Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन १०, २०८३

उदयपुर । वर्षायाम सुरु भएसँगै उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ।  मदनभण्डारी राजमार्गको किनारमै रहेको यो मौसमी झरना प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय छोटो दूरीको घुमफिर गर्नेहरूको रोजाइमा पर्दै गएको हो।

राजमार्ग हुँदै यात्रा गर्ने धेरैजसो यात्रु झरनाको दृश्य देखेपछि केहीबेर सवारी रोकेर झरनाको अवलोकन गर्ने, तस्वीर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा साझेदारी गर्ने गरेका छन्। सहज पहुँच, हरियाली वन क्षेत्र र चट्टानी भीरबाट झर्ने पानीले अँधेरी झरनालाई मनमोहक बनाएको छ।

स्थानीयका अनुसार असारदेखि भदौसम्म झरनामा पानीको बहाव बढ्ने भएकाले यही समयमा पर्यटकको आगमन पनि उल्लेख्य हुने गरेको छ। विशेषगरी शनिबार र आइतबार सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा परिवार, साथीभाइ र युवायुवतीको बाक्लो उपस्थिति देखिने गरेको छ।

स्थानीय पत्रकार होम बस्नेतका अनुसार केही वर्षअघिसम्म स्थानीयबाहेक धेरैलाई झरनाबारे जानकारी थिएन। तर अहिले सामाजिक सञ्जाल र मदनभण्डारी राजमार्ग हुँदै हुने यात्राका कारण झरना चर्चामा आउन थालेको छ।

यहाँ आउने धेरैजसो पर्यटक केही समय बसेर रमाउँछन्, फोटो खिच्छन् र फेरि गन्तव्यतर्फ लाग्छन्। गर्मी मौसम र वर्षायाममा झन् धेरै मानिस आउने गरेका छन्,ू बस्नेतले भने। उनका अनुसार उदयपुर मात्र नभई सिराहा, सप्तरी, सुनसरी, धनकुटा तथा मधेश प्रदेशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकन गर्न आउने गरेका छन्।

झरनाको प्राकृतिक स्वरूप निकै सुन्दर छ। यहाँ आउने जोसुकै पनि प्रभावित हुन्छन्। तर सुरक्षित अवलोकन स्थल, बस्ने ठाउँ, शौचालय र पार्किङजस्ता पूर्वाधार नहुँदा पर्यटकलाई असहज हुने गरेको छ । तर, अहिले त्यो पनि बन्दै गएको छ । उनका अनुसार सामान्य लगानीबाट समेत झरनालाई व्यवस्थित गरी उदयपुरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

स्थानीय व्यवसायीहरूका अनुसार झरना क्षेत्रमा पर्यटकको संख्या बढ्दै जाँदा साना होटल, चिया पसल तथा स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ। तर फोहोर व्यवस्थापन, सुरक्षाका उपाय र पर्यटकमैत्री संरचना निर्माणमा भने सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उनीहरूको गुनासो छ।

प्राकृतिक सौन्दर्य, सहज पहुँच र बढ्दो आन्तरिक पर्यटकको आकर्षणका कारण अँधेरी झरना उदयपुरको उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। आवश्यक पूर्वाधार निर्माण, सुरक्षा व्यवस्थापन र प्रभावकारी प्रचारप्रसार गर्न सके यो झरनाले उदयपुरको पर्यटन विकाससँगै स्थानीय रोजगारी, होटल व्यवसाय र ग्रामीण अर्थतन्त्रलाई समेत नयाँ ऊर्जा दिन सक्ने स्थानीयको विश्वास छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्