Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, साउन ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  लोकसंस्कृति, तीज र महिला सशक्तीकरणको सशक्त स्वर
श्याम स्मृत
श्याम स्मृत आइतबार, साउन ३, २०८३

काठमाडौं। नेपाली लोकसंगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, समाजको जीवनशैली, संस्कृति, भोगाइ र भावनाको ऐना पनि हो। यही लोकसंगीतको यात्रामा पछिल्ला वर्षहरूमा निरन्तर सक्रिय रहेकी समसामयिक गायिका लक्ष्मी पुरी प्रधानले तीज, लोक, आधुनिक, लोक–पप तथा राष्ट्रिय भावनाले ओतप्रोत गीतमार्फत आफ्नो अलग पहिचान बनाइसकेकी छन्। उनी केवल गायिका मात्र होइनन्, सामाजिक अभियन्ता, महिला सशक्तीकरणकी प्रशिक्षक र सांस्कृतिक अभियन्ताका रूपमा पनि सुपरिचित छिन्।

लक्ष्मी पुरी प्रधानको सांगीतिक यात्रा बाल्यकालबाटै सुरु भएको हो। जन्मथलो झापाको विर्तामोडको विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरूमा नियमित रूपमा गीत गाउँदै उनले आफ्नो प्रतिभा निखारिन्। यही रुचिले उनलाई व्यावसायिक संगीततर्फ डो¥यायो र वि.सं. २०६८ सालमा पहिलो गीत रेकर्ड गराएर औपचारिक रूपमा नेपाली संगीत क्षेत्रमा प्रवेश गरिन्। त्यसयता उनले निरन्तर स्वर दिँदै आफ्ना सिर्जनालाई श्रोतामाझ पुर्‍याइरहेकी छन्।

उनले गाएका ‘हिमालको काखमा’, ‘हे मेरा पति’, ‘पोहोर सालको तीजमा’, ‘धेरै भो दाउरा घाँस’, ‘स्वर्ग सरी मेरो माइती घर’, ‘तीज आयो सबै सङ्गी’, ‘जन्म दिने मेरी आमा’, ‘मनमा हर्ष बढेर आयो’, ‘यही गाउँमा जन्मे’, ‘विधाताले कस्तो यो कर्म लेखेछ’, ‘मेरो यो जीवन’, ‘तिमी रुँदा तिम्रो आँसु’, ‘उड्दैको चरी’, ‘घनकाइदेऊ मादलु, म नाच्छु घुमेर’, ‘छमछम नाच्दै पाउजु बजाउँदै’ र ‘उठ जुरुक्कै सानु’ लगायतका गीतहरूले तीज, परिवार, माइती, प्रेम, सामाजिक सम्बन्ध, राष्ट्रिय भावना र नेपाली मौलिक संस्कृतिलाई विभिन्न आयामबाट प्रस्तुत गरेका छन्।

आजको नेपाली संगीत बजार तीव्र प्रतिस्पर्धामा छ। डिजिटल प्लेटफर्मको विस्तारसँगै गीतको आयु छोटिँदै गएको, दृश्य प्रस्तुतिलाई स्वरभन्दा बढी प्राथमिकता दिइने र मौलिकतामाथि व्यापारिक दबाब बढ्दै गएको अवस्था छ। यस्ता चुनौतीका बीच पनि लक्ष्मी पुरी प्रधानले मौलिक लोकलय र नेपालीपनलाई केन्द्रमा राखेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएकी छन्। उनका गीतमा मनोरञ्जनसँगै समाज, परिवार र संस्कृतिप्रतिको उत्तरदायित्व पनि झल्किन्छ।

विशेषतः तीज गीतमा उनको उपस्थिति उल्लेखनीय देखिन्छ। पछिल्ला वर्षहरूमा तीज गीतहरू आधुनिक मनोरञ्जनतर्फ बढी केन्द्रित भइरहेका बेला लक्ष्मी पुरी प्रधानका धेरै गीतमा माइतीको सम्झना, दाम्पत्य जीवन, महिलाको पीडा, आत्मसम्मान र उत्सवको सांस्कृतिक महत्वलाई समेट्ने प्रयास देखिन्छ। यसले तीज गीतको मौलिक भावलाई जोगाइराख्न योगदान पुर्‍याएको अनुभूति हुन्छ।

उनको व्यक्तित्वको अर्को महत्त्वपूर्ण पक्ष सामाजिक उत्तरदायित्व हो। उनी महिला समूहकी अध्यक्ष, ललितपुर महानगरपालिका–३ वडा महिला सञ्जाल समूहकी सदस्य तथा म्युजिक खबर म्युजिक अवार्ड समितिकी सदस्यका रूपमा सक्रिय छिन्। यसले संगीतसँगै सामाजिक नेतृत्वमा पनि उनको सक्रिय सहभागिता देखाउँछ।

त्यति मात्र होइन, उनी साबुन, सर्फ, हरपिक, फिनेल, मखमली चप्पल तथा झोल साबुन निर्माणसम्बन्धी तालिम दिने प्रशिक्षक पनि हुन्। सीप हस्तान्तरणमार्फत महिलालाई आत्मनिर्भर बनाउन गरेको प्रयासले उनको भूमिका केवल कलाकारमा सीमित नरहेको स्पष्ट हुन्छ। कला र सामाजिक सेवाबीचको यस्तो संयोजन नेपाली समाजका लागि सकारात्मक उदाहरण हो।

उनले हालसम्म प्राप्त गरेका ११ वटा सम्मान तथा अवार्ड उनका सांगीतिक र सामाजिक योगदानको सार्वजनिक स्वीकारोक्ति हुन्। यद्यपि कुनै पनि कलाकारको वास्तविक मूल्यांकन पुरस्कारले मात्र हुँदैन; समाजमा उनले सिर्जना गर्ने प्रभाव, संस्कृतिको संरक्षणमा पुर्‍याउने योगदान र आगामी पुस्तालाई दिने प्रेरणाले पनि हुन्छ। यस दृष्टिले हेर्दा लक्ष्मी पुरी प्रधानले आफ्नो यात्रालाई निरन्तर सिर्जना, सामाजिक सक्रियता र सांस्कृतिक संरक्षणसँग जोडिरहेकी छन्।

नेपाली संगीतको भविष्य मौलिकता, गुणस्तर र सिर्जनात्मक निरन्तरतामा निर्भर रहनेछ। यस्तो समयमा लोकसंस्कृतिको मर्म बोकेका कलाकारहरूको भूमिका अझ महत्वपूर्ण बन्छ। लक्ष्मी पुरी प्रधानले संगीतलाई केवल पेशा होइन, समाज र संस्कृतिसँग जोडिएको जिम्मेवारीका रूपमा अघि बढाएकी देखिन्छन्। आगामी दिनमा अझ सशक्त सिर्जना, नयाँ पुस्तासँगको सहकार्य र नेपाली मौलिक संगीतको प्रवद्र्धनमा उनको योगदान थप प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ।

 

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०६:३९
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः २ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ५ मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्