Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला विदेशबाट पनि आवेदन दिन सकिने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन ६, २०८३

काठमाडौं । नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ।

आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले ललितपुरकोे पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गर्दै योग्य तथा इच्छुक नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको हो।

महिला सशक्तिकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा प्रतिभा प्रदर्शनको सशक्त मञ्चका रूपमा स्थापित मिसेस नेपाल वर्ल्डले एक दशकदेखि नेपाली विवाहित महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय स्तरको बनाइने जानकारी दिँदै भने, ‘मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, नेपाली महिलाको नेतृत्व, क्षमता, आत्मविश्वास र सामाजिक योगदानलाई विश्वसामु प्रस्तुत गर्ने अभियान हो। हामी यस संस्करणलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रतिबद्ध छौंँ।’

mrs-nepal--1-1784735992.jpg

अध्यक्ष झाका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण २३ गते काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा गरिनेछ।

प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै सीमा तोकिएको छैन। न्यूनतम एसईईरएसएलसी वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले देश विदेशबाट आवेदन दिन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्ट प्रालिको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।

अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, र्याम्प वाक, फिटनेस, सामाजिक उत्तरदायित्व तथा विभिन्न जीवनोपयोगी विषयमा अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा विशेष प्रशिक्षण प्रदान गरिनेछ।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कार्तिक १४ गते काठमाडौंमा भव्य रूपमा आयोजना गरिने आयोजकले जनाएका छन्। 

प्रतियोगिताका कोरियोग्राफरका रूपमा आश्विनीकान्त झा रहनेछन् । नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्ने छन्। त्यस्तैगरी प्रतियोगिताको समन्वय गंगा महर्जन, सम्राट शाह र बिन्दिया श्रेष्ठले गर्नेछन् ।

कोरियोग्राफर अश्विनीकान्त झाले प्रतियोगिताको सहभागीताबाट महिलाले विभिन्न ज्ञान हासिल गर्ने बताए भने सल्लाहकार तथा पत्रकार विदुर गिरीले बिवाहित महिलाको सौन्दर्य प्रतियोगिता भन्नासाथ मिसेस नेपाल वर्ल्डका रुपमा स्थापित भएको विषयमाथि चर्चा गरेका थिए।

त्यस्तैगरी कानुनी सल्लाहकार अभिनेता तथा अधिवक्ता कृष्ण ढुंगानाले यो प्रतियोगिताले महिला शसक्तिकरणमा सघाउ पुर्‍याईरहेको बताएका थिए भने मिसेस नेपाल वर्ल्ड २०२५ रक्षा पन्त र मिसेस नेपाल इन्टरनेशनल २०२५ सञ्जु भट्टले प्रतियोगिताको यात्रा र त्यस क्रममा सिकेका ज्ञानको बारेमा चर्चा प्रकाश पारेका थिए।

मिसेस नेपाल वर्ल्ड २०२६ कै मञ्चबाट मिसेस नेपाल इन्टरनेशनल २०२६, एमएस इन्टरनेशनल २०२६ तथा मिसेस नेपाल कोस्मो २०२६  पनि चयन गरिनेछ। मिसेस नेपाल वर्ल्ड २०२६ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

यस वर्षदेखि आयोजक संस्थाले आफ्नो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विस्तार गर्दै नयाँ राष्ट्रिय उपाधि ’मिसेस नेपाल कोस्मो २०२६ समेत समावेश गरेको छ। यस उपाधिका विजेताले म्यानमारमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस कोस्मोमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

यस नयाँ फ्रेन्चाइजमार्फत नेपाली विवाहित महिलालाई अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा नेपाली संस्कृति विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान हुने आयोजकको विश्वास छ।

रिबन इन्टरटेनमेन्ट प्रा लिले विगतदेखि नै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित गर्दै आएको जनाएको छ। यसै क्रममा सञ्जु भट्टले संयुक्त राज्य अमेरिकामा आयोजित मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रभावशाली रूपमा प्रस्तुत गरेकी थिइन्।

त्यसअघि पृथ्वीया थापाले मिसेस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्ठित ह्युम्यानिटेरियन अवार्ड प्राप्त गरी नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाएकी थिइन्।

आयोजकले यस्ता उपलब्धिले नेपाली महिलाको क्षमता, नेतृत्व र अन्तर्राष्ट्रिय सम्भावनालाई थप उजागर गर्नुका साथै विश्वमञ्चमा नेपालको प्रतिष्ठा अझ उँचो बनाउन योगदान पुर्‍याउने विश्वास लिएका छन्।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाज
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शंकर ग्रुपले गरे ४ करोड सहयोग
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्