Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा महिलाको आवश्यकता र महत्व
राजनीतिमा महिलाको आवश्यकता र महत्व
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, भदौ १२, २०७८

देशमा राष्ट्रप्रमुख महिला अनि पहिलो महिला मुख्य मन्त्री भएको अवस्था छ । तर अझै पनि नीति निर्माण तह अझै भनौ निर्णायक ठाउँमा महिलाको समान र उल्लेखनीय सहभागिता भएको छैन। 

महिलाहरुलाई पुरुषसरह विकास कार्यमा सहभागी बनाउनका लागि महिला सशक्तिकरणको धारणाको विकास सन् १९८० मा गरिएको थियो। र पनि महिलाहरुको शिक्षा, रोजगारी तथा सार्वजनिक र राजनीतिक जीवनमा सहभागिताको अध्ययन गर्दा महिला र पुरुष बीच ठूलो भिन्नता पाइन्छ। 

त्यसो त राजनीतिमा महिला सहभागितालाई हेर्ने हो भने नालापानी लडाई देखि प्रजातन्त्र स्थापनाका लागि विसं.२००७, विसं.२०४६ साल अनि विसं.२०६२/६३ को जनआन्दोलनको क्रममा अग्रपंक्तिमा उभिएर सघर्ष गरेको पाइन्छ। 

हरेक राजनैतिक परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण छ । यही भूमिका कै फलस्वरुप अहिले राजनैतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दो क्रममा छ। मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउने एउटा महत्वपूर्ण आधार राजनीति पनि हो। पछिल्लो समय राजनीतिमा महिलाको सकृयता र भूमिका बढ्दै गएको पनि छ। 

राजनितिमा महिला सहभागिताले मुलुकको विकास निर्माणमा महिलाका जिम्मेवारीलाई पनि बढाएको छ । तर राजनीतिमा लागेका महिलालाई सजिलो भने पक्कै छैन। मुलुकमा महिलाकै अग्रसरता र प्रत्यक्ष सहभागितामा ठूला ठूला राजनैतिक परिवर्तन भएका छन् । तर यस किसिमका परिवर्तनका बावजुद पनि हाम्रो मुलुकमा पितृसत्तात्मक सोच हाबी छ । जुन सोचबाट स्वयम राजनीतिमा संलग्न महिलाहरु शिकार हुन बाध्य छन्। 

नेपालमा विसं. २००७ सालअघि राजनीतिमा महिलाको सहभागिता शुन्य प्राय नै थियो। महिलाहरू सबै प्रकारका अधिकारबाट वञ्चित थिए। तर, विस्तारै महिलाका क्षेत्रमा परिवर्तनका रेखा कोरिना थाले। महिला पनि राजनीतिमा आउन थाले। मंगलादेवी सिंह, साधना प्रधान, कमला राणा, द्वारिकादेवी ठकुरानी जस्ता महिलाले राजनीतिमा सक्रिय रूपमा भाग लिए। 

राजनीतिमा महिलाले विभिन्न शोषण, विभेदको सामना गर्दै संघर्ष गरि नै रहे। त्यही सघंर्षकै फल मान्नु पर्छ। यतिबेला राज्यको प्रमुख निकायमा महिलाको उपस्थिति छ। राजनीतिबाटै महिलाले सिंगो मुलुक हाक्न सक्छिन अनि मुलुकलाई समृद्धि बनाउन पनि सक्छिन। खाँचो छ त मात्र समान व्यवहारको। 

समानता र समान हकको कुरा बोलीमा मात्र नभइकन व्यवहारमा पनि लागू गर्नु आवश्यक छ। जसका कारण राष्ट्रको उपल्ला तह अनि तप्कामा पनि महिला पुग्न सक्छन भन्ने कुरा वर्तमान राष्ट्रप्रमुखदेखि मुख्यमन्त्रीसम्मको उदाहरण हो। 

यसअर्थमा, महिलालाई घर-परिवार तथा चुलाचौकामा मात्र सिमित राख्न हुन्न। परिवर्तनका हरेक तहतप्कामा अवसर दिएमा निश्चित रुपमा पौरख र क्षमता देखाउन कुनैपनि महिला कम छैन्। 

त्यसका लागि नेपाली राजनीतिमा महिला भूमिका र आवश्यकताको महत्व छ। महिलाले नेपाली राजनीतिका धेरै धार परिवर्तन गर्न सक्छन्। नेपाली राजनीतिमा महिलाको भूमिका र सहभागिता अत्यन्त आवश्यक छ। हरेक राजनीतिक पार्टीले केवल ३३ प्रतिशत मात्र सहभागिता नगरिकन ५० प्रतिशत नै सहभागिता दिलाएर नेपाली राजनीतिलाई अग्रता दिनु समयको माग हो।
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्