Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन १०, २०८३

उदयपुर । वर्षायाम सुरु भएसँगै उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ।  मदनभण्डारी राजमार्गको किनारमै रहेको यो मौसमी झरना प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय छोटो दूरीको घुमफिर गर्नेहरूको रोजाइमा पर्दै गएको हो।

राजमार्ग हुँदै यात्रा गर्ने धेरैजसो यात्रु झरनाको दृश्य देखेपछि केहीबेर सवारी रोकेर झरनाको अवलोकन गर्ने, तस्वीर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा साझेदारी गर्ने गरेका छन्। सहज पहुँच, हरियाली वन क्षेत्र र चट्टानी भीरबाट झर्ने पानीले अँधेरी झरनालाई मनमोहक बनाएको छ।

स्थानीयका अनुसार असारदेखि भदौसम्म झरनामा पानीको बहाव बढ्ने भएकाले यही समयमा पर्यटकको आगमन पनि उल्लेख्य हुने गरेको छ। विशेषगरी शनिबार र आइतबार सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा परिवार, साथीभाइ र युवायुवतीको बाक्लो उपस्थिति देखिने गरेको छ।

स्थानीय पत्रकार होम बस्नेतका अनुसार केही वर्षअघिसम्म स्थानीयबाहेक धेरैलाई झरनाबारे जानकारी थिएन। तर अहिले सामाजिक सञ्जाल र मदनभण्डारी राजमार्ग हुँदै हुने यात्राका कारण झरना चर्चामा आउन थालेको छ।

यहाँ आउने धेरैजसो पर्यटक केही समय बसेर रमाउँछन्, फोटो खिच्छन् र फेरि गन्तव्यतर्फ लाग्छन्। गर्मी मौसम र वर्षायाममा झन् धेरै मानिस आउने गरेका छन्,ू बस्नेतले भने। उनका अनुसार उदयपुर मात्र नभई सिराहा, सप्तरी, सुनसरी, धनकुटा तथा मधेश प्रदेशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकन गर्न आउने गरेका छन्।

झरनाको प्राकृतिक स्वरूप निकै सुन्दर छ। यहाँ आउने जोसुकै पनि प्रभावित हुन्छन्। तर सुरक्षित अवलोकन स्थल, बस्ने ठाउँ, शौचालय र पार्किङजस्ता पूर्वाधार नहुँदा पर्यटकलाई असहज हुने गरेको छ । तर, अहिले त्यो पनि बन्दै गएको छ । उनका अनुसार सामान्य लगानीबाट समेत झरनालाई व्यवस्थित गरी उदयपुरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

स्थानीय व्यवसायीहरूका अनुसार झरना क्षेत्रमा पर्यटकको संख्या बढ्दै जाँदा साना होटल, चिया पसल तथा स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ। तर फोहोर व्यवस्थापन, सुरक्षाका उपाय र पर्यटकमैत्री संरचना निर्माणमा भने सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उनीहरूको गुनासो छ।

प्राकृतिक सौन्दर्य, सहज पहुँच र बढ्दो आन्तरिक पर्यटकको आकर्षणका कारण अँधेरी झरना उदयपुरको उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। आवश्यक पूर्वाधार निर्माण, सुरक्षा व्यवस्थापन र प्रभावकारी प्रचारप्रसार गर्न सके यो झरनाले उदयपुरको पर्यटन विकाससँगै स्थानीय रोजगारी, होटल व्यवसाय र ग्रामीण अर्थतन्त्रलाई समेत नयाँ ऊर्जा दिन सक्ने स्थानीयको विश्वास छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै  बिहीबार, कात्तिक १२, २०८३
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ बुधबार, कात्तिक ११, २०८३
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्