Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार २५, २०८३

कटारी । कटारी नगरपालिकाले नगरभित्र सञ्चालित फार्मेसी, पोलिक्लिनिक, किराना पसल तथा नेत्र क्लिनिकमा संयुक्त अनुगमन गर्दै म्याद गुज्रिएका औषधि जफत गरी नष्ट गरेको छ । 

स्वास्थ्य सेवा गुणस्तरीय बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तुको बिक्री–वितरणलाई कानुनबमोजिम व्यवस्थित गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा न्यूनतम सञ्चालन मापदण्ड पूरा नगरेका केही स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशनसमेत दिइएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अनुगमनमा १७ वटा फार्मेसी तथा पोलिक्लिनिक, पाँच वटा किराना पसल र दुई वटा नेत्र क्लिनिकको निरीक्षण गरिएको थियो । 

स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार अनुगमनको मुख्य उद्देश्य आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तुको बिक्री–वितरणलाई प्रचलित कानुनअनुसार व्यवस्थित गर्नुका साथै स्वास्थ्य संस्थाले सरकारले तोकेको न्यूनतम सेवा मापदण्ड पालना गरे–नगरेको मूल्याङ्कन गर्नु थियो । 

आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्नुपर्ने कानुनी व्यवस्था छ,ू दाहालले भने, ‘खुला प्रचारप्रसार गर्ने वा जथाभावी बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।

अनुगमन टोलीले स्यार्ल्याक, ल्याक्टोजिनलगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको सिफारिसबिना बिक्री नगर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ । साथै यस्ता वस्तुको प्रचारप्रसार तथा बिक्री–वितरणमा कानुनी प्रावधानको पूर्ण पालना गर्न सचेतसमेत गराइएको छ ।

अनुगमनका क्रममा केही पोलिक्लिनिकले सरकारले तोकेको न्यूनतम सञ्चालन मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको पाइएको नगरपालिकाले जनाएको छ । ती संस्थालाई आवश्यक सुधार गरी मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

कटारी नगरपालिकाकी पब्लिक हेल्थ नर्स चोलुङ नुमा थाम्सुहाङले नवजात तथा शिशुका लागि आमाको दूधभन्दा उत्तम आहार अर्को नभएको बताइन् । शिशुको स्वस्थ वृद्धि, रोग प्रतिरोधात्मक क्षमता विकास र कुपोषण न्यूनीकरणका लागि जन्मदेखि नै आमाको दूधलाई प्राथमिकता दिनुपर्छ, उनले भनिन्, ‘स्तनपान प्रवर्द्धनमा स्वास्थ्यकर्मी, परिवार र समुदाय सबैको समान भूमिका आवश्यक छ ।’

अनुगमनका क्रममा विभिन्न स्वास्थ्य संस्था तथा औषधि बिक्री केन्द्रबाट म्याद गुज्रिएका औषधि जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्था तथा व्यवसायको नियमित अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै  बिहीबार, कात्तिक १२, २०८३
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ बुधबार, कात्तिक ११, २०८३
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्