Top Navigation
Main Navigation
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा महिलाको आवश्यकता र महत्व
राजनीतिमा महिलाको आवश्यकता र महत्व
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, भदौ १२, २०७८

देशमा राष्ट्रप्रमुख महिला अनि पहिलो महिला मुख्य मन्त्री भएको अवस्था छ । तर अझै पनि नीति निर्माण तह अझै भनौ निर्णायक ठाउँमा महिलाको समान र उल्लेखनीय सहभागिता भएको छैन। 

महिलाहरुलाई पुरुषसरह विकास कार्यमा सहभागी बनाउनका लागि महिला सशक्तिकरणको धारणाको विकास सन् १९८० मा गरिएको थियो। र पनि महिलाहरुको शिक्षा, रोजगारी तथा सार्वजनिक र राजनीतिक जीवनमा सहभागिताको अध्ययन गर्दा महिला र पुरुष बीच ठूलो भिन्नता पाइन्छ। 

त्यसो त राजनीतिमा महिला सहभागितालाई हेर्ने हो भने नालापानी लडाई देखि प्रजातन्त्र स्थापनाका लागि विसं.२००७, विसं.२०४६ साल अनि विसं.२०६२/६३ को जनआन्दोलनको क्रममा अग्रपंक्तिमा उभिएर सघर्ष गरेको पाइन्छ। 

हरेक राजनैतिक परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण छ । यही भूमिका कै फलस्वरुप अहिले राजनैतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दो क्रममा छ। मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउने एउटा महत्वपूर्ण आधार राजनीति पनि हो। पछिल्लो समय राजनीतिमा महिलाको सकृयता र भूमिका बढ्दै गएको पनि छ। 

राजनितिमा महिला सहभागिताले मुलुकको विकास निर्माणमा महिलाका जिम्मेवारीलाई पनि बढाएको छ । तर राजनीतिमा लागेका महिलालाई सजिलो भने पक्कै छैन। मुलुकमा महिलाकै अग्रसरता र प्रत्यक्ष सहभागितामा ठूला ठूला राजनैतिक परिवर्तन भएका छन् । तर यस किसिमका परिवर्तनका बावजुद पनि हाम्रो मुलुकमा पितृसत्तात्मक सोच हाबी छ । जुन सोचबाट स्वयम राजनीतिमा संलग्न महिलाहरु शिकार हुन बाध्य छन्। 

नेपालमा विसं. २००७ सालअघि राजनीतिमा महिलाको सहभागिता शुन्य प्राय नै थियो। महिलाहरू सबै प्रकारका अधिकारबाट वञ्चित थिए। तर, विस्तारै महिलाका क्षेत्रमा परिवर्तनका रेखा कोरिना थाले। महिला पनि राजनीतिमा आउन थाले। मंगलादेवी सिंह, साधना प्रधान, कमला राणा, द्वारिकादेवी ठकुरानी जस्ता महिलाले राजनीतिमा सक्रिय रूपमा भाग लिए। 

राजनीतिमा महिलाले विभिन्न शोषण, विभेदको सामना गर्दै संघर्ष गरि नै रहे। त्यही सघंर्षकै फल मान्नु पर्छ। यतिबेला राज्यको प्रमुख निकायमा महिलाको उपस्थिति छ। राजनीतिबाटै महिलाले सिंगो मुलुक हाक्न सक्छिन अनि मुलुकलाई समृद्धि बनाउन पनि सक्छिन। खाँचो छ त मात्र समान व्यवहारको। 

समानता र समान हकको कुरा बोलीमा मात्र नभइकन व्यवहारमा पनि लागू गर्नु आवश्यक छ। जसका कारण राष्ट्रको उपल्ला तह अनि तप्कामा पनि महिला पुग्न सक्छन भन्ने कुरा वर्तमान राष्ट्रप्रमुखदेखि मुख्यमन्त्रीसम्मको उदाहरण हो। 

यसअर्थमा, महिलालाई घर-परिवार तथा चुलाचौकामा मात्र सिमित राख्न हुन्न। परिवर्तनका हरेक तहतप्कामा अवसर दिएमा निश्चित रुपमा पौरख र क्षमता देखाउन कुनैपनि महिला कम छैन्। 

त्यसका लागि नेपाली राजनीतिमा महिला भूमिका र आवश्यकताको महत्व छ। महिलाले नेपाली राजनीतिका धेरै धार परिवर्तन गर्न सक्छन्। नेपाली राजनीतिमा महिलाको भूमिका र सहभागिता अत्यन्त आवश्यक छ। हरेक राजनीतिक पार्टीले केवल ३३ प्रतिशत मात्र सहभागिता नगरिकन ५० प्रतिशत नै सहभागिता दिलाएर नेपाली राजनीतिलाई अग्रता दिनु समयको माग हो।
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव बुधबार, मंसिर ४, २०८२
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन बिहीबार, कात्तिक १४, २०८२
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः २ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्