Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार २५, २०८३

कटारी । कटारी नगरपालिकाले नगरभित्र सञ्चालित फार्मेसी, पोलिक्लिनिक, किराना पसल तथा नेत्र क्लिनिकमा संयुक्त अनुगमन गर्दै म्याद गुज्रिएका औषधि जफत गरी नष्ट गरेको छ । 

स्वास्थ्य सेवा गुणस्तरीय बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तुको बिक्री–वितरणलाई कानुनबमोजिम व्यवस्थित गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा न्यूनतम सञ्चालन मापदण्ड पूरा नगरेका केही स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशनसमेत दिइएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अनुगमनमा १७ वटा फार्मेसी तथा पोलिक्लिनिक, पाँच वटा किराना पसल र दुई वटा नेत्र क्लिनिकको निरीक्षण गरिएको थियो । 

स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार अनुगमनको मुख्य उद्देश्य आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तुको बिक्री–वितरणलाई प्रचलित कानुनअनुसार व्यवस्थित गर्नुका साथै स्वास्थ्य संस्थाले सरकारले तोकेको न्यूनतम सेवा मापदण्ड पालना गरे–नगरेको मूल्याङ्कन गर्नु थियो । 

आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्नुपर्ने कानुनी व्यवस्था छ,ू दाहालले भने, ‘खुला प्रचारप्रसार गर्ने वा जथाभावी बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।

अनुगमन टोलीले स्यार्ल्याक, ल्याक्टोजिनलगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको सिफारिसबिना बिक्री नगर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ । साथै यस्ता वस्तुको प्रचारप्रसार तथा बिक्री–वितरणमा कानुनी प्रावधानको पूर्ण पालना गर्न सचेतसमेत गराइएको छ ।

अनुगमनका क्रममा केही पोलिक्लिनिकले सरकारले तोकेको न्यूनतम सञ्चालन मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको पाइएको नगरपालिकाले जनाएको छ । ती संस्थालाई आवश्यक सुधार गरी मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

कटारी नगरपालिकाकी पब्लिक हेल्थ नर्स चोलुङ नुमा थाम्सुहाङले नवजात तथा शिशुका लागि आमाको दूधभन्दा उत्तम आहार अर्को नभएको बताइन् । शिशुको स्वस्थ वृद्धि, रोग प्रतिरोधात्मक क्षमता विकास र कुपोषण न्यूनीकरणका लागि जन्मदेखि नै आमाको दूधलाई प्राथमिकता दिनुपर्छ, उनले भनिन्, ‘स्तनपान प्रवर्द्धनमा स्वास्थ्यकर्मी, परिवार र समुदाय सबैको समान भूमिका आवश्यक छ ।’

अनुगमनका क्रममा विभिन्न स्वास्थ्य संस्था तथा औषधि बिक्री केन्द्रबाट म्याद गुज्रिएका औषधि जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्था तथा व्यवसायको नियमित अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्