काठमाडौ । साउन महिना शुरुभएसँगै नेपाली नारीहरुकाे महान हरितालिका तीज पर्व नजिकिँदाेले गर्दा तीजसँग सम्बन्धित गीतहरु रिलिज हुने क्रम पनि बढ्दो छ।
यसै क्रममा गीतकार डिपि दाहाल परिश्रमीको शब्दरचना रहेको नयाँ तीज गीत 'मया' को अडियो तथा भिडियो रिलिज भएको छ। नेपाल आइडलबाट चर्चामा आएकि गायिका प्रेना सिंहले श्वर दिएको लोक शैलीको गीत सार्है मिठो बनेको छ।
विशाल निरौलाको संगीत रहेको यो गीत डिपि दाहाल युटुब च्यानलमा हेर्न सकिन्छ। गीत नेपाली चेलीहरुलाई रमाईलो गर्न उत्साहित गरेको छ। गीत बज्नासाथ नाच्न मन लागीहाल्छ ।
इसान खड्काको भिडियोग्राफी एबम् सम्पादन रहेको यस गीतको मिक्सींग माष्टरिंग रञ्जन राईको रहेको छ। अलंकार स्टुडियो मा रेकर्ड भएको यस गीतकि प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन्।
गीतकार दाहालका यस भन्दा पहिले माईतीको आगनमा नाचम्ला, नाचौ बरिलै जस्ता तीज गीतहरु बजारमा परिचित छन्।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ १९:१२