वासका साथ प्रस्तुत गर्ने सीपसमेत विकास गरेको छ।

सहभागी अधिकांश परियोजना स्थानीय समस्या समाधानमा केन्द्रित रहेकाले विद्यार्थीको सिर्जनशीलता र अनुसन्धान क्षमताको स्पष्ट संकेत देखिएको आयोजकको निष्कर्ष छ । 

बेलका नगरपालिकाले विज्ञान तथा प्रविधिप्रति विद्यार्थीको आकर्षण बढाउन, अनुसन्धानमुखी सिकाइलाई प्रोत्साहन गर्न तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्न आगामी वर्षमा पनि विज्ञान प्रदर्शनीलाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
  • नंः ३ स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
  • नंः ४ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
  • नंः ५ सत्ताको बहुमत, सदनमा अल्पमत
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्