Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, साउन ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर
असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन ९, २०८३

सविना स्वेच्छा

न्युयोर्क (अमेरिका) । काठमाडौंको असन। साँघुरा गल्ली, परम्परागत नेवार संस्कृति र सिर्जनशील वातावरणबीच हुर्किएको एउटा बालकले भविष्यमा चित्रकला, साहित्य, पत्रकारिता, विज्ञापन, शिक्षा, खेलकुद, समाजसेवा र अन्तर्राष्ट्रिय कला प्रदर्शनीसम्मको यात्रा तय गर्ला भन्ने सायद कसैले कल्पना पनि गरेको थिएन। तर त्यो सपनालाई यथार्थमा बदल्ने नाम हो-हृदय तुलाधर।

आज हृदय तुलाधर केवल चित्रकार मात्र होइनन्, उनी कवि, डिजाइनर, पूर्व शिक्षक, विज्ञापनकर्मी, पूर्व राष्ट्रिय हक्की खेलाडी तथा नेपाली कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने सर्जकका रूपमा परिचित छन्। हाल अमेरिका, न्यूयोर्कको क्वीन्समा परिवारसहित बसोबास गर्दै आएका उनी बेलाबखत नेपाल आएर आफ्नो जन्मभूमिसँगको सम्बन्धलाई जीवन्त राखिरहेका छन्।

असनबाट सुरु भएको सिर्जनाको यात्रा

काठमाडौंको ऐतिहासिक असन टोलमा जन्मि–हुर्किएका हृदय तुलाधरले काठमाडौंकै श्रीघःविहार नघल स्थित प्रभात माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरे। त्यसपछि त्रिचन्द्र क्याम्पसमा जीवविज्ञान अध्ययन गरे भने त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरे।

बाल्यकालदेखि नै चित्र कोर्ने रुचि भएका हृदय विद्यालयमै अध्ययनरत रहँदा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (NAFA) मा चित्रकला सिक्न जान्थे। त्यही क्रममा आयोजित चित्रकला प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि उनको आत्मविश्वास झन् बलियो बन्यो। यही रुचिले पछि उनलाई नेपाली चित्रकलाको विशिष्ट पहिचान दिलायो।

संघर्ष, जागिर र सिर्जनाको संगम

जीवनयापनका क्रममा उनले Association for Craft Producers -ACP, Print & Box उद्योग, Galaxy School, Bird Language Institute, Media Man Company तथा Keynark Ad Company  लगायतका संस्थामा विभिन्न जिम्मेवारी सम्हाले।

Galaxy School अध्यापन गरेपछि उनले Bird Language Institute मा अंग्रेजी भाषा पढाए। त्यसपछि आफ्नैले Bird Language Institute स्थापना गरी अंग्रेजी र जापानी भाषा अध्यापनसमेत गरे। विज्ञापन क्षेत्रमा Creative Head का रूपमा कार्यरत रहँदा उनका डिजाइनहरू काठमाडौं पोस्ट, गोरखापत्र लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित भए।

पत्रकारिता, कविता र डिजाइनको समानान्तर यात्रा

रोशनी लगायतका फिल्मी पत्रिकामा आर्टवर्क र ले–आउट डिजाइन गर्ने अवसरले उनको अर्को परिचय निर्माण गर्याे। त्यही क्रममा चलचित्र पत्रकारिताको अनुभव पनि सँगाले। नेपाली चलचित्रका पोस्टर डिजाइनदेखि पत्रपत्रिकाको आकर्षक प्रस्तुतीकरणसम्म उनले उल्लेखनीय योगदान दिए।

उनका लेख तथा विचारहरू कान्तिपुर र काठमाडौं पोस्टमा प्रकाशित भए। वि.सं. २०४४ फागुन ३ गते प्रकाशित पहिलो कविताबाट सुरु भएको साहित्यिक यात्राले उनलाई संवेदनशील कविका रूपमा पनि स्थापित गरायो।

राष्ट्रिय हक्की खेलाडीको परिचय

कला र साहित्यसँगै उनी खेलकुदमा पनि उत्तिकै सक्रिय थिए। राष्ट्रिय स्तरको हक्की प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले उल्लेखनीय सफलता हासिल गरे।

छैटौं राष्ट्रिय हक्की प्रतियोगिता (जलेश्वर) – तेस्रो स्थान

सातौं राष्ट्रिय हक्की प्रतियोगिता (नेपालगञ्ज) –तेस्रो स्थान

वीरेन्द्र जन्मोत्सव कप – दोस्रो स्थान

पोखरा प्रतियोगिता – प्रथम स्थान

SAFF १९९९ मा नेपालको प्रतिनिधित्व

प्रवासको संघर्ष र पुनर्जन्म भएको कला

सन् २००३ मा श्रीमती अनिता नकर्मीसँग अमेरिका पुगेपछि जीवनले नयाँ मोड लियो। नयाँ देश, नयाँ जिम्मेवारी र व्यस्त जीवनका कारण चित्रकला केही समयका लागि ओझेलमा पर्याे। तर सन् २०१७ मा स्वास्थ्य समस्याका कारण शल्यक्रिया गर्नुपर्याे। महिनौँसम्म घरमै आराम गर्नुपर्ने अवस्था आयो।

त्यही कठिन घडीमा उनकी जीवनसाथी अनिता नकर्मीले क्यानभास, रङ र चित्रकला सामग्री ल्याइदिँदै भनिन् - “अहिले आराम गरिरहनुभएको छ, फेरि चित्र बनाउन सुरु गर्नुहोस्।“ जीवनसाथीको यही प्रेरणाले हृदय तुलाधरको सिर्जनात्मक जीवनले पुनः गति लियो।

विश्वमञ्चमा नेपाली कला

पुनः चित्रकलामा सक्रिय बनेपछि उनले सन् २०२२ मा न्यूयोर्कका LaGuardia Plaza Hotel मा आयोजित Fourth World Newa Convention मा आफ्नो पहिलो चित्रकला प्रदर्शनी गर्ने अवसर पाए। त्यसपछि न्युजर्सीमा दोस्रो प्रदर्शनी सम्पन्न भयो। उनका चित्रहरूमा नेपाली संस्कृति, सम्पदा, प्रकृति, आध्यात्मिक चेतना र जीवनका गहिरा अनुभूतिहरू जीवन्त रूपमा अभिव्यक्त हुन्छन्।

समाजसेवा र सांस्कृतिक नेतृत्वमा पनि अग्रणी

हृदय तुलाधर चित्रकार मात्र होइनन्, प्रवासी नेपाली समुदायका सक्रिय सामाजिक अभियन्ता पनि हुन्। सन् २०११ मा न्यूयोर्कस्थित नेवा गुठीको बोर्ड सदस्यका रूपमा सामुदायिक यात्राको सुरुवात गरेका उनले त्यसपछि सह–कोषाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे। उनको संलग्नतामा इन्द्रजात्रा, इही (बेल विवाह) लगायत नेवार समुदायका महत्वपूर्ण सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भए।

पछि उनी हिमालयन बुद्धिस्ट कम्युनिटी अफ अमेरिकाको अध्यक्ष बने। उनकै नेतृत्वमा न्यूयोर्कको ज्याक्सन हाइट, क्वीन्समा सन् २०२३, २०२४ र २०२५ सालमा लगातार तीन वर्षसम्म र्यालीसहित भव्य बुद्ध जयन्ती आयोजना गरियो। यी कार्यक्रमहरूले प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्नुका साथै नेपाली संस्कृति र भगवान बुद्धको शान्ति तथा करुणाको सन्देशलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले।

जीवनसाथी : सफलताको मौन शक्ति

हृदय तुलाधरको जीवनयात्रामा उनकी जीवनसाथी अनिता नकर्मीको प्रेरणा, साथ र विश्वासको महत्वपूर्ण भूमिका रहेको छ। कठिन परिस्थितिमा दिएको हौसलाले नै उनको चित्रकलालाई पुनर्जीवित गरायो र अन्तर्राष्ट्रिय कला प्रदर्शनीसम्म पु¥यायो।

सिर्जनाको कुनै उमेर हुँदैन

हृदय तुलाधरको जीवनले एउटा गहिरो सन्देश दिन्छ-“सपना कहिल्यै मर्दैन।“ परिस्थितिले बाटो मोड्न सक्छ, तर सिर्जनशील मन कहिल्यै थाक्दैन। समयले अवसर दिएपछि त्यो फेरि उज्यालो भएर उदाउँछ। असनका गल्लीबाट सुरु भएको उनको यात्रा आज अमेरिकाको कला मञ्चसम्म पुगेको छ। उनी चित्रकला, साहित्य, समाजसेवा र संस्कृतिमार्फत नेपाललाई विश्वसामु चिनाइरहेका छन्।

हृदय तुलाधरको जीवन वास्तवमै संघर्ष, सिर्जना, समर्पण, नेतृत्व र सफलताको प्रेरणादायी गाथा हो। उनी केवल एक कलाकार होइनन्, नेपाली कला, संस्कृति र पहिचानका मौन दूत हुन्।

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्