Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   सेवा, समर्पण र सिर्जनशीलताको सही मूल्याँकन
श्याम स्मृत
श्याम स्मृत शनिबार, असार २०, २०८३

काठमाडौं। समाजसेवा र गायन कला क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै समाजसेवी गायिका सरिता महर्जनलाई लायन्स क्लब अफ काठमाडौं महिमा, कम्युनिटी पिस, लियो तथा शुभतारा गरी चारवटा लायन्स क्लबका चार्टर प्रेसिडेन्टहरूको संयुक्त आयोजनामा भव्य सम्मान गरिएको छ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं महिमाका चार्टर प्रेसिडेन्ट गणेश आचार्य, कम्युनिटी पिसका चार्टर प्रेसिडेन्ट भीमरत्न बज्राचार्य, लियो क्लबका प्रेसिडेन्ट प्रज्वल देवजु र शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालय तथा शुभताराकी प्रेसिडेन्ट सुशीला श्रेष्ठलगायतले खादा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै महर्जनको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए।

सम्मान कार्यक्रममा वक्ताहरूले सरिता महर्जन केवल एक सफल गायिका मात्र नभई संगीतलाई समाजसेवाको माध्यम बनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेकी प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरे। संगीतले मानिसको मन जित्ने मात्र होइन, समाजलाई सकारात्मक सन्देश दिन सक्ने शक्तिशाली माध्यम भएको र महर्जनले यही माध्यमलाई मानव सेवासँग जोडेर उदाहरणीय भूमिका निर्वाह गरिरहेको उनीहरूको भनाइ थियो।

लायन्स क्लबजस्ता अन्तर्राष्ट्रिय सेवामूलक संस्थाले समाजमा निस्वार्थ योगदान दिने व्यक्तित्वलाई सम्मान गर्नु भनेको सेवाको संस्कृतिलाई थप सशक्त बनाउने अभियान पनि हो। यस्ता सम्मानले योगदानकर्तालाई थप ऊर्जा दिनुका साथै नयाँ पुस्तालाई पनि समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास आयोजक चारैवटा लायन्स क्लवका अभिभावक लायन गणेश आचार्यले व्यक्त गरेका छन्।

सम्मानपछि गायिका सरिता महर्जनले आफूले प्राप्त गरेको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि संगीतप्रेमी, शुभेच्छुक तथा सामाजिक सेवामा साथ दिने सबैप्रतिको सम्मानका रूपमा लिएको बताइन्। आगामी दिनमा पनि कला र समाजसेवालाई सँगसँगै अघि बढाउँदै मानव सेवामा अझ सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरिन्।

समाज परिवर्तनका लागि कला र सेवाभाव दुवै उत्तिकै आवश्यक हुने सन्देश दिएको उक्त कार्यक्रमले सिर्जनशील कलाकारलाई सम्मान गर्ने संस्कृतिको विकासमा समेत सकारात्मक योगदान पुर्‍याएको सहभागीहरूको धारणा थियो। सेवा, समर्पण र सिर्जनशीलतालाई एउटै मञ्चमा उभ्याउँदै सम्पन्न भएको यो सम्मान समारोहले समाजमा असल कार्यको मूल्याङ्कन अझ सशक्त रूपमा हुनुपर्ने सन्देशसमेत प्रवाह गरेको छ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  ०६:०७
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ३ बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
  • नंः ४ बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
  • नंः ५ ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ?
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्