Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • विकासमा महिलाको भूमिका र चुनौती
विकासमा महिलाको भूमिका र चुनौती
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, भदौ ५, २०७८

मातृभूमिको रक्षार्थ नेपाली महिलाले युद्धकालिन राजनितिमा धेरै नै योगदान, बलिदान दिएको इतिहास छ। इष्ट इन्डिया कम्पनी अर्थात् ब्रिटिस साम्राज्यसंग काँगडाको युद्धमा कमाण्डर भक्ति थापाको कमाण्डमा खटिएको टोलीमा पुरुष सरह महिला पनि बराबर खटी ब्रिटिस साम्राज्यको विरुद्ध लडी हासिल गरेको वीरताको गाथा इतिहासको सुनौलो पानामा लेखिएको छ।

विभिन्न कालखण्डमा नेपाली महिलाले पुर्याएको योगदानले आधुनिक नेपालको राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रको विकासमा ठूलो सहयोग पुगेको छ। घर, समाज होस् वा मुलुकको विकासमा महिलाको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहँदै आएको छ। समाजको विकास महिलाको सहभागिता विना दिगो हुन सक्दैन। यो मान्यताको विकास नेपाली समाजमा पनि बढ्दै गएको छ। 

त्यसैले साना होस् वा ठूलो हरेक किसिमको विकास योजना र कार्यमा महिला संलग्नता देख्न सकिन्छ। गाउँमा बाटो, कुलो निर्माणको काम होस् वा राष्ट्रिय गौरबका आयोजना नै किन नहोस् नेपाली महिलाले प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्याइरहेका छन्। 

तर, अझैपनि सामाजिक विकासमा महिलाले महत्वपूर्ण योगदान पुर्याइरहँदा उनीहरुलाई हेर्ने दृष्टिकोणमा भने पूर्ण रुपमा परिवर्तन आउन सकेको छैन। नेपाली महिला धेरै काम र समय अभावका कारण पढ्ने समय निकाल्न नसक्ने, पढाई पूरा गर्न नसक्ने, क्षमता वृद्धिका तालिम तथा प्रशिक्षणमा सहभागी हुन नसक्ने, आर्थिक आम्दानी हुने कामको अवसर गुमाउनु पर्ने, अनौपचारिक क्षेत्रका झन्झटिला र खतरायुक्त काम गर्नु पर्ने आदि चुनौतीबाट गुज्रिरहेका छन्। 

यिनै विविध कारणले समाज विकासमा महिला सहभागिता चुनौति देखिएका छन्। जसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नयाँ नेपाल निर्माणमा पर्ने देखिन्छ। थुप्रै मुलुकका आर्थिक विकासका अनुभव र समय समयमा गरिएका विभिन्न अनुसन्धानले महिलाको सक्रिय सहभागिता विना आर्थिक तथा सामाजिक विकासको लक्ष्य हासिल हुन सक्दैन भन्ने प्रमाणित गरिसकेको छ। 

तसर्थ, नव निर्माणको बाटोमा भर्खरै पाइला टेक्न लागेको नेपालले पनि मुलुकको आर्थिक, सामाजिक र राजनितिक विकासमा महिलाको समान र पर्याप्त सहभागिता गराउनका लागि महिलाले भोग्न परिरहेका चुनौति र समस्या सम्बोधन गर्न कानून, नीति–नियम तथा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनु आवश्यक छ। 
 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १०:४०
##Women
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्