Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित श्री नमूना माध्यमिक विद्यालय मुर्कुची, एक घण्टासम्म पैदल हिँड्ने विद्यार्थीलाई राहत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार २६, २०८३

उदयपुर । रौतामाई गाउँपालिका-७ मुर्कुचीस्थित श्री नमूना माध्यमिक विद्यालयमा अध्ययन गर्ने टाढा-टाढाका विद्यार्थीको आवागमन सहज बनाउन आगामी आर्थिक वर्षदेखि विद्यालय बस सञ्चालन गरिने भएको छ। 

बस सञ्चालनका लागि कोशी प्रदेश सरकार र रौतामाई गाउँपालिकाबाट गरी ४५ लाख रुपैयाँ बजेट सुनिश्चित भएपछि प्रक्रिया अघि बढाइएको विद्यालयले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक खड्ग थापामगरका अनुसार आगामी आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ र रौतामाई गाउँपालिकाबाट २० लाख रुपैयाँ गरी कुल ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

‘धेरै प्रयासपछि विद्यालय बस सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चित भएको छ। अब आवश्यक प्रक्रिया पूरा गरी छिट्टै बस सञ्चालनको काम अघि बढ्छ,’ प्रधानाध्यापक थापा मगरले भने, ‘विद्यालयमा प्राविधिक धारसहित करिब एक हजार विद्यार्थी अध्ययनरत छन्।’

उनका अुनसार तीमध्ये धेरै विद्यार्थी टाढाका गाउँबाट दैनिक विद्यालय आउँछन्। कतिपय विद्यार्थीले विद्यालय पुग्न एक घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘बस सञ्चालन भएपछि टाढाका विद्यार्थीलाई विद्यालय ल्याउन र घरसम्म सुरक्षित रूपमा पुर्‍याउन सहज हुनेछ । यसले विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि गर्नुका साथै पढाइ छाड्ने समस्या पनि कम गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उनले थप्दै भने। 

विद्यालयमा सामान्य शिक्षासँगै प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषयको अध्ययनसमेत सञ्चालन हुँदै आएको छ। प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरू पनि विभिन्न वडाबाट दैनिक आवतजावत गर्ने भएकाले बस सेवा आवश्यक रहेको विद्यालयको भनाइ छ। 

विद्यालय बस सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चित गर्न कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महत्तोको विशेष पहल रहेको बताइएको छ । यसैगरी पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य नारायणबहादुर बुर्जा मगर, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर, उपाध्यक्ष भूपेन्द्र थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज राना, गाउँपालिकाको शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको निरन्तर समन्वय र सक्रिय प्रयासबाट योजना सफल भएको विद्यालयले जनाएको छ। 

स्थानीय अभिभावकले विद्यालय बस सञ्चालनको निर्णयलाई स्वागत गरेका छन्। उनीहरूका अनुसार दुर्गम बस्तीका विद्यार्थीलाई सुरक्षित र नियमित रूपमा विद्यालय पुर्‍याउन बस सेवा प्रभावकारी हुने विश्वास गरिएको छ । वर्षायाममा खोलानाला र कच्ची सडकका कारण विद्यार्थीले भोग्ने सास्ती पनि बस सञ्चालनपछि कम हुने अपेक्षा गरिएको छ । 

विद्यालय प्रशासनले बस सञ्चालनका लागि बजेट सुनिश्चित गर्न सहयोग गर्ने प्रदेश सरकार, रौतामाई गाउँपालिका, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षा शाखा, शिक्षक, कर्मचारी तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। 

विद्यालयको भनाइमा बस सेवा सञ्चालनसँगै टाढाका बस्तीका विद्यार्थीको शिक्षामा पहुँच थप सहज हुने, नियमित उपस्थितिमा सुधार आउने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०६:४४
#rautamai #murkuchi #udayapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
  • नंः २ किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
  • नंः ३ बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण
  • नंः ४ पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
  • नंः ५ जनताको अधिकारको पक्षमा प्रचण्ड
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्